शौन्दर्यतालाई ध्यानमा राखि काठमाडौको चाबहिल चुच्चेपाटीमा शेर्पा कस्मेटिक खोलिएको छ । विदेशी भूमीमा दुःख गर्नुभन्दा स्वदेशी भूमीमा नै केही गरौ भन्दै कस्मेटिक खोलिएको शेर्पा कस्मेटिककी सञ्चालिका लासाङ शेर्पाले हिमगाथा न्युजलाई बताइन । आफुले इजरायलमा बटुलेको अनुभव सुनाउदै विदेशमा गरिने मेहनत नेपालमा नै गरे प्रशस्त आम्दानी गर्ने बाटाहरु धेरै रहेको र आफ्नो अनुभव कस्मेटिकमा भएकाले आफुले कस्मेटिक खोलेको उनी बताउछिन । उनी बैदेशिक रोजगारीको शिलशिलामा इजरायल गएकी थिइन । विदेशमा बटुलेको अनुभव स्वदेशमा सदुपयोग गर्नुले उनको यो कार्य उदाहरणीय बनेको छ ।
आइतबारबाट ओपनिङ गरिएको उक्त कस्मेटिकको चर्चित हास्य कलाकार डोमा ह्योल्मोले रिवनकाटेर औपचारिक उद्घाटन गरिएको छ । पसलको उद्घाटन गर्दै कलाकार डोमा ह्योल्मोले शेर्पा कस्मेटिकको ब्याबसायिक सफलताको शुभकामना दिँदै भनिन्–सुन्दर हुन सबैलाई मन हुन्छ त्यसमा पनि विशेष गरेर महिला दिदीबहिनीहरु आफु सुन्दर हुन चाहन्छन् । सोन्दर्यका सामाग्रीमा होस पुराएन भने अनुहार विग्रने सम्भावना हुन्छ । त्यसैले यस शेर्पा कस्मेटिकमा पाइने क्रिमहरुले कुनै पनि साइड इफेक्ट नगर्ने र ओर्जिनल सामान पाइने उनी बताउछिन । डोमाले आफनै समुदाय भित्रको मान्छेले कस्मेटिक व्यवसाय सञ्चालन गरेको कारण सबै शेर्पा दिदीबहिनीहरुलाई यहाँ आएर किनमेल गर्न समेत आग्रह गरेकी छन ।
त्यसैगरी उद्घाटन कार्यक्रमा सहभागी भएकी गायिका सरस्वती लामा भुजेलले ब्यबसायिक सफलताको कामना गर्दै सही लोकेशनको छानौट गरेकामा ब्याबसायिक सफलता मिल्ने विश्वास ब्यक्त गरिन । उनले सबै प्रकारका सौन्दर्य सामाग्री एकै ठाउँमा सुलभ मूल्यमा पाइने भएकाले खुसी ब्यक्त गर्दै सौन्दर्यका सामाग्री किन्न आफु सधै शेर्पा कस्मेटिकमा आउने बताइन । त्यस्तै गायक छिरिङ शेर्पाले पनि सौन्दर्यका सामाग्री किन्न सबै शेर्पा कस्मेटिकमा आउन आग्रह गरे । उनले शेर्पा समुदाय भित्रको सदस्यले ब्यबसाय सुरु गरेमा सबैले किनमेल गरि सहयोग गरिदिन अनुरोध पनि गरेका छन् ।
त्यस्तै पासी शेर्पाले पनि आफनै समुदायभित्रको मान्छेले कस्मेटिकको सुरुवात गरेकोले खुसी व्यक्त गरिन । उनले आफुलाई चाहिने कस्मेटिकका सामाग्री किन्न सधै आफु यही आउने बताइन् ।
Comments
Post a Comment