Skip to main content

सबै मानिस शाहाकारी हुन सकेमा ७० लाखका दरले मृत्युदर घट्छ–अनुसन्धान




बीबीसी,१९ साउन । यदि सन २०५० सम्म संसारका सबै मानिस शाहाकारी हुन सकेमा प्रत्येक वर्ष ७० लाखका दरले मृत्यु दर घट्ने विभिन्न अनुसन्धानकर्ताहरुलाई उद्धित गर्दै बीबीसीले जनाएको छ ।  अझ त्यसमाथी जनावरसँग सम्बन्धित उत्पादन खान पूर्णबन्देज लगाउने हो भने त झन्  मृत्युदर हरेक वर्ष ८० लाखका दरले कम हुने छ । अक्फोेर्ड मार्टिन  कुल फ्युचर अफ फूड प्रोग्रामका एक अनुसन्धानकर्ता मार्को स्पिग्म्यानका अनुसार खाद्य सामाग्रीसँग सम्बन्धित उत्सर्नजनमा ६० प्रतिशतले कमि आएको छ । भन्नको मतलव हामीले मासुजन्य पदार्थ नै बढी खाइरहेका हुन्छौ,र उत्सर्जन पनि । कतिपय देशहरुमा पशुपालन त्याहाँको मुख्य पेशा र संस्कृतिका रुपमा रहेको र मासु बढि खाने देशका रुपमा परिचित रहेका छन् । जस्तो की अफ्रिकाका धेरै जसो स्थानका मानिसको दिनचर्या पशुपालन तथा तिनैको मासु खाएर बित्ने गरेको छ । त्यहाँ मासु खान हुदैन भन्दा उनीहरुको संस्कृती नै खतरामा पर्ने विशेषज्ञहरु बताउँछन् । संसारमा यस्ता समुदाय छन् जस्को बिहे तथा विभिन्न प्रकारका उत्सवमा मासु उपहार दिने  चलन रहेको हुन् । जस्का कारण पनि संसार शाहकारी बनाउने भन्ने कल्पना मात्र हुन सक्दछ । एक अनुमानका अनुसार विश्वभरका दुई अरब मानिस कुपोषित छन्,अन्न बाहेक शरीरलाई पोषण पुर्याउनका लागि मासु पनि प्रमुख तत्व भएपनि यसको विकल्प खोज्न सकिने र खोज्नै पर्ने बेला आएको अनुसन्धानकर्ताको भनाई छ ।   

Comments

Popular posts from this blog

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’