Skip to main content

Posts

“ओ मा नी पद् मे हुँ ” को अर्थ र जप गर्दा हुने लाभहरु

ओ   शब्दले देवलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । देवताहरुको कष्ट आफ्नो मृत्यु पछि देवलोकबाट आफु पतन हुने कुरा अन्तर्ध्यानद्वारा पहिले नै थाहा पाउने कष्ट हो । यो कष्ट घमण्ड गरेबाट उत्पन्न हुन्छ । मा   शब्दले असुरलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । असुरहरुको कष्ट निरन्तर लडाई, झै झगडा गरिरहनु पर्ने कष्ट हो । जति लडाइ गरेपनि पुण्य कम भएको कारण उनीहरुको कहिल्यै जीत हुदैन । यो कष्ट इष्र्या गरेबाट उत्पन्न हुन्छ । नी   शब्दले मनुष्यलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । मनुष्यको कष्ट जन्म, रोग ब्याधा, बृद्घ अवश्था र मृत्यु हुनुको कष्ट हो । यो कष्ट अभिलाषा गरेबाट उत्पन्न हुन्छ । पद   शब्दले जनावरको लोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । जनावरको कष्ट मुर्खता, एकअर्कालाई मारेर खानुपर्ने, मानिसद्वारा मासु तथा छालाको लागी मारिनु पर्ने र भारि बोकेर जीवन बिताउनु पर्ने कष्ट हो । यो कष्ट अज्ञानता बाट उत्पन्न हुन्छ । मे शब्दले भोको प्रेतलोकमा पुनर्जन्म लिनुपर्ने कष्टको ढोका बन्द गर्दछ । ...

मृत्यु संस्कारमा के गर्नुपर्ने र के गर्नु नहुने ?

आज हामीहरु चौरासी हजार प्राणीहरु मध्यए अठार लक्षणलेयुक्त सर्वश्रेष्ठ मानव जीवन प्राप्त भएको हाम्रो शास्त्रले प्रस्ट्याएको छ । यो अमुल्य जिवन पाएर आज कुशल मार्गको चिन्तन मनन् र त्रीरत्न प्रती शरण गमन गर्न सकिएन भने, “पछि बिउ बिनाको फलको आश कसरी गर्ने ? आज दु:ख लाग्दो कुरा के देखा परेको छ भने लामा (छेढोग) र जजमान (जिन्धाग) हरुमा धर्मको बिषयलाई लिएर साधारण ज्ञानको बोध हुन सकेको छैन । खासगरी हाम्रो पुर्खाहरुले आफ्नो धर्म भित्रको सार अर्थ नबुझेर धेरै कुराहरु गल्ती गरेको छ जस्तै:- मृतक कार्यहरुमा पनि लासलाई सिन्दुरले पहिरिने र लासको अघि-अघि, खुकुरी देखाउँदै लाने, लासको अगाडी खुकुरी रख्ने,मृतकको नाम गरेर नुन तेल बार्ने, केश खौरने, छोपो ओढ्ने, माना चामल तर्पिने, घेवा नसकुन्जेल कुखुराको मासु, माछा,बार्ने, लास लादा लाम्तेन भनेर सेतो कपडा लामो तन्कएर लाने, बेलुका लास रुङ्ने भनेर तास जुवा खेलेर हल्ल गरि बस्ने, पछि घेवा गर्ने बेलामा पनि फेरि घर देखि (घेवा ब्राङ) डाजङ सम्म लास लगेको जस्तो गरि शिव घुर लाने, मरेको मान्छेलाइ छुट्टै खाना भनेर एक माना चमालको भात पहेलो बनएर त्यस माथी कुखुराको फुल राखी ...

