धेरै ठुलो जनसङ्ख्या भएको गाउँमा एक जना बुढी आमा हुनुहुन्थ्यो । गाउँको नाम ञ्यारोङ थियो , जो चाही तिब्बतको खाम भन्ने ठाउमा पर्थ्यो । वहाँको आमाको तीन भाइ छोराहरु थियो | ती तीन भाइ मध्ये सबै भन्दा सानो छोराको नाम साङ्गे दोर्जे थियो। वहाँ ८ बर्ष उमेरको हुनुहुन्थ्यो ।
एकदिन ङिङ्मा सप्रदायको काथोग गोन्पोको चावाइ लामा खेन्पो ङागा, खास वहाँको नाम ग्याल्से पेमा लेन्डे चाल हुनुहुन्थ्यो। वहाँ काथोगको धेरै ठुलो सिपालु,धेरै ज्ञान भरिपुर्ण भएको खेन्पो हुनुहुन्थ्यो | वहाँको गाउँमा आउनु भएको थियो र वहाँ बुढी आमाले आफ्नो सानो छोरा साङ्गे दोर्जेलाई काथोग गोन्पोमा डाबा बनाउछु, तपाईंको चेला बनाउछु भनेर खेन्पोलाई श्युशी गर्नुभयो र खेन्पोले खुशिको साथ हुन्छ भन्नू भयो, सायद राम्रो छ, राम्रो ज्ञानी रहेछ भनेर गोन्पोमा लानु भयो |
काथोग गोन्पोमा हिडेर पुग्नु ४ / ५ दिन लाग्थियो | गाडीको केही ब्यबस्था थिएन | याक, खचर, घोडामा चाम्पा, घिउ खाने कुराहरु बोकाएर गोन्पोमा पुराउनु भयो । काथोग ज्ञान सबै सिकाउछु भनेर खेन्पोले भन्नू भयो | सबै भन्दा पहिले लोङ्छेन ञिङ्थीकको ङोन्डो बस्नुपर्छ। ङोन भनेको पहिला,अगाडी र डो भनेको जानु वा शुरु भनेको हो । जस्तै धर्मको जग शुरु गर्नु हो। ङोन्डो भित्र क्याब्डो, सेम्के, हिग्या,मेन्डल र लामे नाल्ज्योर (गुरु योग) गर्नुपर्छ। पहिला क्याब्डो १ लाख ११ हजार १ सय १ , सेम्के १ लाख ११ हजार १ सय १ , हिग्या १ लाख ११ हजार १ सय १, मण्डल १ लाख ११ हजार १ सय १ र गुरु योग १३ लाख गर्नुपर्छ भन्नू भयो । यो सबै गर्नु १८ / १९ महिना लाग्छ | यस ङोन्डोलाई १४ पल्ट बस्नुपर्छ भन्नू भयो, एक पल्टमा १८ महिन लाग्छ भने १४ पल्टमा १८×१४= कति हुन्छ ? सायद यो सबै कोर्स सक्दा वहाँ २० बर्षको उमेर पुग्नु भएको थियो ।
८ बर्ष देखि शुरु गर्नु भएको हो । वहाँको गुरु खेन्पो ङागाले ११ पल्ट ङोन्डो गर्नु भएको रे तर रिन्पोछेले १४ पल्ट बस्नु भएकोमा गुरु धेरै खुशी हुनुभयो । १४ पल्ट बस्ने अहिले सम्म कोहि छैन भनेर सबै अचम्म भएको थियो रे । वहाँले बस्नु भएको बेलामा नै सबै पुस्तक लेख्ने, पढ्ने, सामग्रीहरु बनाउने र बजाउने सिकि सक्नु भएको थियो। ङोन्डो बस्नु हुँदा बिहान ३ बजे उठ्नु भएर ६ बजे सम्म ध्यान, त्यसपछि साङ सेर्केम गरेर फेरि ८ बजे देखि ११बजे सम्म ध्यान । अनि ११ देखि १ बजे भित्र खाना खाने, लुगा धुने, नुहाउने गर्नु भएर १ बजे देखि ३ सम्म ध्यान र ३ देखि ४ बजे बीचमा कुलको पुजा सुर र बेलुकाको खाना खानु भएर ५ बजे देखी राती १० बजे सम्म ध्यान, त्यसपछि च्योइ मोन्लामहरु गर्नु भएर ११ बजे सुत्नु हुन्थ्यो। यो सिल सिला हरेक दिन चलिरहन्थ्यो ।
