Skip to main content

पशु बलि मानव सभ्यताकै कलंक’


पशु बलि मानव सभ्यताकै कलंक’

‘बाच्नु र बचाउनु सबैको अधिकार हो, मार्नु र मारेर खानु कसैको अधिकार होइन, यो त अन्याय अत्याचार र हेपाहा प्रवृत्ति हो ।’




पशु बलि पाप हो

मानिस र जनावर दुवैमा आत्मा हुन्छ । भनिन्छ आत्मरक्षा गर्नु नै धर्म हो । तर, मानव जातिमा धर्मका नाममा राक्षसी प्रवृत्ति देखा परेको प्रशस्तै उदाहरण हामीसामु जीवितै छन् । जिब्रोको स्वादका लागि पशुको ज्यान मार्नु र बलि दिएर देवता खुसी हुन्छन् भन्ने अन्ध प्रवृत्तिका कारण मानवमा राक्षसीपन देखिएको छ । अरूको आत्मा मारेर भोजन गर्नु मानिसको गुण होइन । त्यो त राक्षसको गुण हो । त्यसैले निर्दोश पशुको हत्या गर्नु कुनै धर्म नभएर पाप हो ।
साधारण शब्दमा बुझ्ने हो भने आत्मारक्षा गर्नु नै धर्म हो । तर, जिब्रोको स्वादका लागि अरूलाई मार्नु चाहिँ पाप हो । हामी मानव जातिले भोजन स्वादिलो बनाउन निर्दोष पशुको हत्या गरिरहेका छौं । त्यसैले पशुको हत्या गरेर, पशुआत्मा मारेर हामीले कति कति पुण्य कमाइरहेका छौं ? कसैले पनि अरूलाई मारेर भोजन गर्नु भनेर स्विकारेको छैन । त्यसैले हामीले पशु मारेर राक्षसी प्रवृत्ति देखाइरहेका छांै । अर्को अर्थमा भन्दा कुनै पनि देवी देवतालाई पशुबलि चढाएर पुण्य होइन पाप हुन्छ ।

बौद्ध दर्शनको पाठ सिकेर पशुबलि प्रथाको अन्त्यका लागि आङफुरी शेर्पा यतिबेला नेपाल अहिंसाप्रेमी शाकाहारी समाजमार्पmत पशबलि प्रथा रोक्नका लागि अभियानस्वरूप जनचेतना जगाइरहेका छन ।

को हुन् आङफुरी

सोलुखुम्बु जुनबेसीका हुन् आङफुरी । उनका पिता दानु र माता पेम्बा ल्हामु शेर्पा हुन् । उनी ०१५ मा जन्मिएका हुन् । पिता दानु शेर्पाका गुरु लामा थिए । शेर्पा समुदायमा लामा भनेको गनिने मानिने परिवारभित्र पर्दछ । त्यही गनिने र मानिने परिवारमा जन्म भएका कारण आङफुरीले बाल्यकालमा कुनै पनि दुःख कष्ट भने व्यहोर्नुपरेन ।
उनलाई उचित शिक्षा दीक्षामा कुनै प्रकारको कमी भएन । ०३३ मा उनले सल्लेरीको जनजागृति माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गरे । एसएलसी उत्र्तीणसँगै उच्च शिक्षाका लागि उनी काडमाडांै आए । काठमाडांैको ताहाचलस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट अध्ययनलाई निरन्तरता दिए । त्यसबेला उनले शिक्षा र साइन्समा अध्ययन सुरु गरेका थिए । पढाइमा उनी निकै निपुण थिए ।
उनले ०३९ माा सल्लेरी हाइस्कुलमा अध्यापन गरे । एक वर्ष अध्यापन गरेपछि उनी पुनः काठमाडौं आए । काठमाडौमा उनले एमबिए पढन सुरु गरे । त्यसैबेला उनलाई एउटा जागिरको अफर आयो । उनले सेभ द चिल्ड्रेन फन्ड युकेको ‘चाइल्ड हेल्थ सपोर्ट प्रोग्राम आफिसर’ का रूपमा जागिर सुरु गरे । १० वर्ष जति उनले त्यही संस्थामा मानवविकाससम्बन्धी अध्ययन र अनुभव लिए । त्यसपछि उनले नेदरल्यान्ड डेभ्लोप्मेन्ट अर्गनाइजेसन एसएनभिमा ‘ह्युम्यान रिसर्च डेभलपमेन्ट अफिसर’ का रूपमा काम गरे । यसरी करिब १२ वर्ष जति उनले मानवविकास र बौद्धिक विकाससम्बन्धी अध्ययन गरेपछि युएनमा टे«निङसमेत सञ्चालन गर्ने अवसर पाए ।

