अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । शनिबार ललितपुरमा भएको निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतान्तरले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाएका थिए।
अध्यक्षका प्रत्यासी कुँवरले मनोनयन दर्ता गराएपनि अन्तिम समयमा आएर निर्वाचन बहिस्कार गरेका थिए । एन्फाकै पूर्वउपाध्यक्षसमेत रहेका परिवर्तन पक्षधर शेर्पा समूहले उपाध्यक्षसहित बहुमत सदस्यमा पनि जित हासिल गरेको छ ।
चार उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा रहेकामा पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का उपाध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । चारैजना शेर्पा नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए ।
Comments
Post a Comment