Skip to main content

मृत्यु संस्कारमा के गर्नुपर्ने र के गर्नु नहुने ?

आज हामीहरु चौरासी हजार प्राणीहरु मध्यए अठार लक्षणलेयुक्त सर्वश्रेष्ठ मानव जीवन प्राप्त भएको हाम्रो शास्त्रले प्रस्ट्याएको छ । यो अमुल्य जिवन पाएर आज कुशल मार्गको चिन्तन मनन् र त्रीरत्न प्रती शरण गमन गर्न सकिएन भने, “पछि बिउ बिनाको फलको आश कसरी गर्ने ? आज दु:ख लाग्दो कुरा के देखा परेको छ भने लामा (छेढोग) र जजमान (जिन्धाग) हरुमा धर्मको बिषयलाई लिएर साधारण ज्ञानको बोध हुन सकेको छैन ।
LAMA1
खासगरी हाम्रो पुर्खाहरुले आफ्नो धर्म भित्रको सार अर्थ नबुझेर धेरै कुराहरु गल्ती गरेको छ जस्तै:- मृतक कार्यहरुमा पनि लासलाई सिन्दुरले पहिरिने र लासको अघि-अघि, खुकुरी देखाउँदै लाने, लासको अगाडी खुकुरी रख्ने,मृतकको नाम गरेर नुन तेल बार्ने, केश खौरने, छोपो ओढ्ने, माना चामल तर्पिने, घेवा नसकुन्जेल कुखुराको मासु, माछा,बार्ने, लास लादा लाम्तेन भनेर सेतो कपडा लामो तन्कएर लाने, बेलुका लास रुङ्ने भनेर तास जुवा खेलेर हल्ल गरि बस्ने, पछि घेवा गर्ने बेलामा पनि फेरि घर देखि (घेवा ब्राङ) डाजङ सम्म लास लगेको जस्तो गरि शिव घुर लाने, मरेको मान्छेलाइ छुट्टै खाना भनेर एक माना चमालको भात पहेलो बनएर त्यस माथी कुखुराको फुल राखी दिने, मरेको मान्छेलाई थुन्दा शोर्सी भनेर ताम्बाले भाट्याउदै बाटोमा खर्च भनेर पैसा चामल चडाउने गर्छ तर मरेको मान्छेले धर्म र पाप बाहेक अरु केही लादैन, पुण्या र धर्म नै बाटोको खर्च हो। काँशको थाल-बटुकामा नखाने, छालाको जुत्त-चप्पल नलगाउने, खाट-राडी-आसनिमा नबस्ने, गहना फुकाली त्याग्नु पर्ने, चुल्ठो नबाट्ने, लुगा उल्टा लगाउने, गुन्द्री समेत उल्टा ओछ्याउने, खतुकी ( शोकमा परेको ब्यक्ति) ले अरूसंग नबोल्ने, खतुकिलाई अरूले छुन नहुने, दोमासे बार्ने, दागबत्ती दिने, आफन्तले आगो दिने, श्रवाणमा धर्म नगर्ने, मृतकको नाममा जिव हत्या गर्ने गर्दछन। यस्ता चलनहरु हाम्रो महायान बुद्धिष्ट भित्र नपर्ने हुनाले यस्ता चलनहरु गर्नु पर्ने आवस्यक छैन। बरु यो कुराहरु छोडेर जति सक्दो मणि जब, छ्योइमे बत्ती बाल्ने, मोन्लम, पाठ पुजा गरेमा मृत अत्मले सहयोग पाउने छ।
यस्ता चलनहरु नछोडेसम्म हामी र हाम्रो बुद्धमार्गी बुद्धिष्ट सन्तानहरू धर्मबाट अत्यन्तै टाढा हुने छौँ । जबसम्म यस्ता चलनहरू छोड्न सक्दैन तब सम्मा हामिलाई हाम्र गुरूजनहरुले अगाल्ने छैनन् र हामिले जतिनै धर्म प्रचार गरेता पनि पानीले भिजेको सलेदोमा आगो सल्काए जस्तो हुनेछ । खोलाको बगरमा स्याउ रोपे जस्तो हुनेछ । हिउँको थुप्रोमा धान रोपे जस्तो हुनेछ । यस किसिमको अहितका चलनहरूबाट अलग्ग भई सुद्ध रहनु पर्नेछ ।
