Skip to main content

Posts

Showing posts from 2017

पहिलो र दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभामा ४, प्रदेशसभा १३ र समानुपातिक तर्फा १७ उम्मेदवार

मसिंर १० र २१ मा हुन गइ रहेको प्रतिनिधि सभा र प्रदेश सभामा शेर्पा समुदायबाट उम्मेदावारहरुको सुचि प्रकाशन गरेका छौ । विभिन्न जिल्लाबाट भिविन्न पार्टीहरुबाट उम्मेद्धारी दिने शेर्पाहरुको सुचि यस प्रकार रहेको छ पहिलो  र दोस्रो चरणको निर्वाचनमा शेर्पा उम्मेदवारहरुको सूची– प्रतिनिधि सभा १. लाक्पा शेर्पा -संघीय समाजवादी फोरम, नेपाल (सोलुखुम्बू) २. दोर्जी शेर्पा -नेपाल मजदुर किसान पार्टी (सोलुखुम्बू) ३. सोम नोर्बु शेर्पा -आमूल परिवर्तन मसिहा पार्टी नेपाल (सिन्धुपाल्चोक) ४ . मिङगुर शेर्पा -स्वतन्त्र (दोलखा) प्रदेशसभा १. आङ गेलु शेर्पा -नेपाली काँग्रेस (सोलुखुम्बू) २. दावा छिरी शेर्पा -संघीय समाजवादी फोरम, नेपाल (दोलखा) ३. साङ ठिलेन शेर्पा -मंगोल नेशनल अर्गनाइजेसन (दोलखा) ४. कानुरी शेर्पा -मंगोल नेशनल अर्गनाइजेसन (ओखलढुंगा) ५. तेन्जिङ शेर्पा -देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (ओखलढुंगा) ६. आङ्गडेण्डी शेर्पा-देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (भोजपुर) ७. दाजङबो शेर्पा -एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) ८. मिसन ...

चिवाङ गोन्पामा मणि रिल्डुप पूजा सम्पन्न ।

सन् १९१९ भूमि स्त्री, भेडा वर्षमा परम श्रद्धेय जारोङ ङावाङ तेन्जीन नुर्वुज्यू तेङ्बोचे गोन्पाको प्राण–प्रतिष्ठान (रब्ने) कार्यक्रमको लागि खुम्बु क्षेत्रमा पाल्नु हुँदा महाकारुणिक सुगत संग्रह (थुग्जेछेन्पो देश्येग कुनदु) पूजा विधिबाट मणिरिल्डुपको महासिद्धि मात्र नभएर जससँग सम्बन्धित नृत्य परम्परा गर्नु पर्ने उहाँको आदेश अनुसार तेङ्पोछे, थामे र चिवाङ गोन्पाका धर्मगुरुहरू स्वतस्फूर्त रूपमा एकता भई नृत्य परम्परा शुरु गरिएको थियो । जुन नृ त्य परम्परालाई अहिले पनि अटुट रूपमा थामे गोन्पामा भोट चन्द्रपात्रो अनुसार चौथौं महिनामा, चिवाङ गोन्पामा छैटौं महिनामा र तेङ्पोचे गोन्पामा नवौं महिनामा यो उत्सव मनाउने गरिन्छ । मणि रिल्डुपको पूर्व तयारीको लागि आर्य अवलोकेतेश्वरको साधना विधि अनुसार मण्डल निर्माण गरी पूजा सम्पन्न गरिन्छ । सर्व प्रथम मण्डलको स्थापना गर्न आवश्यक पर्ने स्थानको लागि भूमिपतिलाई पूजा गरी मण्डल तथा पूजामा आवश्यक पर्ने पूजा सामग्रीहरू तयार गरिन्छ । तत्पश्चात् चार दिकपालहरूलाई पूजा गरी मणिरिल्डुप पूजा सम्पन्न नभएसम्म कुनै बाधा नहोस् भनी सिमाना तय गरिन्छ । जसलाई स्थानीय भाषामा...

