ल्हाबब दुछेन (देवलोक अवतरण महोत्सव)
शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नु भएको थियो । जस मध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव पनि एक पर्दछ । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्षको ९ औं महिनाको कृष्णा पक्ष द्ववदशीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव मंसिर ५ गते आज आइतबारको दिन परेको छ ।
आज भन्दा करिब २५६० औं वर्ष पहिला लुम्बिनीमा महाराजा शुद्धोदन र महारानी मायादेवीको सुपुत्रको रुपमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमार सिद्धार्थको जन्म भएको सातौं दिनमा महारानी मायदेवीको देहान्त भइ तुषित देवलोकमा जन्मनु भएको थियो । माता मायादेवीको देहान्त पश्चात् सिद्धार्थ गौतमको पालनपोषण उहाँकी बहिनी प्रजापति गौतमीले गर्नु भएको थियो । राजकुमार सिद्धार्थ गौतमलाई राजदरवारमा विभिन्न भौतिक सुख सम्पन्न रहेको स्थान उपलब्ध गराई दिदा पनि सबै भौतिक सुख परित्यग गरी २९ वर्षको उमेरमा प्रव्रजित हुनु भएको थियो । तत् पश्चात् आध्यात्मिक अभ्यासको क्रममा भारतको विहार प्रदेशको उरुवेल गाँउको नैरन्जन नदीको किनार (बोधगया) मा ६ वर्षको कठोर तपश्यपछि ३५ वर्षको उमेरमा बोधिज्ञान प्राप्त गर्नु भएको थियो । बोधिज्ञान प्राप्त पश्चात् शाक्यमुनि बुद्धले विभिन्न स्थानमा धार्मिक प्रवर्चन गर्नु भएको थियो ।
शाक्यमुनि बुद्ध ४१ वर्षको उमेरको हुँदा आफ्नो माता मायादेवीको देहान्त पश्चात् तुषित देवलोकमा जन्म लिनु भएको थाहा भयो । आफ्नो माता र असंख्या देवी देवताहरुलाई धार्मिक प्रवर्चन गर्नुपर्ने आवश्यकता देखिएकाले शारिपुत्र र महाकाश्यम सहित हजारौं अहत्हरूका साथ तुषित देवलोकमा पाल्नु भएको थियो । उहाँले देवलोकमा आफ्नो माता र देवी–देवताहरूलाई धार्मिक प्रवर्चनको साथै वर्षवास पनि देवलोकमा नै बस्नु भएको थियो ।
उस समयमा श्रावस्तीमा भिक्षुहरू सबै एकै साथ वर्षवासमा बसिरहेको थियो । तत्कालिन मगतका राजा बिम्बिसार र श्रावस्तीका राजा प्रसेनजितलाई शाक्यमुनि बुद्ध कहाँ रहनु भएको थियो त्यो कुरा उहाँहरुलाई थाहा थिएन । त्यहाँका भिक्षुहरूलाई सोधपुछ गर्दा भिक्षुहरूले अहिले उहाँ तुषित देवलोकमा आफ्नो माता र देवी–देवताहरूलाई धार्मिक प्रवर्चन दिइरहनु भएको छ भन्नु भएको थियो । बुद्धका अनुयायी र राजाहरूले भिक्षुहरूलाई शाक्यमुनि बुद्धलाई जम्बुद्वीप (मुनष्यलोक) मा आमन्त्रणा गर्नका लागि धेरै अनुरोध गरेपछि बुद्धको शिष्याहरूले बुद्धलाई देवलोकबाट मुनष्य लोक आमन्त्रणा गरिएको थियो ।
शाक्यमुनि बुद्धले उहाँहरूको आमन्त्रणालाई स्वीकार गरी देव, मनुष्य सपरिवार चमत्कार सीढीबाट मनुष्य लोकमा पाल्नु भएको थियो । शाक्यमुनि बुद्ध देवलोकबाट मनुष्यलोकमा पाल्नुभएको दिनलाई बौद्धमार्गीहरूले ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव दिवसको रुपमा मान्ने गर्दछ । विशेष गरी यस दिन बौद्धमार्गीहरूले सक्षात् बुद्धको रुपमा विश्वास गरिने चैत्य, मणिहरूलाई सरसफाई गरी राङ्गाउने र पञ्च रंगी ध्वाज, पतका लगाई पाठपूजा प्रतिष्ठ (राब्ने) गर्ने प्रचालन रहेको छ । साथै गोन्पा, चैत्य जस्ता महापवित्र स्थानहरूमा पाठपूजा, धार्मिक प्रवर्चन आदि कार्यक्रमको पनि आयोजना गर्ने गरिएको पाईन्छ ।
आचार्य सार्की शेर्पा
आज भन्दा करिब २५६० औं वर्ष पहिला लुम्बिनीमा महाराजा शुद्धोदन र महारानी मायादेवीको सुपुत्रको रुपमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमार सिद्धार्थको जन्म भएको सातौं दिनमा महारानी मायदेवीको देहान्त भइ तुषित देवलोकमा जन्मनु भएको थियो । माता मायादेवीको देहान्त पश्चात् सिद्धार्थ गौतमको पालनपोषण उहाँकी बहिनी प्रजापति गौतमीले गर्नु भएको थियो । राजकुमार सिद्धार्थ गौतमलाई राजदरवारमा विभिन्न भौतिक सुख सम्पन्न रहेको स्थान उपलब्ध गराई दिदा पनि सबै भौतिक सुख परित्यग गरी २९ वर्षको उमेरमा प्रव्रजित हुनु भएको थियो । तत् पश्चात् आध्यात्मिक अभ्यासको क्रममा भारतको विहार प्रदेशको उरुवेल गाँउको नैरन्जन नदीको किनार (बोधगया) मा ६ वर्षको कठोर तपश्यपछि ३५ वर्षको उमेरमा बोधिज्ञान प्राप्त गर्नु भएको थियो । बोधिज्ञान प्राप्त पश्चात् शाक्यमुनि बुद्धले विभिन्न स्थानमा धार्मिक प्रवर्चन गर्नु भएको थियो ।
उस समयमा श्रावस्तीमा भिक्षुहरू सबै एकै साथ वर्षवासमा बसिरहेको थियो । तत्कालिन मगतका राजा बिम्बिसार र श्रावस्तीका राजा प्रसेनजितलाई शाक्यमुनि बुद्ध कहाँ रहनु भएको थियो त्यो कुरा उहाँहरुलाई थाहा थिएन । त्यहाँका भिक्षुहरूलाई सोधपुछ गर्दा भिक्षुहरूले अहिले उहाँ तुषित देवलोकमा आफ्नो माता र देवी–देवताहरूलाई धार्मिक प्रवर्चन दिइरहनु भएको छ भन्नु भएको थियो । बुद्धका अनुयायी र राजाहरूले भिक्षुहरूलाई शाक्यमुनि बुद्धलाई जम्बुद्वीप (मुनष्यलोक) मा आमन्त्रणा गर्नका लागि धेरै अनुरोध गरेपछि बुद्धको शिष्याहरूले बुद्धलाई देवलोकबाट मुनष्य लोक आमन्त्रणा गरिएको थियो ।
आचार्य सार्की शेर्पा
Comments
Post a Comment