काठमाडौँ : अन्तराष्ट्रिय स्तरका चारजना पर्वतीय पथप्रर्दशक यस बर्ष थपिएका छन्। नेपालबाट विश्वका हिमालमा गाइड गर्नेको संख्या ४९ पुगेको छ। शुक्रबार नेपाल राष्ट्रिय पर्वातारोहण पथ प्रर्दशक संघले सार्वजनिक गरेको नजितामा सन् २०१७ मा दमाइसार्की शेर्पा, छिरिङपेम्बा शेर्पा, लोप्साङ शेर्पा र पिम्वा तेन्जीङ लामा उर्तिण भएका हुन्।
नेपालका पथप्रर्दशक मध्येबाट नौ जना छनोट भए पनि चार जना मात्र उत्तीर्ण भए। उर्तिण भएका गाइडले अब विश्वका हिमालमा गाइड गर्न योग्य भएका हुन्। विश्वमै हिमाल भएका २३ राष्ट्रको आधिकारीक संस्था अन्तराष्ट्रिय पर्वातारोहण पथ प्रर्दशक संघ (आइएफएमजिए) मा नेपालबाट नेपाल राष्ट्रिय पर्वातारोहण पथप्रर्दशक संघ आवद्ध छन्।
नेपाल पर्वातारोहण संघले दिने अग्रिम आधारभूत तालिम पास गरेका ट्रेकिङ गाइडको भूमिका, क्षमता मापन, प्राथमिक उपचार, इन्टरडक्टरी रक क्लाम्बिङ कोर्स, नक्सा र कम्पास चलाउन सक्नेले क्रमिक रुपमा तालिममा छनोट हुन सक्ने महासचिव शेर्पाले बताए।
यसपछि आधारभूत पर्वतीय कोर्स पास गरेर एक बर्षपछि एडभान्स कोर्समा योग्य बन्नु पर्ने हुन्छ। पर्वतीय क्षेत्रमा सकिृय भएको आधारमा हिमाल आरोहणसँगै सफलतापुर्वक हिमाल आरोहणमा गाइड गरे पछि राष्ट्रिय पर्वातारोहण पथ प्रर्दशक (एस्पीरेन्स गाइड) बन्न योग्य हुने छ। यस पछि रक छैटौ वि प्लस ग्रेडिङ सम्मको क्षमतामा हिमाल चड्न सफल भए पछि र अग्ला हिमाल चडे पछि अन्तराष्ट्रिय पर्वतारोहण गाइडमा प्रतिस्पर्धा गर्न योग्य बन्ने छ।
यी कोर्षमा कम्पोनेन्ट एक, दुई र तीन तह पास गरेर एक बर्ष पछि मात्र राष्ट्रिय गाइड बन्ने र तीन बर्ष पछि अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक बन्न योग्य हुने प्रावधान तोकिएको छ।
गाइडको परीक्षा नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघले गर्दै आएको छ। उत्तीर्ण नभएका ५ जनाले ६ महिना पछि कोर्स पूरा गर्न मौका पाउने महासचिव शेर्पाले बताए। प्रशिक्षक संयोजक समेत रहेका शेर्पा एक बर्ष भित्रमा २२ वटा बिषयमा परिक्षा लिएर गाइड छनौट गरेको जनायो।
परीक्षामा हिमपात, हिमपहिरो, रेस्क्यू , जिपिएस, नक्सा प्रयोग गर्नु पर्ने, रक चढ्नु पर्ने, हिमपोखरी, हिमनदी पार गर्नु र गाइड गर्नु पर्ने हुन्छ। संघले पाँच हजार देखि ६ हजार मिटरमा दोलखाको रोल्वालिङ हिमक्षेत्रमा २५ दिन अन्तिम परीक्षा लिएर नतिजा प्रकाशन गरेको जनायो।
यस अघि सम्म नेपालमा अन्तराष्ट्रिय पर्वतारोहण पथ प्रर्दशकको संख्या ४५ थियो भने ४ जना थपिए पछि ४९ जना भएको नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रर्दशक संघका महासचिव फुर्वानाम्गेल शेर्पाले बताए।
Comments
Post a Comment