Skip to main content

Posts

सगरमाथामा पहिला पुग्ने नौ जना शेर्पा सम्मानित

जेष्ठ १७ । नवौ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसर पारेर आइतबार पर्यटन बोर्ड र पर्वतरोहण संघले राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो । दुइ साता अगाडि सबैभन्दा पहिले सगरमाथाको चुचुरोमा पुगेका नौजना शेर्पाहरूलाई सम्मान गरियो । प्रधानमन्त्री केपी शर्मा ओलीले जनही पचास हजारसहित सम्मान गरियो । सम्मान पाउनेमा पासाङ तेन्जिङ शेर्पा, आङ पेम्बा शेर्पा, ग्याल्जेन दोर्जी शेर्पा, पासाङ दोर्जी शेर्पा, निङ्मा छिरी शेर्पा, मिग्मा छिरी शेर्पा, सेरा ग्याल्जेन शेर्पा, लाक्पा छिरी शेर्पा र मिंगा ठिन्ड’ शेर्पा छन्  । नौ जना शेर्पाहरु एकैसाथ अन्य आरोहीहरुका लागि बाटो बनाउदै सगरमाथाको शिखरमा पुगेका थिए । उनीहरुले बाटो बनाएपछि मात्र अन्य आरोहीहरु सगरमाथा चढेका थिए । राजधानीमा आइतबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उनीहरूसहित बाटो खोल्न सघाउने अन्य चार वटा कम्पनीलाई पनि सम्मान गर्दै सगरमाथा अंकित नयाँ हुलाक टिकट अनावरण गरेका छन । यस वर्षको वसन्त कालमा ४ सयभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । भूकम्प र त्यस अघिको वर्ष हिमपहिरोका कारण दुई वर्ष सगरमाथा आरोहण हुन सकेको थिएन । यस वर्ष वैशाख ...

Two sherpa Nepali women atop Mt Everest as summit push continues

The only female high-altitude worker Maya Sherpa has successfully climbed the world’s highest peak becoming the first Nepali woman to climb Mt Everest from Nepal side this spring season, while  Lhakpa Sherpa , an avid female climber, has also set a world record by summitting the mountain seven times from the north side on Friday. Shiva Bahadur Sapkota, a liaison officer, said that 36-year-old Maya, who is also the president of Everest Summiteers’ Association, stood atop the Mt Everest at around 7:00 am along with a team of climbers managed by Seven Summit Treks. Maya also holds the record of the first  Nepali woman to climb Everest from both the sides.

शेर्पाले सातौँ पटक सगरमाथा आरोहण गर्दै

सङ्खुवासभाकी ल्हाक्पा शेर्पाले सातौँ पटक सगरमाथा आरोहण गर्दै सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने विश्वकी पहिलो महिला बनेकी छन् । यसअघि आफ्नै नाममा रहेको छ पटक आरोहणको रेकर्ड तोड्दै शेर्पाले आज बिहान ५ बजे सगरमाथाको सफल हारोहण गरेकी हुन् । उनले सफल आरोहण गरेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिय ।

तेन्जिङ नार्गेका छोरा भन्छन्-सगरमाथामा ‘तमासा’ भइरहेको छ

तेन्जिङ नार्गे शेर्पा जीवितै भएको सर्वोच्च शिखर सगरमाथामा अहिले भइरहेको गतिविधि बारे के सोच्थे होला ? सागरमाथामा पहिलो पटक पाइला टेक्ने तेन्जिङले के भन्लान् भन्दा हुन् भन्ने त थाहा पाउन सकिँदैन । तर, उनका छोरा भन्छन्, बुबा खिन्न हुन्थे ।’ सगरमाथा आरोहणका नाममा अहिले जे भइरहेको छ, नोर्बु त्यसलाई तमासा भन्छन् । उनका अनुसार शेपाहरुले पैसाका लागि आफ्नो जीवन जोखिममा राखेर आरोहीहरुको विलाशिताका सामानहरु बोकिरहेका छन् । ‘गत साता नौ नेपाली शेर्पाले बाटो बनाउन सगरमाथाको सफल आरोहण गरे’ नोर्बुले  एनबीसी  न्यूजसँग भनेका छन्, ‘उनीहरुको ‘ग्राहक’हरुले आइसफल पास गर्नुपर्छ । त्यसपछि कफी पिउँदै सगरमाथा चढ्छन् ।’ उनका बुबा तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमन्ड हिलारीले सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेका थिए । तेन्जिङका छोरा नोर्बु अहिले अमेरिकामा बस्छन् र उनी अमेरिकम हिमालयन फाउन्डेसनका उपाध्यक्ष पनि हुन् । उनले भने, ‘उनीहरु (शेर्पाहरु)ले कफी मेसिनदेखि टीभी सेटसम्म बोकेर हिमाल चढ्छन् । र, जोखिमपूर्ण छ ।’ उनले अघि भने, यदि मेरो बुबा जीवित हुनु भएको भए सगरमाथामा भइरहेक...

