Skip to main content

शेर्पा गुम्वामा विविध पूजा भव्य

बार्षिक रुपमा आयोजना हुने माणिरुम्डु तथा डुम्जी पूजा यहाँस्थित शेर्पा सेवा केन्द्र बौद्धमा सम्पन्न भएको छ । विभिन्न जिल्लाका शेर्पा, बुद्धिष्ट समुदायको आयोजनामा एक साता लामो पूजा सम्पन्न भएको हो । डुप्छेनका साथै विभिन्न पूजा सहित कार्यक्रम सम्पन्न भएको आयोजक मध्येका आङ दावा शेर्पाले जानकारी दिए । ओखलढुंगा भूसिंगा गाविसस्थित किल्खोरदिङ साङदोक पलोरी गुम्बाका लामा गुरु ङावाङ राङडोल रिन्पोच्छेले विभिन्न विधि प्रयोग गरी पूजा सञ्चालन गरे ।
१)सर्वप्रथम मण्डला तयार गरी डुप्पुर नामसुम अर्थात त्रीसाधना भन्ने पुस्तकमा आधारित भई पूजा गरिन्छ ।
२)मनिरील्डुप्को सिद्धान्त अनुसार अवलोकीतेश्वरको मन्त्र ओम मानी पद्यमे हुम् भन्ने नटुटीकन जब सम्म डुप्छेन सकिँदैन तब सम्म २४ घण्टा निरन्तर रुपमा जप्ने गरिन्छ ।
२०७२ चैत्र ५ गतेको दिन गुरु लामाको आज्ञ अनुसार माने तोङ्ग्युर र जप गर्ने भएको हुँदा सम्पूर्ण बौद्धधर्मवलम्बी भक्तजनहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध छ ।
३) डुप्छेन पूजाको अन्तिम दिन सम्पूर्ण भक्तजनहरुको निम्ति आयुको अभिशेष प्रदान गरिन्छ ।
४)जिन्दाकहरु लगायतका सम्पूर्ण प्राणीहरुको ग्रहदशाहरु हटाउने निम्ति ग्याप्जी गर्ने र
अन्तमा डुम्जीको क्ष्याम (बजू किलिय नृत्य) गर्ने कार्यक्रम आदि यस डुप्छेन पूजामा प्रस्तुत गरिने कार्यक्रमहरु हुन् । तसर्थ हामी सबै मिली जगतकै सम्पूर्ण प्राणीहरुको सुख शान्ति र समृद्धिको निम्ति पूजा आज र धर्म कर्म गरी आफ्नो रितीरीवाजलाई निरन्तरता दिई सुखद् भविष्यको कामना गरौं ।
अन्तमा यस डुप्छेन पूजाको लागि लावा बोक्नुहुने जिन्दक्हरु १३६ जना र जिन्दक्हरु को जिल्लाको नाम
१. ओखलढुंगा
२.सोलुखुम्बु
३. रामेछाप
४.दोलखा
५. ताप्लेजुंङ्
६. खोटाङ्
७. संखुवासावा
८. भोजपुर
२०७२ कार्यक्रमहरु
मिति २०७२ चैत्र ५ शुक्रबार सेटुकको डुवा
२०७२ चैत्र ६ गते शनिबार डुकोर नम्सुम
२०७२ चैत्र ७ गते आइतबार फुर्वा ,डुमजी र छयोका
२०७२ चैत्र ८ गते सोमबार सेटुक राङ्गसालको डुवा
२०७२ चैत्र ९ गते मंगलबार रिम्डू डुवा
२०७२ चैत्र १० गते बुधबार १० बजे देखि ५ बजे सम्म मणिजप
२०७२ चैत्र ११ गते बिहिबार बिहान ११ बजे देखि २ बजे सम्म जिन्दकहरु लाई वाङ्ग हुने
२०७२ चैत्र १२ गते शुक्रबार ९ बजे देखि डुम्जीको ११.५५ बजे सम्म डुमजी को छ्याम र ठिक दिउसो १२ बजे देखि ग्याप्शी चढाउने र १ एक बजे देखि ३ बजे सम्म मनिरिम्डूको छ्याम ल
२०७२ चैत्र १३ गते सनिबार जिन्सेक बिहान १० बजे देखि ४ बजे सम्म स्थान स् शेर्पा सेवा केन्द्र ,बौद्ध टुसाल
mani rim

Comments

Popular posts from this blog

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’