समाजमा सामाजिक बेथितिहरु छ भने समय अनुकूल सुधार गर्दै जानु पर्दछ । शेर्पाहरुको इतिहासलाई उचित ढंगले अध्ययन नगरी हचुवाको भरमा थर (रु) परिवर्तन गर्दा पर्याप्त ज्ञानको अभावले एक आपसमा स्वाँगे भाई (पीन), अर्थात् हाड नाता पर्न गएर भविष्यमा सामाजिक र परिवारिक बिचलन आउन सक्ने प्रबल सम्भावना लाई ख्याल राख्नु बुद्धिमानी होला । यस्तो सम्वेदनशिल बिषय वस्तुमाथि तत्काल गहिरो खोज, अध्ययन गरी वेलैमा स्पस्ट हुनु पर्ने र यथोचित ढंगले व्यवस्थापन गर्नु पर्ने जरुरी देखिन्छ । यस्ता बिषयवस्तुहरु परम्परालाई नस्वीकार्ने, आधुनिक जीवनशैलीमा रमाउनेहरुलाई त असान्दर्भिक लाग्ला । समय गतिशिल छ, समयको मागसंगसंगै अधुनिकतालाई पनि अँगाल्नु पर्छ । सबैलाई आफ्नो इच्छानुसर जिउन पाउने नैसर्गिक अधिकार छ । तर, आफ्नो पौराणिक कथन र इतिहासहरु, जुन हाम्रो अस्तित्व र पहिचानको विषय भन्दछ, त्यसलाई हामीले चटक्कै बिर्सनु चाहिँ नमिल्ला । किन कि यस्तै बिशेषताहरुले नै संसारमा हामीलाई शेर्पा भनेर चिनाएका छन् । समयको रफ्तारसंगै आफ्नो पहिचानको जगेर्ना र सम्वर्धन नगर्ने हो भने “शेर्पा” शब्द एकदिन राष्ट्रिय परिचयपत्रमा छापिने अक्षरमा मात्र सीमित रहन नपुग्ला भन्न सकिन्न । हामी शेर्पाहरु जहाँ रहेपनि हाम्रो आफ्नो मौलिक भाषा र सँस्कृति बिर्सनु हुदैन । आउने पिंढीलाई पनि पुर्खाले अर्जेको धरोहरहरु दिगो र उचित ढंगले हस्तान्तरण गर्न सक्नु पर्दछ भन्ने मन्यतालाई आत्मसात् गरौं ।
किन चाहेको थियो होला थर ?
त्यहाँ धेरै कारणहरु हुन सक्छन् तर एउटा कारण मानिस एक चेतनशील प्राणी भएकोले मानव समाजमा बस्दा एक आपसमा साइनो मिच्नु नहुने र अरूसँग कुटुम्ब लगाउनु पर्दाको अवस्थामा थरको आवश्यक परेको महशुस गरी थर परम्परा सृजना भएको बुझ्न आउछ ।
विद्यमान शेर्पा थर “रु” मुलथर र उपथरहरु भित्र कुन, कुन “पीन” स्वाँगे दाज्यु भाई वा हाड नाता पर्छ कुन, कुन पर्दैन तल अध्ययन गरौं ।
विद्यमान शेर्पाको थर “रु” मुलथर र उपथरहरुभित्र कुन, कुन “पीन” स्वाँगे दाज्यु भाई वा हाड नाता पर्छ कुन, कुन पर्दैन तल अध्ययन गरौं ।
शेर्पाको थर (रु) यस प्रकर पाइन्छन् :
यहाँ तल उल्लिखित उपथरहरु एक अर्कासंग कुटुम्ब लाउन मिल्दैन । किन भने उपथरहरु एउटै पुर्वजबाट फैलिएको शेर्पाहरु हुन् । त्यसैले स्वाँगे दाजुभाई (पिन) पर्छ ।
(१) लामा शरपा (मूल थर)
लमा शरपाका (उपथरहरु) :
१) लामा शरवा