बोधिचित्त मालाको परिचय

बोधिचित्त मालाको परिचय  ============================================= बोधिचित्त एक जिजिपस जातीमा पर्ने नया प्रजाति जिजिपस वुद्धेन्सिस् हो । यसलाई स्थानीय भाषामा वुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ । बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) बुद्ध धर्मालम्बी ,तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति गर्ने जमात गएको सिजनमा उच्च भयो , यसलाई सौख र केहि आम्दनी लिन को लागि गमलामा पनि रोप्न सकिन्छ | बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो | भारत मा भएको बौद्द सम्मेलन प्रस्चात लोकप्रिय हुन पुगेको बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया , सिंगापुर आदि देशमा पनि उच्च नै रहेको छ | ===============...

बौद्ध धर्मगुरु रिन्पोछे भन्छन्ः ‘हिरामोती, सुनचाँदी ढुंगा हो, पैसासैसा कागज हो।’

‘जन्मदेखि मृत्युसम्मै हामी धनसम्पत्ति, नामइज्जत, परिवारकै पछि कुदिरहन्छौं, यसमा अलिकति तलमाथि भयो भने हाम्रो मन दुख्छ, चित्त दुख्छ’, रिम्पोछेले मधुरो स्वरमा भने, हलुकैसँग रिम्पोछेले यसरी भने मानौं धनसम्पत्ति, नामइज्जत, परिवार भनेको केटाकेटीको बेलुन हो, अथवा पानीको फोका । सारा संसार यसकै पछि कुदिरहेको छ, रिम्पोछेमा भने यीप्रति कस्तो उपेक्षा? धनसम्पत्ति र नामइज्जतको पछि नकुदे केको पछि कुद्नु त हामी जीवनभर ? … असी वर्ष काटिसकेका भिक्षु कृष्णमानको निम्ता टार्न नसकेर म एकाबिहानै छुकी निमा रिम्पोछेलाई सुन्न बौद्धको सेतो गुम्बा पुगेको थिएँ । लामो समय अमेरिकी लाइब्रेरीमा काम गरेका भिक्षु कृष्णमान जीवनको उत्तराद्र्धमा पनि फुर्तिला छन् । जीवनभरि कर्मलाई सँगै डोहोर् याएका उनी बल्ल भिक्षु जीवनको अनुभव गर्दैछन् र घरपरिवारबाट टाढा बसेर यसमै रमाएका छन्। रिम्पोछेको त कुरै बेग्लै ! हाडमासुले बनेको उनको शरीर ज्ञानको अनुभूतिले आभापूर्ण छ। अनुहारमा सधैं झल्किने बालसुलभ मुस्कानले उनी दुर्बोध्य र असहज लाग्दैनन्। कदकाँठी सानो छ तर दिमागमा अनुभूतिजन्य ज्ञानको निकै शक्तिशाली चिप्स जडेको छ...

शेर्पा गुम्वामा विविध पूजा भव्य

बार्षिक रुपमा आयोजना हुने माणिरुम्डु तथा डुम्जी पूजा यहाँस्थित शेर्पा सेवा केन्द्र बौद्धमा सम्पन्न भएको छ । विभिन्न जिल्लाका शेर्पा, बुद्धिष्ट समुदायको आयोजनामा एक साता लामो पूजा सम्पन्न भएको हो । डुप्छेनका साथै विभिन्न पूजा सहित कार्यक्रम सम्पन्न भएको आयोजक मध्येका आङ दावा शेर्पाले जानकारी दिए । ओखलढुंगा भूसिंगा गाविसस्थित किल्खोरदिङ साङदोक पलोरी गुम्बाका लामा गुरु ङावाङ राङडोल रिन्पोच्छेले विभिन्न विधि प्रयोग गरी पूजा सञ्चालन गरे । १)सर्वप्रथम मण्डला तयार गरी डुप्पुर नामसुम अर्थात त्रीसाधना भन्ने पुस्तकमा आधारित भई पूजा गरिन्छ । २)मनिरील्डुप्को सिद्धान्त अनुसार अवलोकीतेश्वरको मन्त्र ओम मानी पद्यमे हुम् भन्ने नटुटीकन जब सम्म डुप्छेन सकिँदैन तब सम्म २४ घण्टा निरन्तर रुपमा जप्ने गरिन्छ । २०७२ चैत्र ५ गतेको दिन गुरु लामाको आज्ञ अनुसार माने तोङ्ग्युर र जप गर्ने भएको हुँदा सम्पूर्ण बौद्धधर्मवलम्बी भक्तजनहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध छ । ३) डुप्छेन पूजाको अन्तिम दिन सम्पूर्ण भक्तजनहरुको निम्ति आयुको अभिशेष प्रदान गरिन्छ । ४)जिन्दाकहरु लगायतका सम्पूर्ण प्राणीहरुको ग्र...