अशिक्षितलाई जति गाह्रो शिक्षितलाई हुँदैन : याङकिला शेर्पा

पूर्व पर्यटन राज्यमन्त्री तथा वरिष्ठ पर्यटन व्यवसायी  याङकिला शेर्पा पर्यटन ब्यबसायीहरुले याङकिला शेर्पालाई पर्यटन क्षेत्रको पर्यायको रुपमा लिन्छ यसलाई तपाईले कसरी लिनु भएको छ ? मेरो लागि यो ठुलो कुरा हो मैले जब ट्रेकिङ सुरु गर्दा खेरि महिलाहरु धेरै ब्यबसायी तथा उद्यम क्षेत्रमा सक्रिय थिएनन् । मैले १९८० देखि यो काम सुरु गरेर अहिले सम्म यो कार्र्य गरिराखेको छु । बिचमा धेरै उतार चढाव आइ नै राखे । ब्यबसाय सुचारु रुपमा गर्न त्यति सजिलो त छैन तर पनि म अहिले सम्म निरन्तर लागि रहेको छु । कसरी पर्यटन मार्फत् देशको अर्थतन्त्र सुधार्न सकिन्छ, धेरै भन्दा धेरै रोजगार दिन सकिन्छ, साथै आफैलाई पनि यो पर्यटन उद्योग उचित ब्यबसाय लागेको हुनाले म यो क्षेत्रमा निरन्तर क्रियाशिल भएको हो । यो क्षेत्रमा आफ्नो रुचि भएकोले पनि साथै अरु पर्यटन ब्यबसायीहरुले मान्यता दिएकोमा पनि म ज्यादै खुशी छु । ओलान्चुक गोला देखि सिंहदरबार सम्म आईपुग्दा तपाईलाई सम्झन लायक कुरा र त्यस बिचमा तपाईलाई पर्यटन क्षेत्रमा लाग्नको लागि के कुराले प्रेरणा ग¥यो ? म ओलान्चुक गोलामा जन्मिएर काठमाडौँको सिंह दरबारभित्र सम्म छिर्न...

गुम्बाको द्वारमा पाँच भागको सिपीखोर्लो (भावचक्र) किन राखिन्छ ?

यो संसाररिक ६ लोकको दु:खको भाव सागरबाट नउम्काउने हुँदा यस जीवनरुपी जहाजको डोरी काटेर अर्को पुनर्जन्मको सुख प्राप्त गर्ने कोसिस गर्नु पर्दछ। यसको लागि दक्ष गुरुको आज्ञा पालान गरी  धर्म ज्ञान लिनु भई जीवनसंग सम्बन्धित नाता,गोता, इष्टमित्र, धन सम्पतीको माया मोहमा नफसी खाना र लाउन जति पायो त्यतिले नै सन्तोष मानी सदधर्मको मात्र साधना गर्नुपर्छ । पहिले नन्दले आफ्नो स्वास्नी संग मन खुशी हुनु नचाहने र धर्म अभ्यासबाट टाढा भाग्ने प्रयास गर्दा बुद्ध भगवानले नन्दलाई हिमवत् पर्वतमा लगि त्यहाँ  एक आँखे बाँदर्नीलाई  देखाएर तिम्रो स्वास्नी र यो बाँदर्नीमा कुन राम्री छिन् भन्दा मेरो स्वास्नी नै हजार  गुना  राम्री छिन् भने  र बुद्धले त्यसो भए तिमी देवलोकमा हिड्नु भनेर लानु भयो । अनि फेरि बुद्धले देवलोकको देवपुत्रीलाई देखाएर तिम्रो स्वास्नी र देवपुत्रीमा कुन राम्री छिन् भनेर सोध्दा मेरो स्वास्नी भन्दा देवपुत्री नै हजार गुना  राम्री छिन् भने । नन्दले आफ्नो स्वास्नी भन्दा देवपुत्री राम्री देखेर मन प्रव्रजित भए  र देवलोकमा जन्म लिनु इच्छा गरे । बुद्धले अब...

