१. लोसार (नयाँ साल)
लो—सार को विषेशता र यस्को शब्दिक अर्थमाथि नियाल्दा — ”लो” भनेको बर्ष र “सार” भनेको सर्नु÷नयाँ भन्ने अर्थ लाग्न आउँछ । सारांशमा एउटा साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनु हो भन्ने बुजिन्छ । अर्थत लोसारको शाब्दिक अर्थ नयाँ साल भन्ने पनि हुनआउछ । यो चाड नाग्ची (कालाचक्र) चन्द्रमास पात्रो अनुसार माघ÷फाल्गुन महिनामा पर्दछ । लोसार शेर्पा लगायत तामाङ, गुरुङ, ह्योल्मु, भोटे र अन्य बुद्ध धर्मालाम्वीहरुले मनाउने एउटा सामाजिक पर्व हो । लोसार पनि भिन्न जातीय समुहमा भिन्न भिन्न तिथिमा भिन्न भिन्न नामको लोसार मान्ने प्रचलन रहँदै आएकोछ । नेपालमा गुरुङहरुले तोला लोसार मनाउछन् । तोला लोसार ग्याल्वो लोसार भन्दा करिब दुई÷एक महिन पहिल्यै मान्ने चलनछ । त्यस्तै तामाङ र ह्योल्मोहरु लगायत अरु बुद्ध धर्मालम्वीहरुले सोनाम लोसार मनाउने गर्छन् । सोनाम लोसार ग्याल्वो लोसार भन्दा लगभग एक महिन पहिल्यै मान्ने गर्छन् । कहिलेकहिँ सोनाम र ग्याल्पो लोसार एउटै मितिमा पर्छन् । परम्परा अनुसार किसानहरु खेतबारीमा खेतीपातीको काम शुरु गर्नु पर्ने भएकोले एक महिना पहिल्यै लोसार पर्व मान्न थालेको र यो परम्परा बसेको जनश्रुती पाईन्छ ।
हामी शेर्पाहरुले मनाउने लोसार चाहिँ ग्याल्पो लोसार हो । ग्याल्पो लोसार राज परिवारले मौसमको अनुकुलतानुसर फुर्सादमा मनाउने चाड भएर पनि ग्याल्पो लोसार भनेको हो भन्ने जनश्रुति पाईन्छ । काठमाण्डौंमा रहने शेर्पाहरुले पनि ग्याल्वो लोसार नै मान्दै आएकोछ ।
लोसार कसरी मनाईन्छ ?
आउन लागेको लोसार को स्वागत्को लागि निकै जमर्को गर्नु पर्ने हुन्छ । लोसार पर्व शुरु हुनु २०र२५ दिन अघि नै कुनै तिथिमा शुभ दिन पारेर गमलामा गहुँ, उवा, मकै आदिको “च्याङवा” टुसा उमार्ने हेतुले (जमरा) राख्ने परम्परा छ । त्यसपछि लोसारमा खाने जाँड र अन्य सरसमनहरु रुजु गरिन्छ । लोसार आउन हप्ता÷दश दिन बाँकि हुँदै घरमा आउने पाहुन र परिवारले लोसारमा खाने खाप्सा (एक प्रकार)को रोटी तयार पारेर चाङ्का चाङ् थुपारेर राख्ने चलनछ । त्यसपछि घर रंगाउने र परिवारको सदस्यहरुलाई नयाँ लुगा खारित गर्ने र सिलाउने काम गरिन्छ ।
ञिश्यू गु अर्थात कृष्णपक्षीय चतुर्दशीको दिन अर्थात् चन्द्रमास पात्रो अनुसार बाह्रौ महिनाको उनन्तिसौं दिनमा घर आँगन र पानीको मुहानहरु सफा गर्ने काम हुन्छ । घर भित्र झ्यालको पर्दाहरु फेर्ने र सबैतिर सफा पारी फोहोरलाई पुर्णरुपमा व्यवस्थापन गर्ने कार्य सकाइन्छ । यो दिनमा बेलुका जान लागेको बर्षलाई धन्यवादको साथ विदाई गर्दै कार्यक्रममा विभिन्न किसिमका फलफूल, खाप्सा र च्याङ्वा बुद्ध प्र्रितमा अगडि सजाएर पुजा गर्छन् र “गु थुग्पा ” खाने परम्पराछ । गु थुक नौ किसिमको विभिन्न परिकार र सामाग्रीहरु मिसाएर विषेश तरिकाले तयार पारेको साँस्कृतिक महत्व बोकेको शेर्पा परिकार हो । घरको जहान परिवार सबै एकै ठाउँमा जम्मा भई रमाइलो गरी गु थुग्पा खाइन्छ । यो दिन घरको भित्ताहरुमा चाम्वा र न्वानी घ्यूले बुद्ध सँस्कृतिमा आधरित चिन्हहरु कोर्ने र लामा अक्षरमा ༄།།བཀྲ་ཤིས་བདེགས་ཕུན་སུམ་ཚོགས། ༄།།ཏེང་དུ་དེ་བ་ཐོ་ཕར་སཤོཁ། इत्यदि लेख्ने चलनछ ।