लुङ्दार जलाईएपछि बौद्धमार्गीद्धारा घोर आपत्ती, अमानविय कार्यको संज्ञा

चिसाङ शेर्पा कार्तिक÷१८ खोटाङ, हलेसीमा सरसफाईका क्रममा लुङ्दार जलाईएपछि बौद्धमार्गीहरुले त्यसप्रति घोर आपत्ति जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिका ७ स्थित महतवनमा बौद्धमार्गीहरुले टांगेका लुङ्दार सरसफाई गर्ने वहानामा जलाईएपछि त्यसलाई बौद्धमार्गीहरुले अमानविय कार्यको संज्ञा दिदै, धर्म र सदभावजस्ता कुरामा खलल ल्याउने काम गरेको भनेका छन् । “पुरानो लुङ्दारमात्र व्यवस्थीत गर्ने सहमति भएपनि शनिवार नयाँ लुङदार नष्ट गरिदा आफ्नो निर्णय बद्धर गर्नेलाई अमानविय कार्यका सहयोगी भनेका छन् ।” मारतिका क्षिमेद गाग्तेन क्षोलिङ गुम्बा हलेसीका प्रमुख कर्मा वाङ्चुक शेर्पाले वौद्ध धर्मको विधिपूर्वक राखिएको ध्वजापतकाहरुलाई नजलाउन पुर्व जानकारी गरिए पनि अन्य हलेसीबासीहरुले वेवास्ता गर्दै जलाईएको आरोप लगाएका छन् । प्रमुख शेर्पाका अनुसार,  “कार्तिक १३ गते बसेको सर्वदलिय वैठकमा पुरानो लुङ्दारमात्र व्यवस्थीत गर्ने सहमति भएपनि शनिवार नयाँ लुङदार नष्ट गरिदा आफ्नो निर्णय बद्धर गर्नेलाई अमानविय कार्यका सहयोगी भनेका छन् ।” उहाँले, “हलेसीमा बौद्धमार्गीहरुलाई उपेक्षीत गर्न थालिएको छ, यस्ता कार्यहरु दोहोर...

शेर्पाहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक चाँडपर्व र यसको महत्व

आचार्य सार्की शेर्पा १. विषय प्रबेश, नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक विविधता रहेको देशको रूपमा चिन्न सकिन्छ । राष्ट्रिय जनगणना २०६८ ले १२५ जाति तथा समुदायहरूको पहिचान गरेको छ । जस मध्ये नेपालको हिमाली क्षेत्रमा परपूर्वकालदेखि बसोवास गर्दै आईरहेको शेर्पा समुदाय पनि एक हो । शेर्पाहरूको इतिहासको बारेमा विद्वानहरूबीच केही मत भिन्नता भए तापनि भाषा, धर्म र संस्कृतिसँग जोडेर हेर्दा शेर्पाहरूको उत्पत्ति थलो भोट वर्ष मैं हो भन्न सकिन्छ । शेर्पा समुदाय नेपालको पूर्वी हिमाली भेगमा रहन्दै आएकोले शेर्पा अर्थात् पूर्वेली, पूर्वमा बस्ने समुदाय भनेको हो । शुरुमा शेर्पाहरू नेपालको पूर्वी क्षेत्र (श्यारखुम्बु) सोलुखुम्बुमा रहन्दै आए तापनि वर्तमान समयमा वसाई सराईको कारणले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला, गोर्खा आदि जिल्लाहरूमा शेर्पाहरूको मुख्य बसोबास गर्ने क्षेत्रको रूपमा चिनिन्छ । हाल नेपालको अधिकांश जिल्लामा शेर्पाहरू बसोबास गर्दै आएको पाइन्छ । भारत...

सबै मानिस शाहाकारी हुन सकेमा ७० लाखका दरले मृत्युदर घट्छ–अनुसन्धान

बीबीसी,१९ साउन । यदि सन २०५० सम्म संसारका सबै मानिस शाहाकारी हुन सकेमा प्रत्येक वर्ष ७० लाखका दरले मृत्यु दर घट्ने विभिन्न अनुसन्धानकर्ताहरुलाई उद्धित गर्दै बीबीसीले जनाएको छ ।  अझ त्यसमाथी जनावरसँग सम्बन्धित उत्पादन खान पूर्णबन्देज लगाउने हो भने त झन्  मृत्युदर हरेक वर्ष ८० लाखका दरले कम हुने छ । अक्फोेर्ड मार्टिन  कुल फ्युचर अफ फूड प्रोग्रामका एक अनुसन्धानकर्ता मार्को स्पिग्म्यानका अनुसार खाद्य सामाग्रीसँग सम्बन्धित उत्सर्नजनमा ६० प्रतिशतले कमि आएको छ । भन्नको मतलव हामीले मासुजन्य पदार्थ नै बढी खाइरहेका हुन्छौ,र उत्सर्जन पनि । कतिपय देशहरुमा पशुपालन त्याहाँको मुख्य पेशा र संस्कृतिका रुपमा रहेको र मासु बढि खाने देशका रुपमा परिचित रहेका छन् । जस्तो की अफ्रिकाका धेरै जसो स्थानका मानिसको दिनचर्या पशुपालन तथा तिनैको मासु खाएर बित्ने गरेको छ । त्यहाँ मासु खान हुदैन भन्दा उनीहरुको संस्कृती नै खतरामा पर्ने विशेषज्ञहरु बताउँछन् । संसारमा यस्ता समुदाय छन् जस्को बिहे तथा विभिन्न प्रकारका उत्सवमा मासु उपहार दिने  चलन रहेको हुन् । जस्का कारण पनि संसार शाहकारी बनाउने भन...