यसरी बने भिक्षु

उनले जीवन पढे । जगतको अध्ययनमा जुटे । अन्तमा निचोड निकाले, ‘संसारमा जीवन काम लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ । तर, यसलाई काम लाग्ने बनाउन सकिन्छ । त्यस्को एउटै उपाय हो, बौद्ध दर्शन ।’ त्यसपछि उनी बौद्ध दर्शन अध्ययनमा लागे । त्यसैको अध्ययनमा जुटे । अन्ततः उनी ०५६ बाट भिक्षु बने ।
यो सांसररिक जीवनमा लोभ, लालच, पाप, हिंसा जस्ता बन्धन हुने गरेका छन् । यी बन्धन यही जुनीमा छुटकारा पाउन सकिएन भने अर्को जुनीमा झन् भार हुने भएका कारण लोभ लालच, पापजस्ता कुरा त्यागेर आपूm भिक्षु बनेको उनी बताउँछन् । भिक्षु बन्दा जीवनमा सबै फाइदा हुने सांसरिक बन्धन लोभ, लालच, पाप, हिंसाजस्ता बन्धनबाट यही जुनीमा छुटकारा हुने उनी बताउछन् । दीर्घकालीन रूपमा सम्पूर्ण दुःखबाट मुक्त भएर बुद्धत्व प्राप्त गर्न सकिने उनको सोचाइरहेको छ । उनी भन्छन्, ‘मेरो उद्देश्य नै बुद्धत्व प्राप्त गर्नु हो र प्राप्त हुनेछ पनि ।’
१५ वर्ष बौद्ध दर्शन अध्ययन

भिक्षु आङफुरीले करिब १५ वर्ष जति भारत र नेपालको धर्म गुरुबाट बौद्ध दर्शनको अध्ययनसमेत गरे । उनका पिता दानु शेर्पा शेर्पाहरूको पण्डित लामा थिए । लामा परिवारमा जन्मेका कारण आङफुरीको परिवारमा बौद्ध धर्म र दर्शनका पालना हुने गर्दथ्यो । उनका पिताजी लामा भएका कारण बौद्ध दर्शनमा उल्लेख गरिएका मन्त्र जप र साधना गर्ने गर्दथे । बुद्धका वाणीलाई निकै अनुशरण गर्दथे । कसैको पनि हत्या हिंसा गर्नु हुन्न भनेर छोरा आङफुरीलाई दीक्षा दिने गर्दथे । यतिसम्म धार्मिक आस्था थियो कि मानिसको शरीरमा पर्ने जुम्रालाई समेत मार्नु हँुदैन पाप लाग्छ भनेर जुम्रासमेत मार्न नदिएको आङफुरी बताउछन् । उनी भन्छन, ‘एक दिन शरीरमा जुम्रा टिपेर मारेको बुबाले नराम्रोसँग गाली गर्नुभयो अब अर्को जन्ममा स्वर्गमा हैन नर्कमा पुगिन्छ, जुम्रा पनि प्राणी हो, प्राणी जति कसैलाई पनि मार्न हुँदैन भनेर भन्नुभएको थियो ।’
बौद्ध दर्शनको अध्ययनका क्रममा उनले ३ वर्षसम्म कठोर तपस्यासमेत गरेका छन् । तपस्याका कारण शेर्पाले आफन्तलाई भेट्न पाउँदैथे । जति जना त्यो समूहमा हुन्थे त्योबाहेक अरूसँग भेटघाट गर्न नपाउने प्रचलनमा भएका कारण उनले कसैलाई पनि भेट्न पाएनन् । तीन वर्षको तपस्याको अनुभवले उनलाई एउटा सुन्दर बाटोतर्पm उन्मुख गरायो । त्यस कठोर तपस्याबाट बाहिर निस्केपछि तराई तिरका तामाङ र शेर्पाहरूलाई बौद्ध धर्मसम्बन्धी धार्मिक शिक्षा तथा बौद्ध दर्शनको शिक्षा दिन थालेको उनी बताउछन् । करिब २० महिनादेखि उनी नेपाल अहिंसाप्रेमी शाकाहारी समाजमार्पmत पशु अधिकारको पक्षमा वकालत गर्दै हिँडेका छन् ।