त्यस बेला कसै संग भेट्नु र बोल्नु पाउदैन थियो । खाने कुराहरु चाम्पा घिउ बाहेक अरु केही पाउदैन थियो। त्यसपछि हिमाल जस्तो चिसो ठाउँमा जानु भएर तपश्य गर्नु भयो । वहाँले धेरै ज्ञान, बिद्या पाइसक्नु भएको थियो |आफ्नोमा भएको अहङ्कार, लोभ,रिस,डाहा, घमण्ड जस्ता क्लेशहरु छोड्नु भएको थियो र शरीर,मन र वचन शुद्ध गर्नु भएको थियो । वहाँले तिब्बतेन दबाइ, जडीबुट्टी,डाक्टरको काम, थाङ्गा आर्ट, माने छ्योइतेन बनाउनु, गोन्पो बनाउने, शङ्दोपरी बनाउने सबै ज्ञानहरु पाइसक्नु भएको थियो ।
त्यसपछि रिन्पोछे तिब्बतको ञिङ्मा काथोगको सबै भन्दा पुरानो गोन्पामा स्कुलमा जानु भयो । त्यहाँ शेरा खाडोलाइ ज्याल्सी गर्नु भयो । शेरा खाडो देविहरुको पनि महान शक्ति र ज्ञान भएको डागिनी देवि हुनुहुन्थ्यो | शेता भनेको ठाँउको नाम हो र खडो भनेको देवि हो। वहाँको हातबाट वाङ,लुङ,ठी र सबै ज्ञान लिनु भयो । वहाँ देविलाई धेरै वटा नामले पुकार्ने गर्थ्यो । वहाँ देवि ४९ बर्षमा परिनिर्वाण गर्नु भयो । देविको चेलाहरु मध्ये साङ्गे दोर्जे रिन्पोछे मात्रै अहिलेसम्म रहनु भएको हो ।
त्यसपछि शेरा खाडोको चावाइ लामा दुन्ज्युम लिङ्पाको औतारी दोर्जे डन्डोल धेरै शक्ति ज्ञान भएको रिन्पोछे हुनुहुन्थ्यो । वहाँबाट पनि रिन्पोछेले वाङ,लुङ,ठी र धर्म ज्ञानहरु लिनु भयो। ञिङमा सम्प्रदायको लोङ्छेन ङिङ्थिक, काथोग सिद्धि रिन्पोछे वहाँबाट पनि सबै वाङ,लुङ,ठी धर्म ज्ञान पाउनु भयो । जिग्डल हीशे दोर्जेबाट दुन्ज्युम तेर्साको वाङ, लुङ पाउनु भयो । काथोग सिद्धि रिन्पोछेको औतार टुल्कु अहिले पनि नेपालमा हुनुहुन्छ ।
ज्याडल रिन्पोछेले खेन्पो ङागाबाट, शेरा खाडोबाट, जीग्डल हीशे दोर्जेबाट, दोर्जे डन्डोलबाट र काथोग सिद्धबाट पाएको ज्ञानहरुलाई हिमाल, धेरै ठाँउको डाँडा ओडारहरुमा गुफा बस्नु भएर ध्यान साधान गर्नु भएको थियो । त्यसपछि लास्सामा आउनु भएर दुइज्युम रिन्पोछे संगै धर्म साधानको सहयोग गरेर बस्नु भयो।
त्यसपछि गुरु रिन्पोछेको शास्त्रा भित्र लेख्नु भएको छ कि अब तिब्बतमा राम्रो हुने वाला छैन, ठुलो दश आउने छ, चीनले तिब्बत कब्जा गर्नेछ भनेर लेख्ने भएको ल्हुङ्तेन ज्याडाल रिन्पोछेले अध्यान गर्नु भयो | त्यसपछि भारतमा आउनु भयो । भारतबाट भुटान पारो तक्साङमा जानू भई धेरै बर्ष गुफामा ध्यान बस्नु भयो । त्यहाँ वहाँले धेरै पुस्तकहरु लेख्नु थियो । अनि दोर्जे ठोलोइ को कु बनाउनु भयो।