चार अन्तर्राष्ट्रिय पर्वतीय गाइड थपिए

काठमाडौँ : अन्तराष्ट्रिय स्तरका चारजना पर्वतीय पथप्रर्दशक यस बर्ष थपिएका छन्। नेपालबाट विश्वका हिमालमा गाइड गर्नेको संख्या ४९ पुगेको छ। शुक्रबार नेपाल राष्ट्रिय पर्वातारोहण पथ प्रर्दशक संघले सार्वजनिक गरेको नजितामा सन् २०१७ मा दमाइसार्की शेर्पा, छिरिङपेम्बा शेर्पा, लोप्साङ शेर्पा र पिम्वा तेन्जीङ लामा उर्तिण भएका हुन्। नेपालका पथप्रर्दशक मध्येबाट नौ जना छनोट भए पनि चार जना मात्र उत्तीर्ण भए। उर्तिण भएका गाइडले अब विश्वका हिमालमा गाइड गर्न योग्य भएका हुन्। विश्वमै हिमाल भएका २३ राष्ट्रको आधिकारीक संस्था अन्तराष्ट्रिय पर्वातारोहण पथ प्रर्दशक संघ (आइएफएमजिए) मा नेपालबाट नेपाल राष्ट्रिय पर्वातारोहण पथप्रर्दशक संघ आवद्ध छन्। नेपाल पर्वातारोहण संघले दिने अग्रिम आधारभूत तालिम पास गरेका ट्रेकिङ गाइडको भूमिका, क्षमता मापन, प्राथमिक उपचार, इन्टरडक्टरी रक क्लाम्बिङ कोर्स, नक्सा र कम्पास चलाउन सक्नेले क्रमिक रुपमा तालिममा छनोट हुन सक्ने महासचिव शेर्पाले बताए। यसपछि आधारभूत पर्वतीय कोर्स पास गरेर एक बर्षपछि एडभान्स कोर्समा योग्य बन्नु पर्ने हुन्छ। पर्वतीय क्षेत्रमा सकिृय भएको आधारमा हि...

शेर्पाको साँस्कृतिक एवं सामाजिक पर्वहरु

१. लोसार (नयाँ साल)   लो—सार को विषेशता र यस्को शब्दिक अर्थमाथि नियाल्दा — ”लो” भनेको बर्ष र “सार” भनेको सर्नु÷नयाँ भन्ने अर्थ लाग्न आउँछ । सारांशमा एउटा साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनु हो भन्ने बुजिन्छ । अर्थत लोसारको शाब्दिक अर्थ नयाँ साल भन्ने पनि हुनआउछ । यो चाड नाग्ची (कालाचक्र) चन्द्रमास पात्रो अनुसार माघ÷फाल्गुन महिनामा पर्दछ । लोसार शेर्पा लगायत तामाङ, गुरुङ, ह्योल्मु, भोटे र अन्य बुद्ध धर्मालाम्वीहरुले मनाउने एउटा सामाजिक पर्व हो । लोसार पनि भिन्न जातीय समुहमा भिन्न भिन्न तिथिमा भिन्न भिन्न नामको लोसार मान्ने प्रचलन रहँदै आएकोछ । नेपालमा गुरुङहरुले तोला लोसार मनाउछन् । तोला लोसार ग्याल्वो लोसार भन्दा करिब दुई÷एक महिन पहिल्यै मान्ने चलनछ । त्यस्तै तामाङ र ह्योल्मोहरु लगायत अरु बुद्ध धर्मालम्वीहरुले सोनाम लोसार मनाउने गर्छन् । सोनाम लोसार ग्याल्वो लोसार भन्दा लगभग एक महिन पहिल्यै मान्ने गर्छन् । कहिलेकहिँ सोनाम र ग्याल्पो लोसार एउटै मितिमा पर्छन् । परम्परा अनुसार किसानहरु खेतबारीमा खेतीपातीको काम शुरु गर्नु पर्ने भएकोले एक महिना पहिल्यै लोसार पर्व मान्न थालेको र ...