छेवा चिक अर्थात् नयाँ सालको १ गते विहान सबेरै पानीको मुहानमा गई नुवाइ दुवाइ गरेर पानीको मुहानलाई धुपबात्ती गरी नागको पूजा गरेर पानीको धारालाई पनि काग्र्येन लगाएर मुहानबाट चोखो÷ताजा पानी ल्याएर क्ष्युछाङ्हरु भरि भरि पानी भरेर देवतालाई शुद्ध पानी चढाई यो बर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गर्छन् । र त्यही ताजा पानीबाट ड्रशिल, सु च्या र छयाङ्ग्योल तयार पर्छन् । त्यसपछि चाम्बामा घ्यू, चिनि आदि मिसाएर बनाएको पीठोको परिकार क्षेमर (अमृत) खाने गर्छन् ।
यो दिनमा सबै घरको परिवार जम्म भएर नयाँ लुगा लगाई घरको ठुलाबडाहरुलाई सानाहरुद्धारा कोसेली दिएर आशिर्वाद माग्ने र ठुलाबडाहरुले पनि आफु भन्दा सानाहरुलाई कोसेली दिएर सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै आशिर्वाद दिन्छन् । आफ्नो समूहका ठूलाबडा गोम्पा तथा बौद्ध (चैत्य)को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको धुरी र आँगनमा धर्मध्वजा उठाई साङ सेरक्येम (कुलदेवता)को पूजा गर्छन् र पुजा सिद्धिएपछि घरपरिवार सबैले “किकी सोसो ल्हा ग्यल्लो” (देवताको जय, दानवको पराजय) भनि जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यस पछि दोश्रो÷तेस्रो दिनबाट फेरि गोम्पा वा सार्वजनिक स्थलमा सबै आफ्ना मौलिक भेशभूषामा सजिएर भेलाभई ल्हाप्सो एक आपसमा शुभ कामना अदानप्रदान गर्दैे मिठोमिठो खानेकुराहरु खाएर लोसार मनाउने गर्छन् । त्यसपछि शेर्पा समाजमा व्यक्तिगत र सामाजिक रुपमा ठूलो हर्षोल्लासकासाथ १०÷१५ दिनसम्म लोसार मान्ने परम्परा छ ।
शेर्पाले जस्तै तामाङ, गुरुङ ह्योलमो र भोटेहरुले पनि हर्ष बडाई गरी यो लोसार चाड मान्दछन् । ज्योतिषशास्त्र र भौगालिक बस्तुस्थिति अनुसार पुष महिनाको शुक्लपक्षको परेवा तिथिबाट नयाँ बर्ष लागेको हुन्छ । नयाँ बर्षको मतलव चन्द्र, सूर्य र अन्य ग्रह नक्षत्रहरु दक्षिण तिर जाने क्रम सिद्धिएर उत्तर तिर फर्केको हुन्छ । यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी किरा फट्याङ्ग्राहरु पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन् भन्ने जनविश्वास छ । त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा लोसार मान्ने गरेको हो । वास्तविक बस्तुस्थिति यस्ता हुन् तापनि शेर्पा समाजले (छयोठुल दुछेन) फागुणमा बुद्धले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेका छन् ।
गु थुगमा तयार पर्ने तरिका
समग्रीहरु:
१) मासु, २) मैदा, ३) गाउको चिउरा, ४) मुला, ५) केराउ, ६) मेथीको पात ७) नुन, ८) खोर्सानी ९) छुर्पी
