Skip to main content

Posts

Showing posts from 2016

Bodh Gaya- An Enlightenment Place of Lord Buddha

Bodh Gaya is a religious place for pilgrims where Lord Buddha left his foot steps nearly 2500 years ago while traveling in the search of enlightenment. It is located near the river Phalgu, Bihar. People across the globe come here to visit this pilgrimage center. It is famous as this is the place where Gautama Buddha is said to have obtained Enlightenment on the full moon day of Wesak in 588 BC and is the most holy place on the earth for Buddhists . King Ashoka was the first to build a shrine at this sacred place. For Buddhists, Bodh Gaya is the most important of the four main pilgrimage sites related to the life of Gautama Buddha, the other three are Kushinagar, Lumbini and Sarnath. Bodh Gaya is associated with the Mahabodhi Temple complex in Gaya District of Bihar, India.  The Diamond Throne of Buddha is also located between the Bodhi tree and the rear Wall of the temple. It marks the actual seat of Enlightenment. Bodh Gaya was the place where under a banyan tree also known ...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

पशु बलि मानव सभ्यताकै कलंक’

पशु बलि मानव सभ्यताकै कलंक’ ‘बाच्नु र बचाउनु सबैको अधिकार हो, मार्नु र मारेर खानु कसैको अधिकार होइन, यो त अन्याय अत्याचार र हेपाहा प्रवृत्ति हो ।’ पशु बलि पाप हो मानिस र जनावर दुवैमा आत्मा हुन्छ । भनिन्छ आत्मरक्षा गर्नु नै धर्म हो । तर, मानव जातिमा धर्मका नाममा राक्षसी प्रवृत्ति देखा परेको प्रशस्तै उदाहरण हामीसामु जीवितै छन् । जिब्रोको स्वादका लागि पशुको ज्यान मार्नु र बलि दिएर देवता खुसी हुन्छन् भन्ने अन्ध प्रवृत्तिका कारण मानवमा राक्षसीपन देखिएको छ । अरूको आत्मा मारेर भोजन गर्नु मानिसको गुण होइन । त्यो त राक्षसको गुण हो । त्यसैले निर्दोश पशुको हत्या गर्नु कुनै धर्म नभएर पाप हो । साधारण शब्दमा बुझ्ने हो भने आत्मारक्षा गर्नु नै धर्म हो । तर, जिब्रोको स्वादका लागि अरूलाई मार्नु चाहिँ पाप हो । हामी मानव जातिले भोजन स्वादिलो बनाउन निर्दोष पशुको हत्या गरिरहेका छौं । त्यसैले पशुको हत्या गरेर, पशुआत्मा मारेर हामीले कति कति पुण्य कमाइरहेका छौं ? कसैले पनि अरूलाई मारेर भोजन गर्नु भनेर स्विकारेको छैन । त्यसैले हामीले पशु मारेर राक्षसी प्रवृत्ति देखाइरहेका छांै । अर्को अर्थमा भन्दा ...

नयाँ अवतारमा ‘बौद्ध स्तुपा’, हेर्नुस्

काठमाडौंको बौद्धनाथ क्षेत्रको स्तुपालाई हेर्ने र दर्शन गर्नेहरू दंग भेटिन्छन् । किनभने डेढ वर्षअघि भूकम्पको शिकार भएको बौद्ध एक वर्षपछि नै पुरानोभन्दा पनि चमकदार स्वरुपमा उभिएको छ । बौद्धले नयाँ जुनी पाएको छ भनौैं या नयाँ अवतार बदलेको छ । जे होस्, यसलाई माया गर्ने र यसलाई आस्थाको केन्द्र मान्नेहरुले आफ्नो सम्पदा फेरि ‘उज्यालो’ रुपमा जस्ताको तस्तै पाएका छन् । एउटै भूकम्पको धक्काले अस्तब्यस्त भएको स्वयम्भुनाथ क्षेत्र आज पनि उस्तै स्वरुपमा छ । धरहरा कसले बनाउने भन्ने नै टुंगिएको छैन । यसले धार्मिक, सांस्कृतिक र पुरतात्विक सम्पदालाई माया गर्ने धेरैको मनलाई बिझाउँछ । तर, बौद्धनाथ क्षेत्रमा पुग्नेहरुले नेपालमा ‘समयमै केही हुँदैन’ भन्न पाउने छैनन् । किनभने बौद्ध स्तुपाले आफ्नो पुरानो स्वरुप पाउन धेरै समय लगाएन । कारण एउटै छ-स्थानीयको जागरण र मिहेनत । सरकारी तवरबाट पुरातात्विक सम्पदाका पुनर्निर्माणमा ढिलाइ भइरहँदा बौद्धनाथ क्षेत्र विकास समिति आफैंले यसलाई तदारुकताका साथ निर्माण गर्‍यो । भूकम्प गएको डेढवर्षमै बौद्धनाथ फेरि ‘चम्किलो’ भएको छ । नवजीवन पाएको बौद्ध स्तुपालाई...