यसरी लागे पशु बलिविरुद्ध

पशुको अधिकार हनन तथा उनीहरूको बाँच्ने र अन्य अधिकारको हनन, मानव अधिकारको पनि हनन हुने देखेर विकृतिलाई संस्कृति, अधर्मलाई धर्म सम्झेर पशुबलि दिने प्रथाको अन्त्यका लागि जनचेतना पैmल्याउँदै हिँडिरहेका छन् । उनले नेपाल बौद्ध ञिङमा संघ, नेपाल अहिंसाप्रेमी शाकाहारी समाजको विशेष अगुवाईमा अन्य शाकाहारी समाज श्री कृष्ण प्रणामी, शान्त कवीर, ओमशान्ति नेपाल, शाकाहारी संघ, विश्व जागरण अभियान, पशुबलि निशेष जागरण अभियान मिलेर जनचेतनामूलक शाकाहारी कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
यो अभियान ०७२ साल जेठ ६ गते दक्षिणकाली मन्दिरबाट सुरु भएको अभियान प्रत्येक शनिबार मन्दिर र प्रत्येक मंगलबार मानिसको भीडभाड हुने चोकचोकमा विशेष कार्यक्रमका रूपमा पशुबलि उन्मूलन अभियान सञ्चालन गरिरहेका छन् । यसको प्रत्यक्ष प्रभाव यतिबेला नेपाली समाजमा पर्न थालेको छ । यस अभियानका कारण हजारौं पशुको बलि दिने गढीमाई मेलामा पशुबलि दिनेको संख्यामा कमी आएको थियो । त्यसैगरी यसपालिको दसैंमा पनि बलि दिने प्रथा विस्तारै कम हँुदै गएको पाइएको छ ।
पशुलाई पनि मानिससरह हेर्ने भिक्षु आङफुरीले वास्तविक रूपमा नै बुद्धको वाणीलाई आत्मासाथ गरेको पाइन्छ । मानिस भएर जन्मेपछि अरूको आत्माको लागि भक्षक नभएर हामी रक्षक बन्नुपर्छ भन्ने उनको महान् सोचाइले आज पशुको ज्यान जोगिन थालेको छ । समाजको परिवर्तन गर्नका लागि जसरी आङफुरी शेर्पा लागि परेका छन् त्यसैगरी सबै जनता लागिपर्ने हो भने समृद्ध समाज निर्माण गर्न खासै गाह्रो छैन भन्ने उनको कामबाट प्रेरणा मिलेको छ भन्दा पक्कै पनि दुईमत हुँदैन ।
बलि दिएर धर्म हुने हो भने धर्मका लागि मानिसले किन आफ्नो परिवारको सदस्यलाई बलि चढाउन सक्दैन कारण माया मोह त्यसैले पशुमा पनि माया र मोह हुनुपर्छ बुद्धले त्यही भनेका थिए सबै प्राणीमा माया र मोह हुनुपर्छ हत्या हिंसा र अंहकार होइन त्यसैले बुद्धले दिएको सन्देश यतिवेला आङफुरीको जीवनमा अक्षरशः लागू भएको देखिन्छ । त्यसै पनि उनी बुद्धत्व प्राप्त गर्छु भन्नेमा विश्वस्त छन् उनको कामले पनि उनले बुद्धत्व पाउन सकून् ।

भिक्षु आङपुरी शेर्पा, कोषाध्यक्ष नेपाल अहिंसाप्रेमी शाकाहारी समाज

Comments

Popular posts from this blog

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’