हामिहरूमा बारमबार भोगिरहेको भन्दा हर्षको सिमा रहदैन र हाम्रो हृदयमा अहंकार उत्पन्न हुन्छ । त्यस अहंकारले सताइए पछि शोक सुर्तासँग अलग गराउँछ र मृतक आत्मालाई दु:ख देखी छुटाउने पुण्य संचय गर्ने काम देखी छुटाउँछ । त्यस्ता चिजहरूलाई तीन बर्ष नभए पनि बर्ष दिन सम्म त्याग्नु पर्छ ।
बास्तवमा मृत्यु संस्कारमा पालन गर्नुपर्ने कुराहरू तल दिएको छ: ।
(१) नयाँ लुगा नफेर्ने, (२) धार्मिक पर्व बाहेक जातिय पर्व नमनाउने, (३) पाटी नखाने, (४) गीत नगाउने, (५) ननाच्ने, (६) पहिले लगएको भन्दा थपेर गहना नलगाउने र धुम्रपान, मद-मदिराबाट अलग्ग रहेर मृतकको नाममा धार्मिक कार्यमा होसियार साथ लागिरहनु पर्ने । यतिमात्र गर्न सके दु:खको समयमा अचानक उत्पन्न हुने अहंकारको निर्मुल हुनेछ अनि बिनम्र भई धार्मिक कार्य गर्न सजिलो हुनेछ । बुद्ध धर्म भनेको अहिंसा परम धर्म हो । बुद्ध धर्मले सबै धर्मसँग धार्मिक सहिष्णुता राख्दछ ।
मृतकको नाममा गर्नुपर्ने कामहरू:-
१) मर्ने समयमा बर्दो पाठ गराउनु पर्ने छ- कारण मरणको दु:खदेखि, मुक्त गराउनलाई ।
२) होम यज्ञ वा लाश जलाउने ठाउँ खाल्डो भन्दा चौका उठाई जलाईए उचित हुनेछ । अस्तु छुट्याएर अरू खरानी र हड्डी चोखो ठाउँमा सेलाउनु पर्नेछ । यदी सिद्धि पुरूषको हड्डी खरानी हो भने पानीको मुल्कोमा बगाउँदा उचित हुन्छ । अरूको यस्तो गर्न मिल्दैन ।
३) आफन्तले आगो दिनु हुँदैन । कारण दु:ख माथि दु:ख थपेर बिराठ बन्नेछ । मृतकको आत्माले दु:ख देखी छुट्कारा पाउन असमर्थ हुनेछ ।
४) बिरन्तरी मानिस वा लामाद्वारा आगो दिनु पर्नेछ । लामाद्वारा आगो दिए पहिले भएको दु:ख देखि मुक्त हुने आशिर्बाद पाउनेछ ।
५) लाश जलाईएको कोइला खरानी माथि पुजास्थान (माने छ्योर्तेन) बनाउन मनाही छ । किनकी खरानी हड्डी माथि पुजास्थान बनाई पुजा परिक्रमादी गरे मृतक आत्मालाई दु:खको बोझ बढेर बिराठ बन्नेछ र मुक्त हुने मौका पाउँदैन भन्ने बिश्वास छ । माने छ्योर्तेन बनाउँदा चोखो ठाउँमा बनाई मन्त्र (सुङ्) मात्र लगाई बनाउने र हड्डी खरानी अस्तु नलगाउने । त्यसो गरे सबै प्राणीले पुण्य सन्चाय गर्ने धर्मस्थल बन्नेछ । त्यस्को पुण्यले मृतकको आत्माले सुखवती छेत्रमा बास लिन सक्नेछ भन्ने बिश्वास रहिआएको छ ।
यसरि संसारिक चलन र धार्मिक चलनमा आकाश र पातालको फरक पर्नेछ । त्यसकारण लोक किर्तिमा फसेर यो अमुल्य जीवन तथा समय बिताउनु त बहुमुल्य रत्न मणी हिलोमा मिल्काए सम्मानको नोक्सान हुने कुरालाई बुझि दिए आजको युगमा धर्मको सामु मानव जीवन प्राप्त गरेको ठुलो महत्व रहने थियो । सधैनै परोपकारीको भावनाद्वारा परामीतालाई अपनाई दु:खी प्रणीको हित गरे अमुल्य पुण्य संचाय गर्ने खानी फेला पर्ने थियो ।
अन्त्यमा सबै सज्जन महानुभावहरूमा प्राणीको हित गरी धर्मको सेवा गर्ने दृढ संकल्प गरौं भन्ने हार्दिक अनुरोध गर्न चाहन्छु ।

Comments

Popular posts from this blog

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’