गुरु रिन्पोछेको आठ वटा स्वरुप छन त्यस मध्ये गुरु दोर्जे ठुलोइ हुन् | गुरु दोर्जे ठोलोइको औतार नै ज्याडल सङ्गे दोर्जे रिन्पोछे हो भन्नू भएको छ । त्यसपछि भारतमा फर्किनु भएर सिक्किम जानु भयो । अनि दार्जीलिङ जानू भयो र त्यहाँ वहाँलाई एउटा गोन्पो चढाउनु भयो | त्यो अहिले पनि छ ।
त्यसपछि रिन्पोछेले आफ्नो चेलाहरुलाई गुफा राख्नु भयो | धेरै ठाउमा गुफा बस्ने ठाँउ बनाउनु भयो | जस्तै -दार्जीलिङमा,सिक्किममा,भुटानमा, नेपालको गोदावरी, फर्पिङ र हेलाम्बु धेरै ठाउमा गुफा राख्नु भयो। नेपालको फर्पिङ गुरु रिन्पोछेले बज्र किलिकिलयको सिद्धि प्राप्त गर्नु भएको ठाँउमा वहाँको गोन्पा बनाउनु भएको थियो | अहिले वहाँ त्यहाँ नै हुनुहुन्छ । वहाँ शेडा कलेजहरु बनाउनु भन्दा छाम गुफा बस्नुमा धेरै जोड गर्नु हुन्थियो किन कि सर्वप्राणी उधारको लागि छाम ध्यान साधान को आबश्यक पर्दछ भन्ने वहाँको भनाइ थियो । कलेज बढेर अलि जान्ने भयो भने घमण्ड धेरै देखाउछ भन्नु हुन्थ्यो ।
वहाँ पहिले देखि नै मासु मंसा खानु हुदैन थियो । वहाँको गोन्पाहरुमा र वरिपरि अहिले पनि कहि कतै मासु मंसा जाड रक्सी चुरोट गर्न मनाही छ। खानु मन गर्नेहरुलाई बाहिर खानु भन्नू हुन्थ्यो । वहाँको सबै भन्दा ठुलो चाहिँ छेथार गर्नु हुन्थ्यो । माछा, परेवा,चराचुरुङ्गी, गाई, खसी,बोका, बाख्रा,भेडाहरुको धेरै जिवान दान गर्नु हुन्थ्यो । बर्षमा एकपटकमा १५ देखि २० लाखको माछा छेथार गर्नुहुन्थ्यो । वहाँ प्राण रक्षा गर्नुमा धेरै रुचि राख्नु हुन्थ्यो। दशैको बेला हजारौं खसी बोका, भेडा बाख्राहरुको जीवन रक्षा गर्नुहुन्थ्यो । हरेक महिनामा आउने बिभिन्न पुन्या तिथिहरुमा छेथार गर्न वहाँको मुख्य उदेश्य नै हो । वहाँले ठुलो ठुलो गोन्पा, गाडी, बङ्लाहरुको इच्छा गर्नु हुदैन थियो। अलिकती पैसा पाउने बित्तिकै छेथार, प्राणीहरुको रक्षाको काममा लाउनु हुन्थ्यो। लामाहरुलाई गुफा बस्नुमा, निउने व्रत राख्नेमा खर्च गर्नु हुन्थ्यो ।
वहाँलाई बैंकमा पैसा राख्ने, पैसा जम्मा गर्ने जस्तो कुराहरु मन पर्दैन थियो। बिदेश जानू राम्रो होइन भन्नू हुन्थियो र वहाँ पनि बिदेश जानू हुदैन थियो | वहाँ तिब्बत, भुटान, भारत र नेपाल बाहेक अरु देश जानू भएन | सबैलाई पनि नजानु भनि उपदेश दिनु हुन्थ्यो । बिदेश गयो भने धर्म नाश हुन्छ, त्यो भन्दा गुफा,ध्यानहरु बसेमा धेरै फाइदा छ भन्नू हुन्थ्यो। वहाँ अरु गर्नु भन्दा छाम,डुबा र ध्यान गरेमा धेरै ठुलो झिन्लाब, आशिर्वाद र ज्ञान पाउँछ भन्नेमा मान्यता दिनु हुन्थ्यो।