आँसु र हाँसोको संगम हो संगीत’

सोलुखुम्बुकी कुङगा ङिमा शेर्पा गायिका मात्र होइन, रचनाकार पनि हुन् । उनले थुप्रै गीत तथा गजल लेखेकी छन् । उनले लेखेका गीत नेपालका चर्चित गायक गायिकाले गाइसकेका छन् । उनी संगीतसमेत आफै गर्छिन् । बहुमुखी प्रतिभाकी धनी कुङगासँंग हिमगाथा साप्ताहिकले गरेको विशेष कुराकानीको सम्पादित अंशः दिन कसरी बितिरहेको छ ? अहिले गीति एल्बम निकाल्ने तयारीमा छु । एकै पटक दुई वटा एल्बम आउने भएकाले निकै व्यस्त छु । कस्तो खालको एल्बम हो यो ? एउटा लोक पप र शेर्पा सेलो मिक्स भएको एल्बम ल्याउने तयारीमा छु । अर्को गजल संग्रह ल्याउने तयारीमा छु । अहिलेसम्म कति वटा गीत गाउनुभयो ? आफ्नै स्वरमा दुई वटा गीत गाएकी छु । गायक प्रेम लोप्चनसँग गीत गाएको थिएँ । त्यो गीत निकै चर्चित भयो । मलाई त्यही गीतले गायिकाको परिचय दियो । तर, मैले गीत गाउने भन्दा पनि लेख्ने काम गरें । मैले दुई हजारभन्दा धेरै गीत, गजल, मुक्तक र कविता लेखिसकेकी छु । गीत लेखनको प्रेरणा कसरी मिल्यो ? सानैदेखि गीत, गजल र मुक्तक लेख्थें । पछि हङकङ निवासी साहित्यकार बज्रकुमार राईसँग भेट भयो । उहाँको सहयोगले लेख शैलीलाई अझ तिखार्ने...

ल्हाबब दुछेन के हो ?

ल्हाबब दुछेन (देवलोक अवतरण महोत्सव) शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नु भएको थियो । जस मध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव पनि एक पर्दछ । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्षको ९ औं महिनाको कृष्णा पक्ष द्ववदशीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव मंसिर ५ गते आज आइतबारको दिन परेको छ । आज भन्दा करिब २५६० औं वर्ष पहिला लुम्बिनीमा महाराजा शुद्धोदन र महारानी मायादेवीको सुपुत्रको रुपमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमार सिद्धार्थको जन्म भएको सातौं दिनमा महारानी मायदेवीको देहान्त भइ तुषित देवलोकमा जन्मनु भएको थियो । माता मायादेवीको देहान्त पश्चात् सिद्धार्थ गौतमको पालनपोषण उहाँकी बहिनी प्रजापति गौतमीले गर्नु भएको थियो । राजकुमार सिद्धार्थ गौतमलाई राजदरवारमा विभिन्न भौतिक सुख सम्पन्न रहेको स्थान उपलब्ध गराई दिदा पनि सबै भौतिक सुख परित्यग गरी २९ वर्षको उमेरमा प्रव्रजित हुनु भएको थियो । तत् पश्चात् आध्यात्मिक अभ्यासको क्रममा भा...