ज्याडृल साङ्गे दोर्जे रिन्पोछेको जीवन कथा (छोटकारी)

धेरै ठुलो जनसङ्ख्या भएको गाउँमा एक जना बुढी  आमा हुनुहुन्थ्यो । गाउँको नाम ञ्यारोङ थियो , जो चाही तिब्बतको खाम भन्ने ठाउमा पर्थ्यो । वहाँको  आमाको तीन भाइ  छोराहरु थियो | ती तीन भाइ मध्ये  सबै भन्दा सानो  छोराको नाम साङ्गे दोर्जे थियो। वहाँ  ८  बर्ष उमेरको हुनुहुन्थ्यो । एकदिन ङिङ्मा सप्रदायको काथोग गोन्पोको  चावाइ लामा खेन्पो ङागा, खास वहाँको नाम ग्याल्से पेमा लेन्डे चाल हुनुहुन्थ्यो। वहाँ  काथोगको धेरै ठुलो सिपालु,धेरै ज्ञान भरिपुर्ण भएको खेन्पो हुनुहुन्थ्यो | वहाँको  गाउँमा आउनु भएको थियो र वहाँ  बुढी  आमाले आफ्नो सानो  छोरा साङ्गे दोर्जेलाई काथोग गोन्पोमा डाबा बनाउछु, तपाईंको चेला बनाउछु भनेर खेन्पोलाई श्युशी गर्नुभयो र खेन्पोले खुशिको साथ हुन्छ भन्नू भयो, सायद  राम्रो छ, राम्रो ज्ञानी रहेछ भनेर गोन्पोमा लानु भयो | काथोग गोन्पोमा  हिडेर पुग्नु ४ / ५ दिन लाग्थियो  | गाडीको केही ब्यबस्था थिएन | याक, खचर, घोडामा चाम्पा, घिउ खाने कुराहरु बोकाएर गोन्पोमा पुराउनु भयो ।  काथोग ज्ञान सबै सिकाउछु भन...

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

बौद्ध शोकसिङ ठड्याइयो,बौद्ध धर्ममा शताब्दियौंको अन्तरमा मात्रै हेर्न पाउने दृष्य

१७ कार्तिक  २०७२ बुद्ध धर्म परम्परामा शताब्दियौंको अन्तरमा मात्रै हेर्न पाउने दृष्य मंगलबार राजधानीको बौद्धमा देखियो । भुकम्पले भत्काएको बौद्धनाथ स्तुपाको मुख्य मेरुदण्ड शोकसिङ ५ सय भन्दा बढि बौद्ध गुरुहरुको उपस्थितिमा प्रतिस्थापन गरिएको हो । कुनै पनि स्तुप वा छ्योर्तेन निर्माण तथा पुर्ननिर्माणमा प्रतिस्थापन गरिने शोकसिङ हेर्न सयौं बर्ष पर्खिनुपर्ने हुन्छ । ‘यो विरलै हेर्न पाउने अवसर हो’ बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पुर्णकुमार लामाले भने, ‘त्यही भएर यसलाई महोत्सवकै रुपमा लिइन्छ ।’ संस्कृतमा ‘एस्ती दारु’ भनिने शोकसिङ परम्परा निकै पुरानो हो । लामाका अनुसार स्तुपाको मुख्य मेरुदण्ड मानिने शोकसिङको एक महिना अघिदेखि नै तयारी थालिन्छ । स्तुपको भित्री प्राण मानिने यो अग्राखबाट तयार हुन्छ । झापाबाट ल्याइएको १६ फिट अग्लो अग्राखलाई शोकसिङ बनाएर प्रतिस्थापन गरिएको लामाले बताए । ‘चारैवटा बौद्ध सम्प्रदायका गुरुले तिन हप्ता पुजा विधि गरेपछि मात्रै शोकसिंङ तयार हुन्छ’ लामाले भने, ‘यसपछि अग्राखको लिंगोमा पञ्चबुद्ध चित्र र सुनको अक्षरबाट पदमसंभवका सुत्रहरु कुँदिन्छ ।’ बौद्ध स्तु...