तेन्जिङ नार्गे शेर्पा जीवितै भएको सर्वोच्च शिखर सगरमाथामा अहिले भइरहेको गतिविधि बारे के सोच्थे होला ?
सागरमाथामा पहिलो पटक पाइला टेक्ने तेन्जिङले के भन्लान् भन्दा हुन् भन्ने त थाहा पाउन सकिँदैन । तर, उनका छोरा भन्छन्, बुबा खिन्न हुन्थे ।’
सगरमाथा आरोहणका नाममा अहिले जे भइरहेको छ, नोर्बु त्यसलाई तमासा भन्छन् । उनका अनुसार शेपाहरुले पैसाका लागि आफ्नो जीवन जोखिममा राखेर आरोहीहरुको विलाशिताका सामानहरु बोकिरहेका छन् ।
‘गत साता नौ नेपाली शेर्पाले बाटो बनाउन सगरमाथाको सफल आरोहण गरे’ नोर्बुले एनबीसी न्यूजसँग भनेका छन्, ‘उनीहरुको ‘ग्राहक’हरुले आइसफल पास गर्नुपर्छ । त्यसपछि कफी पिउँदै सगरमाथा चढ्छन् ।’
उनका बुबा तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमन्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।
तेन्जिङका छोरा नोर्बु अहिले अमेरिकामा बस्छन् र उनी अमेरिकम हिमालयन फाउन्डेसनका उपाध्यक्ष पनि हुन् । उनले भने, ‘उनीहरु (शेर्पाहरु)ले कफी मेसिनदेखि टीभी सेटसम्म बोकेर हिमाल चढ्छन् । र, जोखिमपूर्ण छ ।’
उनले अघि भने, यदि मेरो बुबा जीवित हुनु भएको भए सगरमाथामा भइरहेको ‘तमासा’ देखेर शायद खिन्न हुनुहुन्थ्यो ।’
उनले शेर्पाहरुको परिवारबारे ध्यान दिन, बीमा रकम बढाउन र सागरमाथा आरोहण गर्नेहरुको संख्या घटाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । ‘जम्मा ३२ डलर दिएर सगरमाथा जस्तो खतरनाक ठाउँमा काम गर्न पठाइएको छ’ उनले भने, ‘गत वर्ष मात्र २८ जना शेर्पाको मृत्यु भएको छ । ४६ जना बालबालिकाले बुबा गुमाएका छन् । उनीहरुको हेरचाह कसले गर्छ ?’
ट्रेकिङ एजेन्सीहरुले सस्ते मूल्यमा सगरमाथा आरोहण गराउने प्रतिस्पर्धा चलिरहेको छ । यसले गर्दा शेर्पाहरुको सुरक्षामा असर परेको एनबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
जसमा हालै केही ब्यापारीहरुले कम पैसामा लैजान भन्दै सुरक्षाका पुरा उपाय अवलम्बन नगरेको उसले बताएको छ ।
Comments
Post a Comment