एन्फा अध्यक्षको चर्चामा कर्माछिरिङ शेर्पा अग्रस्थानमा

एन्फाबाट गणेश थापाको विवादित बहिर्गमनपछि यही कार्तिक महिनामा नयाँ अध्यक्ष चुन्ने मिति तय भएको छ । नेपाली फुटबलको भविष्य निर्धारण गर्ने एन्फा अध्यक्षको यो पोस्टका लागि नेपाली फुटबल क्षेत्रमा चिनिएका व्यक्तिहरुले दावी गरेका छन् । अध्यक्ष पद दावी गर्नेहरुमध्ये सर्बाधिक शक्तिशाली दावेदार भनिएका कर्माछिरिङ शेर्पा चुनावी अभियानमा देशभर यात्रामा छन् । तत्कालिन अध्यक्ष गणेश थापाले आर्थिक हिनामिना तथा अन्य भ्रष्टाचार गरेको भन्ने आरोप लगाउँदै कर्माछिरिङले छेडेको अभियानलाई एएफसि र फिफाले सही ठहर्याएपछि कर्मा देश विदेश चारैतिर चर्चित भएका थिए । त्यसो त उनी एन्फाको उपध्यक्ष नै थिए तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष पनि भएकाले नेपाली फुटबल क्षेत्रको मर्म र समस्या उनलाई ज्ञात थियो । उनको एन्फामा भ्रष्टाचार बिरोधी अभियानमा यतिखेर सिंगो नेपाल जुटेको छ । उनीसँगै अहिले अध्यक्ष पदमा दावी गरिरहेकाहरु पनि उनकै अभियानका साक्षी हुन् । फिफाले थापालाई बर्खास्त गरेपछि कर्माछिरिङको उचाई मात्र बढाएन, नेपाली फुटबलप्रति नेपाली जनतामा आशाको रक्तसंचार पनि गराएको छ । यतिखेर कर्माको अभियान नै नेपाली फुटब...

पहिरोमा परि अन्तर्राष्ट्रिय माउन्टेन गाइड दोर्जे शेर्पाको दुःखद निधन

नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष दोर्जे लामा शेर्पाको निधन भएको छ । राउण्ड मनासलु जाने क्रममा सुख्खा पहिरोमा परि दोर्जेसहित ४ जनाको निधन भएको हो । अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत रहेका दोर्जेसहित छिरिङ शेर्पा, रञ्जना वस्नेत र दुई जना विदेशी नागरिकको समेत ज्यान गएको प्रहरीले पुष्टि गरे । गोरखाको तातोपानी र दोवान भन्ने ठाउँको वीच भागमा सुख्खा पहिरोमा परि दर्जन घाइते भएको अनुमान प्रहरीको छ । घटनामा ज्यान गुमाएका दोर्जेसहितको शव प्रहरीले फेला पारेको छ भने घाइतेहरुलाई ललितपुरको वयोधा हस्पीटलमा ल्याएर उपचार भइरहेको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका सदस्य लामबाबु शेर्पाले जानकारी दिए । घाइते अधिकांशको टाउकोमा चोट लागेका छन् । केही घाइतेको अवस्था चिन्ताजनक रहेको जनाएको छ । पहिचान भएको शवहरुको मुचुल्का तयार पार्न आरुघाटबाट प्रहरी त्यसतर्फ परिचालन भएको आफूहरुलाई जानकारी प्राप्त भएको सदस्य लामबाबुले जानकारी दिए । शुक्रबार विहानसम्म मृतकहरुको शव राजधानी ल्याउने प्रहरीले जनाएको छ । विहान ९ बजेसम्ममा शव आउन नसकेमा संघका पदाधिकारीहरु रेसक्यू ‘हेलीकोपटर’ लिएर शव लि...

Apa Sherpa's

Apa Sherpa's 21 ascents: Apa Sherpa (Nepal) reached the summit of Mt Everest for the 21st time on 11 May 2011, the most times anyone has ever successfully climbed the world's highest mountain. His climbs to date have been: 10 May 1990: International 8 May 1991: Sherpa Support 12 May 1992: New Zealand 7 Oct 1992: International 10 May 1993: USA 10 Oct 1994: International 15 May 1995: American on Sagarmatha 26 Apr 1997: Indonesian 20 May 1998: EEE 26 May 1999: Asian-Trekking 24 May 2000: Everest Environmental 16 May 2002: Swiss 50th anniversary 26 May 2003: Commemorative US expedition 17 May 2004: Dream Everest 31 May 2005: Climbing for a Cure 19 May 2006: Team No Limit 16 May 2007: SuperSherpas 22 May 2008: Eco Everest 21 May 2009: Eco Everest 21 May 2010: Eco Everest 11 May 2011: Eco Everest

