जेष्ठ १७ । नवौ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आइतबार पर्यटन बोर्ड र पर्वतरोहण संघले राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो । दुइ साता अगाडि सबैभन्दा पहिले सगरमाथाको चुचुरोमा पुगेका नौजना शेर्पाहरूलाई सम्मान गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनही पचास हजारसहित सम्मान गरियो । सम्मान पाउनेमा पासाङ तेन्जिङ शेर्पा, आङ पेम्बा शेर्पा, ग्याल्जेन दोर्जी शेर्पा, पासाङ दोर्जी शेर्पा, निङ्मा छिरी शेर्पा, मिग्मा छिरी शेर्पा, सेरा ग्याल्जेन शेर्पा, लाक्पा छिरी शेर्पा र मिंगा ठिन्ड’ शेर्पा छन् ।
नौ जना शेर्पाहरु एकैसाथ अन्य आरोहीहरुका लागि बाटो बनाउदै सगरमाथाको शिखरमा पुगेका थिए । उनीहरुले बाटो बनाएपछि मात्र अन्य आरोहीहरु सगरमाथा चढेका थिए । राजधानीमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उनीहरूसहित बाटो खोल्न सघाउने अन्य चार वटा कम्पनीलाई पनि सम्मान गर्दै सगरमाथा अंकित नयाँ हुलाक टिकट अनावरण गरेका छन ।
यस वर्षको वसन्त कालमा ४ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । भूकम्प र त्यस अघिको वर्ष हिमपहिरोका कारण दुई वर्ष सगरमाथा आरोहण हुन सकेको थिएन । यस वर्ष वैशाख अन्तिम सातादेखि जेठ १४ गतेसम्म आरोहीले सगरमाथा आरोहण गरेका थिए । ‘सगरमाथा आरोहणको समय शुक्रबारदेखि सकिएको छ । यस वर्ष करिब ४ सय ५० हाराहारीले सगरमाथामा सफल आरोहण गरेका छन । अनुमति लिएर सगरमाथा आरोहण गर्नेहरुमा नेपालसहित २९ मुलुकका नागरिक छन ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाका अनुसार यस वर्षको आरोहण अभियानमा चार सयभन्दा बढीले सगरमाथाको चुचुरोमा पाइला टेकेका छन । आरोहण गर्नेक्रममा ५ जना विदेशी आरोहीको मृत्य भएको छ । मृत्यु हुनेमा तीन भारतीय, एक अस्ट्रेलियन र एक नेदरल्यान्डका आरोही छन ।
Comments
Post a Comment