२) लामा गोन्पा
(२) च्वावा (मूल थर)
च्वावाका (उपथरहरु) :
१) च्यावा ।
२) च्यावा नाक्पो ।
३) ल्हुक्पा
(३) पेनाक्पा (मूल थर)
पेनाक्पाको (उपथर) छैन :
१) पेनाक्पा ।
(४) मिङ्याग्पा (मूल थर)
मिङ्याग्पाका (उपथरहरु ):
१) ठाक्तोक ।
२) गोले ।
३) गर्जा ।
४) खापा ।
५) पिनासा ।
६) पाङकर्मा ।
७) युल्खोङमा ।
८) श्वारे ।
९) मिल्हसा ।
१०) दोटुवा ।
११) शरपा ।
१२) ङेनदावा ।
१३) शरीटोक्पा ।
(५) थिमी (मूल थर)
थिमीको (उपथरहरु ):
१) सलका ।
२) खाम्बचे ।
३) गोपर्मा ।
४) ल्हाकसिन्दु ।
५) पाल्दोर्जे ।
६) छ्युसरव।
७) ठोक्पा ।
८) बिनाक्पा ।
९) श्यङगो ।
१०) जोङनग्पा ।
११) श्हुर्पा ।
१२) मेन्दवा ।
१३) पेन्पुलो ।
१४) मुर्मिन ।
१५) नावा ।
१६) द्योङपा ।
१७) जोङ नाग्पा ।
हालसम्म कुनै उपथरहरु नभेटिएका र पाँच मुख्य मुल थरहरु संग मेल नखाने शेर्पा थरहरु :
यी शेर्पाहरु माझमा सजिलै एक अर्कासंग कुटुम्ब चलाएको पाइन्छ ।
१) नावा ।
२) जुम्बुले ।
३) गोरुङ ।
४) हलुण्डा ।
५) कुलुङ ।
६) रिक्तो ।
७) चुक्टे ।
८) याता ।
९) फेरुक्पा ।
१०) छ्युकुले ।
११) राखा ।
१२) ङोवा ।
१३) वादम्बा ।
१४) मजेन ।
१५) एसांङ ।
१६) ठोमा ।
१७) सुर्वा ।
१८) मुलि ।
१९) साके ।
२०) डुक्पा ।
२१) खम्बा ।
२२) केरुङ खम्बा आदि ।
सथै यी शेर्पाहरुको पनि ठोसरुपमा कुनै उपथरहरु भेटिन्दैन :
१) हालोरि मि ।
२) नाउ मि ।
३) पाङगा मि ।
४) पया मि ।
५) मानि मि ।
६) चाक्यु मि ।
७) जारु मि ।
८) साङदोग मि ।
९) सेन्देन मि ।
१०) मार्मा मि ।
११) जु मि ।
१२) साक्यो मि ।
१३) जारु मि ।
१४) नेउपाने मि ।
१५) पाशिङा मि ।
१६) छु मि ।
१७) ङार्मा मि ।
१८) वुसाङ मि ।
१९) नावा मि ।
२०) पाचे मि ।
२१) पा मि । आदि ।
१० शेर्पाको लालमोहोर
आगे श्री यदि(अधि) राजामहाराज गुरुजी ३ जनाको आगेबाट नेपाल ४ भञ्जेङ्ग साँगा पूर्व मेची पसिम मौजे सोलु मउ खुम्बु सिर १० सेरबा भोटे चुलठे मुडले मुख जुठो हाड चोखो नमासिने जातको रिती थिति के हो भने १० सेरबा भोटेका जुठो येक फुरुले चलाउँदा चलने च्यावाः खापाः गर्जाः गोले ठकतोः पिनासाः खवचेः सलाकाः गोपरमाः लामा सेरबा समेत जम्म बसी कारणबाट लालमोहर सबै शेर्पा भोटेका रितीथिति धरमा नचुकाले १० सेर्पा भोटेका धर्मपुत्रीका लाल मोहरमा लेखिएका बमोजिम कुराहरु तपसीलमा लेखिएका बमोजिमका कुराहरु तपसीलमा लेखिएका सदर छन् ।
(तपसी — १० शेर्पा भोटे)