डोमा ह्योल्मोद्धारा शेर्पा कस्मेटिकको उद्घाटन, ब्यवसायिक सफलताको कामना

शौन्दर्यतालाई ध्यानमा राखि काठमाडौको चाबहिल चुच्चेपाटीमा शेर्पा कस्मेटिक खोलिएको छ । विदेशी भूमीमा दुःख गर्नुभन्दा स्वदेशी भूमीमा नै केही गरौ भन्दै कस्मेटिक खोलिएको शेर्पा कस्मेटिककी सञ्चालिका लासाङ शेर्पाले हिमगाथा न्युजलाई बताइन । आफुले इजरायलमा बटुलेको अनुभव सुनाउदै विदेशमा गरिने मेहनत नेपालमा नै गरे प्रशस्त आम्दानी गर्ने बाटाहरु धेरै रहेको र आफ्नो अनुभव कस्मेटिकमा भएकाले आफुले कस्मेटिक खोलेको उनी बताउछिन । उनी बैदेशिक रोजगारीको शिलशिलामा इजरायल गएकी थिइन । विदेशमा बटुलेको अनुभव स्वदेशमा सदुपयोग गर्नुले उनको यो कार्य उदाहरणीय बनेको छ । आइतबारबाट ओपनिङ गरिएको उक्त कस्मेटिकको चर्चित हास्य कलाकार डोमा ह्योल्मोले रिवनकाटेर औपचारिक उद्घाटन गरिएको छ । पसलको उद्घाटन गर्दै  कलाकार डोमा ह्योल्मोले शेर्पा कस्मेटिकको ब्याबसायिक सफलताको शुभकामना दिँदै भनिन्–सुन्दर हुन सबैलाई मन हुन्छ त्यसमा पनि विशेष गरेर महिला दिदीबहिनीहरु आफु सुन्दर हुन चाहन्छन् । सोन्दर्यका सामाग्रीमा होस पुराएन भने अनुहार विग्रने सम्भावना हुन्छ । त्यसैले यस शेर्पा कस्मेटिकमा पाइने क्रिमहर...

म शेर्पा हुँ शेर्पा!

कविता म शेर्पा हुँ शेर्पा!  शीरमा चोमोलोङमाको टोपी शरीरमा लालीगुराँसको रगत विचारमा बुद्धको सत्य दृष्टिकोणमा हरिया खर्क भएको मान्छे! म शेर्पा हूँ शेर्पा! म भाग्य खोज्दिन बनाउँछु म हात हेर्दिन पौरख गर्छु म झूठ बोल्दिन सत्यले जित्छु म कसैलाई मार्दिन बाँच्न सिकाउँछु म समय चिन्दिन बरु समय बनाएर बाँड्छु यस्तो सधैं आफ्नै स्वसत्य बोकेर हिड्ने मान्छे! म  शेर्पा हुँ शेर्पा! मलाई छुँदैनन् प्रदुषणहरुले मलाई लखेट्दैनन् तनाबहरुले मलाई मार्दैनन् अभाबहरुले मलाई जलाउँदैनन् आलास्य र अल्छिहरुले म सधैं संसारलाई जाँगर देखाउने मान्छे! शेर्पा हुँ शेर्पा! म घमण्ड गर्दिन....... मैले मुड्की उज्याउँदा  बाग! भालु! सिंहहरु....! भाग्छन् मैले बल देखाउँदा हात्तीहरु....डराउँछन् मैले खुट्टा बजार्दा कति भाग पृथ्वीमा कम्पन आउँछ म  विश्वभरि नेपाल चिनाउँने हिड्ने मान्छे! शेर्पा हुँ शेर्पा! म ...