मासु नखानेहरुले बिन मासु पनि गु थुक बनाएर खाना सकिन्छ । मैदामा अन्डा राखेर मुज्दा गु थुग जनै राम्रो र स्वदिलो हुन्छ ।
मैदाको डल्लोभित्र राखिने वास्तु र प्रतिमाहरुको अर्थ:
ऊन = कोमाल हृदयको व्यक्ति
कोईला = चिसो हृदयको व्यक्ति
खोर्सानी = रिसालु व्यक्ति
मरिच = मूर्ख व्यक्ति
केराउ = कुटिल व्यक्ति
नुन = अल्छी व्यक्ति
धागो = परिवार अमैत्री व्यक्ति
ढुङ्गा = कँजुस व्यक्ति
सिसा = नाजुक व्यक्ति
जुन र घामको प्रतिमा = महिमा र खेतीवाल व्यक्ति
नानीबोकेको आमाको प्रतिमा = अगिल्लो जम्माको कर्म बोको व्यक्ति
लामाको प्रतिमा (तोरमा) = इमानदार व्यक्ति
डामारुको प्रतिमा = दुई जिप्रे मान्छे
इत्यादि
माथिको सामग्रीहरु मैदाको डाल्लोमा पोका पारेर पकाउने र सबै परिवारको सदस्यहरु एकै ठाउमा बसेर भागमा परेको बस्तुहरुमा व्यक्तिको चरित्र चित्रण गरी रमाइलो गर्दै खाने चलनछ ।
२. फङ्गी
पहिला पहिला “भदौ महिना तिर ‘उल’ नामक तारा उदय हुँदा खोलामा बारम्बार नुहाउने र त्यसबेला सुँगुरको मासु खाने गर्दा शरिरको रोग जान्छ” भन्ने गरेको पाईन्थ्यो तर आजकल यो दिवसमा भोजभतेर गर्ने र मनोरञ्जन गर्ने चाडको रुपमा मनाउने गरेको देखिन्छ ।
३. खङ्क्ष्याङ्÷थोग्क्ष्याङ
यसको शाब्दिक अर्थ घरको भोज भन्ने हुन्छ । नयाँ घर निर्माण अथवा किनेको नयाँ घरमा प्रवेश गर्ने शुभ अवसरमा भोज भतेर गर्दा खङ्क्ष्याङ् वा थोग्क्ष्याङ् कितु भनिन्छ । त्यस उपलक्ष्यमा आफन्त र छरछिमेकीहरुबाट प्रदान गर्ने उपहारलाई पनि खङ्क्ष्याङ् अथवा थोग्क्ष्याङ कितु नै भन्ने गरिन्छ । शेर्पा घर गाउँमा परम्परागत रुपमा मनाइने पर्वोत्सवमा प्रत्येक घरको एकजना सदस्यलाई मान मनितो गरेर खानपान गराउने चलन छ । एक माना जति चामलको भात अट्ने डबकोमा भात हालेर डबकोको डाम निस्किने गरी खाँदेर भात दिने र निम्न स्तुति पाठ गरेर चिय र छ्याङ दिने चलन छ । गाउँमा जुन चाड पर्व मनाउँदा पनि प्रत्येक घरको एकजना सदस्यलाई नविराई जलपान वितरण गर्ने यो थितिलाई ट्वाङ्ङाल तोङगु भनिन्छ तर आजकल यो थिति त्यति गरेको देखिँदैन ।
क्ष्यो ग्याकर पेनछेन प्हेला कठिन् क्ष्ये ।
पेमा ज्युङ्न्या कुला द्याटोङ मेद् ।
दँत ल्होनुब सिन्पोइ खाने ज्यु ।
ओग्र्यन रिन्पोछे ला छ्योपा बुल ।
४. टिब सोल्लु÷खसोल्लु
पहिले पहिले शेर्पाहरु आय आर्जन गर्न टाढाको यात्रामा गएर आफ्नो घरमा फर्केपछि परदेशमा अशुद्ध भएको भन्ठानी गाउँको ठूलो लामाकोमा गइ दान भेटी राखि प्रसाद मूलक शुद्ध जल ग्रहण गरी, आफूले लगेको कोसेली (चिया छ्याङ) लामालाई चढाइन्छ र लामाले दिएको आप्सा आफूले खाएपछि शुद्ध भएको मानिने थितिलाई टिब सोल्लु वा खासोल्लु भनिन्छ । पहिले पहिले शेर्पाहरु अरु जातिको मानिससँग गोलमाल नगर्न धेरै सचेत भइ बस्ने गरेका छन् । स्त्रीहरु विजातिसँग गोलमाल भई छुटेर आएपनि यही नियम गरिन्छ । त्यस्ता हुन तापनि आजकल यो चलन गरेको देखिँदैन ।
Comments
Post a Comment