वहाँ पहिला भारतको दार्जीलिङ आउनु हुँदा ५२ बर्ष उमेरको हुनुहुन्थ्यो | त्यही बेला खाडो कमला संग प्रेम गरेर बिहे गर्नु भयो । तीन जना छोरीहरु हुनुहुन्छ। अहिले खाडो कमलाको उमेर ७१ पुग्नु भयो भने रिन्पोछेको उमेर १०३ को हुनुहुन्थियो | वहाँमा कुनै किसिमको रोगहरु थिएन | उमेर गएर मात्रै हो, वहाँले जवान हुँदा धेरै ढोक, कसरत, चालुङको अभ्यास गरेको हुनाले वहाँको शरीरमा कुनै रोग नै लागेन । वहाँ आफू यो संसारबाट निर्वाण हुने नहुने आफ्नै खुशी थियो । वहाँ १०३ बर्षको उमेर हुँदा सम्म बिहान बेलुका ध्यान जब, साङ सेर्केम, धर्म पाढपूजा सबै गर्नु हुन्थ्यो।
वहाँलाई धेरै देशहरुबाट भेट्नु ठुलो सानो सबै मान्छेहरु आउथे तर वहाँको उमेर धेरै भएकोले सबै संग भेट्नु असर्थक हुनुहुन्थ्यो। वहाँले भन्नू हुन्थ्यो कि मेरो दर्शन गर्ने हो भने ठुलो देखि सानो सबैले बराबरी हुनुपर्छ, हुनेलाई दर्शन दिने नहुनेलाई नदिने हुदैन | मेरो लागि सबै बराबरी हो । दर्शन दिने भए सबैलाई दिन्छु नत्र एक जनालाई पनि दिन्न भन्नू हुन्थ्यो। वहाँको ८ / १० जना श्यब्च्यु स्यार सुसार गर्नेले बाहेक भेट्नु पाउदैन थियो । ठुलो टुल्कु रिन्पोछे होस् या लामाहरु होस, बिदेशबाट आएको अंगेजहरु होस् या गरिब दु:खी होस् सबै जना बराबर हो भन्नू हुन्थ्यो ।
अहिले जहाँ पनि वहाँको गोन्पा, धर्म सेन्टर वा गुफा घर तिर धर्म ज्ञान प्रबचन, पाठपूजा सिकाउनुलाई लामा धावालाई जिम्मा दिनु भएको छ। लामा धावालाई राम्रो चेला वा छोरा रूपमा मानेको छ रिन्पोछेले। वहाँ रिन्पोछेको सबै जीवन कथा जन्मेको देखि १०३ बर्ष सम्म भन्नू पर्यो भने ३ / ४ महिना लाग्छ | अहिले छोट्कारीमा यति हो।
वहाँले यो संसारमा मरेर लानु केही छैन । पुजा गर्दा, गुफा बस्दा, व्रत बस्दा शिल पालन गर्नु , गुफा बसेको लामाहरुलाई परिवार आफन्त कसैलाई भेट्नु नदिनु , राम्ररी पापको प्रयक्षित गर्नु, पुन्या काम गर्नु । पाप नगर्नु, धेरै धर्म गर्नु, प्राणीलाई दायाँ,माया,करुणा गर्नु | हत्या नगर्नु, मादक पदार्थ सेवन नगर्नु, अरुलाई नराम्रो नभन्नु, आफ्नो शरीरलाई स्फुर्ती राख्नु जसले रोग लाग्दैन भन्नू हुन्थियो ।
स्रोत: वहाँको आफ्नो (सङ्युम) धर्म पत्नी खाडो कमलको मुखरबिन्दुबाट
लामा खेनो। लामा खेनो। डिन्छेन चावाइ लामा खेनो।।
Comments
Post a Comment