सगरमाथामा पहिला पुग्ने नौ जना शेर्पा सम्मानित

जेष्ठ १७ । नवौ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आइतबार पर्यटन बोर्ड र पर्वतरोहण संघले राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो । दुइ साता अगाडि सबैभन्दा पहिले सगरमाथाको चुचुरोमा पुगेका नौजना शेर्पाहरूलाई सम्मान गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनही पचास हजारसहित सम्मान गरियो । सम्मान पाउनेमा पासाङ तेन्जिङ शेर्पा, आङ पेम्बा शेर्पा, ग्याल्जेन दोर्जी शेर्पा, पासाङ दोर्जी शेर्पा, निङ्मा छिरी शेर्पा, मिग्मा छिरी शेर्पा, सेरा ग्याल्जेन शेर्पा, लाक्पा छिरी शेर्पा र मिंगा ठिन्ड’ शेर्पा छन्  । नौ जना शेर्पाहरु एकैसाथ अन्य आरोहीहरुका लागि बाटो बनाउदै सगरमाथाको शिखरमा पुगेका थिए । उनीहरुले बाटो बनाएपछि मात्र अन्य आरोहीहरु सगरमाथा चढेका थिए । राजधानीमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उनीहरूसहित बाटो खोल्न सघाउने अन्य चार वटा कम्पनीलाई पनि सम्मान गर्दै सगरमाथा अंकित नयाँ हुलाक टिकट अनावरण गरेका छन । यस वर्षको वसन्त कालमा ४ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । भूकम्प र त्यस अघिको वर्ष हिमपहिरोका कारण दुई वर्ष सगरमाथा आरोहण हुन सकेको थिएन । यस वर्ष वैशाख ...

Two sherpa Nepali women atop Mt Everest as summit push continues

The only female high-altitude worker Maya Sherpa has successfully climbed the world’s highest peak becoming the first Nepali woman to climb Mt Everest from Nepal side this spring season, while  Lhakpa Sherpa , an avid female climber, has also set a world record by summitting the mountain seven times from the north side on Friday. Shiva Bahadur Sapkota, a liaison officer, said that 36-year-old Maya, who is also the president of Everest Summiteers’ Association, stood atop the Mt Everest at around 7:00 am along with a team of climbers managed by Seven Summit Treks. Maya also holds the record of the first  Nepali woman to climb Everest from both the sides.

शेर्पाले सातौँ पटक सगरमाथा आरोहण गर्दै

सङ्खुवासभाकी ल्हाक्पा शेर्पाले सातौँ पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् । उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिय ।

तेन्जिङ नार्गेका छोरा भन्छन्-सगरमाथामा ‘तमासा’ भइरहेको छ

तेन्जिङ नार्गे शेर्पा जीवितै भएको सर्वोच्च शिखर सगरमाथामा अहिले भइरहेको गतिविधि बारे के सोच्थे होला ? सागरमाथामा पहिलो पटक पाइला टेक्ने तेन्जिङले के भन्लान् भन्दा हुन् भन्ने त थाहा पाउन सकिँदैन । तर, उनका छोरा भन्छन्, बुबा खिन्न हुन्थे ।’ सगरमाथा आरोहणका नाममा अहिले जे भइरहेको छ, नोर्बु त्यसलाई तमासा भन्छन् । उनका अनुसार शेपाहरुले पैसाका लागि आफ्नो जीवन जोखिममा राखेर आरोहीहरुको विलाशिताका सामानहरु बोकिरहेका छन् । ‘गत साता नौ नेपाली शेर्पाले बाटो बनाउन सगरमाथाको सफल आरोहण गरे’ नोर्बुले  एनबीसी  न्यूजसँग भनेका छन्, ‘उनीहरुको ‘ग्राहक’हरुले आइसफल पास गर्नुपर्छ । त्यसपछि कफी पिउँदै सगरमाथा चढ्छन् ।’ उनका बुबा तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमन्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेका थिए । तेन्जिङका छोरा नोर्बु अहिले अमेरिकामा बस्छन् र उनी अमेरिकम हिमालयन फाउन्डेसनका उपाध्यक्ष पनि हुन् । उनले भने, ‘उनीहरु (शेर्पाहरु)ले कफी मेसिनदेखि टीभी सेटसम्म बोकेर हिमाल चढ्छन् । र, जोखिमपूर्ण छ ।’ उनले अघि भने, यदि मेरो बुबा जीवित हुनु भएको भए सगरमाथामा भइरहेक...

बोधिचित्त मालाको परिचय

बोधिचित्त मालाको परिचय  ============================================= बोधिचित्त एक जिजिपस जातीमा पर्ने नया प्रजाति जिजिपस वुद्धेन्सिस् हो । यसलाई स्थानीय भाषामा वुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ । बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) बुद्ध धर्मालम्बी ,तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति गर्ने जमात गएको सिजनमा उच्च भयो , यसलाई सौख र केहि आम्दनी लिन को लागि गमलामा पनि रोप्न सकिन्छ | बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो | भारत मा भएको बौद्द सम्मेलन प्रस्चात लोकप्रिय हुन पुगेको बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया , सिंगापुर आदि देशमा पनि उच्च नै रहेको छ | ===============...