शेर्पाको धार्मिक पर्वहरु

१. छ्योठूल दुछेन्  यो बुद्ध शाक्य मुनिका चार महत्वपूर्ण दिवसहरुमध्ये एक हो । बुद्धले श्रावस्ती नगरमा धार्मिक शक्ति प्रदर्शन गरी ६ जना तैर्थिक (अबौद्ध) का साधुहरुलाई परास्त (हराएको) उपलक्ष्यमा मनाइने दिवस हो । फगुणशुक्लपक्ष परेवादेखि र्पूिर्णमा सम्म ठूलो पूजा सामाग्रीहरु भव्य रुपमा सजाई यो धर्मोत्सव मनाइन्छ । पहिले भोटको राजधानी ल्हासामा यही पूनीत अवसरमा हजारौं लामा भिक्षुहरु भेला गराई मोनलाम छेनमो (महापूजा सम्मेलन) आयोजन गर्ने परम्परा थियो । हाल यहाँ परेवाको दिनबाटशुरु गर्ने नसके पनि अन्तमा पूर्णिमाको एकदिन मात्र भए पनि गोन्पाहरुमा यो धर्मोत्सव मनाउने गरिन्छ । २. ञ्युङन्य तोङगु  महायान बौद्ध परम्परा अनुसार बुद्ध जयन्ती, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण जस्ता तीन महत्वपूर्ण दिवसको उपलक्ष्यमा मनाइने धार्मिक पर्व हो । बैशाख शुक्ल पक्षको परेवादेखि कृष्ण पक्षको परेवा तिथि सम्म अष्टशील लिएर १ दिन १२ बजे एकछाक भोजन (गुङछिग) गर्ने र अर्को दिन अष्टशील लिएर केही नखाई बोल्दा पनि नबोली, अवाक भई शील पालना गर्ने परम्परालाई ञ्युङन्य (शान्त भई बस्ने ब्रत) भनिन्छ । यसरी १६ दिनसम्म लग...

शेर्पाको थर

समाजमा सामाजिक बेथितिहरु छ भने समय अनुकूल सुधार गर्दै जानु पर्दछ । शेर्पाहरुको इतिहासलाई उचित ढंगले अध्ययन नगरी हचुवाको भरमा थर (रु) परिवर्तन गर्दा पर्याप्त ज्ञानको अभावले एक आपसमा स्वाँगे भाई (पीन), अर्थात् हाड नाता पर्न गएर भविष्यमा सामाजिक र परिवारिक बिचलन आउन सक्ने प्रबल सम्भावना लाई ख्याल राख्नु बुद्धिमानी  होला । यस्तो सम्वेदनशिल बिषय वस्तुमाथि तत्काल गहिरो खोज, अध्ययन गरी वेलैमा स्पस्ट हुनु पर्ने र यथोचित ढंगले व्यवस्थापन गर्नु पर्ने जरुरी देखिन्छ । यस्ता बिषयवस्तुहरु परम्परालाई नस्वीकार्ने, आधुनिक जीवनशैलीमा रमाउनेहरुलाई त असान्दर्भिक लाग्ला । समय गतिशिल छ, समयको मागसंगसंगै अधुनिकतालाई पनि अँगाल्नु पर्छ । सबैलाई आफ्नो इच्छानुसर जिउन पाउने नैसर्गिक अधिकार छ । तर, आफ्नो पौराणिक कथन र इतिहासहरु, जुन हाम्रो अस्तित्व र पहिचानको विषय भन्दछ, त्यसलाई हामीले चटक्कै बिर्सनु चाहिँ नमिल्ला । किन कि यस्तै बिशेषताहरुले नै संसारमा हामीलाई शेर्पा भनेर चिनाएका छन् । समयको रफ्तारसंगै आफ्नो पहिचानको जगेर्ना र सम्वर्धन नगर्ने हो भने “शेर्पा” शब्द एकदिन राष्ट्रिय परिचयपत्रमा छापिने अक्षरमा मात...

शेर्पा जातिको परम्परागत विवाह संस्कारमा गरिने विधि

शेर्पा जातिको परम्परागत विवाह संस्कारमा गरिने विधि अनुष्ठान शेर्पा जातिको महत्वपूर्ण संस्कारहरु मध्येको विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको बढी प्रभाव रहने गरे तापनि पछिल्लो समयमा प्रेम विवाह पनि छिटफुटरुपमा चल्ने गरेको पाईन्छ । विवाह संस्कारमा स्वाँगेभाई अर्थात् सजाति वा उप थर छुट्टयाउनु पर्ने यो समुदायको अर्को संदेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । “रु” (हाडगोत्र वा हाड साइनो) “थर” र उप थरहरु छुट्टाएर कुटुम्ब चलाउने गरिन्छ । शेर्पा जातिमा मामाको छोरालाई पनि मामा साथै मामाको नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई छ्यामा (सानी आमा) अर्थात् आमा समान मान्ने प्रचलन छ । त्यसैले आमा पट्टि पनि “श्या” (दुधगोत्र वा मासु साइनो) पर्ने भएकोले ७ पुस्त सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता यथावत् छ । उदाहरणार्थ, हाम्रो हातको कुम देखि पाखुरा, नाडी र औलाको टुप्पोसम्म सात ठाउँमा भएको हाड जोडने गाँठहरु, यसैको प्रतिक संकेत हुन् ।   सम्दी लाउदा स्वाँगेभाई अर्थात् मैती चेली पर्न गएमा दम्पती जीवन सफल नहुने, र भए पनि कालान्तरमा फलिफाप नहुने र सन्तान पिरोल्छ भन्ने मान...