च्यावली ... ... छोङरसी शेर्पा ... ... १
खापलि ... ... जीकु दोरची शेर्पा ... .... २
गर्जा ... ... तेम्फुरी शेर्पा ... ... ३
गोले ... ... ङिम छिरी शेर्पा ... ... ४
ठकतो ... ... फुर तेम्बा शेर्पा ... ... ५
पिनासा ... ... दाछिरी शेर्पा ... ... ६
खवचे ... ... ङिम पुत्र शेर्पा ... ... ७
सलाका ... ... पासाङ्ग किपा शेर्पा ... ... ८
गोप्रमा ... ... किन्जू शेर्पा ... ... ९
लमा शेर्पा ... ... लदोरची शेर्पा ... ... १०
सोगेभाई नभएको च्यावाः लामा शेर्पा २ थरी छेऊ किनोरमा रहेकाले उप्रान्त सोगे भाई हुनेले सोगे भाई छलेर विवाह गर्नुहुन्छ । सोगे भाईमा करनी भयेछ भने शेर्पाले रु १ देखि ५ सम्म फूरु डण्ड गर्नुहुन्छ । फूपू चेला, मामा चेलामा ७ पुस्ता सम्म करनी भयेमा फुरु कटा गरी धपाईदिनु गाउँमा नराख्नु । आफ्ना सानी आमा दिदी बैनीमा करनी भएमा पकडी अडामा बुझाउँदा आईनमा बादा लाग्दैन ।
१० शेर्पाको लालमोहोर के लेखेकोछ ?
साली भदैनी, याठजु लीयेमा छेत् मर्जे सम्मा लाग्छ उजुर लाग्दैन, जेठी सासू, फुपू सासु, मामा ससुराको जाहान माईजुसँग करनी गर्नेलाई नाक कान काटी फुरु कटा छप लगाई निधारमा छाप हानी पूर्व पश्चिम धपाई दिनु गाउँमा नाराख्नु । पाताकिको हातको खायेमा हामी १० शेर्पालाई टिप भन्ने मंङ्ग सेवा लाग्ङ्ग सेवा लाग्छ । दिदी बैनीका छोराछोरीमा करनी भयेमा नराख्नु देश कटाई दिनु, कुटुम्बा भए तापनि गाउ विगर छ ।
१० शेर्पा भोटेका रिती थिति आइन कानुनमा मिल्दैन भोटेकै थितिमा लालमोहोर हुन्छ ।
जारीको हकमा शेर्पा भोटेको टिजेङ्ग भन्ने सानो कोसेली खाये पनि फिर्ता हुँदा पनि रु ५० पैसा मात्र देम्छेङ भन्ने सुरके पोङ्ग दस रुपेको खायेपछि । अरकाल लगेमा आधा जारी लाग्छ । चीनी टिज्याङ भन्ने ठूलो कोली खायेपछि जेथा सकसम्म पुरा जारी लाग्छ । विवाह भयेपछि । पताल सोरावी भनेको रु १६० लाग्छ माइती रित्त रु ९० चोरलाई रु ७० लाग्छ भाउजु विदवा भै अरुसँग गऐमा देवार रित्त रु ७० लाग्छ । सकल १० शेर्पाको सही परेको कुमारी चोकमा छ । इतीसम्वत् १९१४ साल चैत्र ७ मा शुभम् ।
पुनश्च :– यो कागज हिमालयन महायान देछेन छ्योस्लिङ गोम्पा(धरान)का प्रमुख लामा ल्हाग्पा खापा मार्फत प्राप्त भएको हो । कुमारी चोक (काठमाडौं बसन्तपुरमा) छ भनिएको मूल कागज त्यहाँका मालसामानहरु पुरातत्व विभाग अन्तर्गत रामशाह पथमा सार्दा यताउति परेकाले फेला पार्न सकिएन ।
Comments
Post a Comment