बौद्ध धर्मगुरु रिन्पोछे भन्छन्ः ‘हिरामोती, सुनचाँदी ढुंगा हो, पैसासैसा कागज हो।’

‘जन्मदेखि मृत्युसम्मै हामी धनसम्पत्ति, नामइज्जत, परिवारकै पछि कुदिरहन्छौं, यसमा अलिकति तलमाथि भयो भने हाम्रो मन दुख्छ, चित्त दुख्छ’, रिम्पोछेले मधुरो स्वरमा भने, हलुकैसँग रिम्पोछेले यसरी भने मानौं धनसम्पत्ति, नामइज्जत, परिवार भनेको केटाकेटीको बेलुन हो, अथवा पानीको फोका । सारा संसार यसकै पछि कुदिरहेको छ, रिम्पोछेमा भने यीप्रति कस्तो उपेक्षा? धनसम्पत्ति र नामइज्जतको पछि नकुदे केको पछि कुद्नु त हामी जीवनभर ? … असी वर्ष काटिसकेका भिक्षु कृष्णमानको निम्ता टार्न नसकेर म एकाबिहानै छुकी निमा रिम्पोछेलाई सुन्न बौद्धको सेतो गुम्बा पुगेको थिएँ । लामो समय अमेरिकी लाइब्रेरीमा काम गरेका भिक्षु कृष्णमान जीवनको उत्तराद्र्धमा पनि फुर्तिला छन् । जीवनभरि कर्मलाई सँगै डोहोर् याएका उनी बल्ल भिक्षु जीवनको अनुभव गर्दैछन् र घरपरिवारबाट टाढा बसेर यसमै रमाएका छन्। रिम्पोछेको त कुरै बेग्लै ! हाडमासुले बनेको उनको शरीर ज्ञानको अनुभूतिले आभापूर्ण छ। अनुहारमा सधैं झल्किने बालसुलभ मुस्कानले उनी दुर्बोध्य र असहज लाग्दैनन्। कदकाँठी सानो छ तर दिमागमा अनुभूतिजन्य ज्ञानको निकै शक्तिशाली चिप्स जडेको छ...

शेर्पा गुम्वामा विविध पूजा भव्य

बार्षिक रुपमा आयोजना हुने माणिरुम्डु तथा डुम्जी पूजा यहाँस्थित शेर्पा सेवा केन्द्र बौद्धमा सम्पन्न भएको छ । विभिन्न जिल्लाका शेर्पा, बुद्धिष्ट समुदायको आयोजनामा एक साता लामो पूजा सम्पन्न भएको हो । डुप्छेनका साथै विभिन्न पूजा सहित कार्यक्रम सम्पन्न भएको आयोजक मध्येका आङ दावा शेर्पाले जानकारी दिए । ओखलढुंगा भूसिंगा गाविसस्थित किल्खोरदिङ साङदोक पलोरी गुम्बाका लामा गुरु ङावाङ राङडोल रिन्पोच्छेले विभिन्न विधि प्रयोग गरी पूजा सञ्चालन गरे । १)सर्वप्रथम मण्डला तयार गरी डुप्पुर नामसुम अर्थात त्रीसाधना भन्ने पुस्तकमा आधारित भई पूजा गरिन्छ । २)मनिरील्डुप्को सिद्धान्त अनुसार अवलोकीतेश्वरको मन्त्र ओम मानी पद्यमे हुम् भन्ने नटुटीकन जब सम्म डुप्छेन सकिँदैन तब सम्म २४ घण्टा निरन्तर रुपमा जप्ने गरिन्छ । २०७२ चैत्र ५ गतेको दिन गुरु लामाको आज्ञ अनुसार माने तोङ्ग्युर र जप गर्ने भएको हुँदा सम्पूर्ण बौद्धधर्मवलम्बी भक्तजनहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध छ । ३) डुप्छेन पूजाको अन्तिम दिन सम्पूर्ण भक्तजनहरुको निम्ति आयुको अभिशेष प्रदान गरिन्छ । ४)जिन्दाकहरु लगायतका सम्पूर्ण प्राणीहरुको ग्र...