Skip to main content

खादा एक पवित्र बस्त्र हो,


खादा वस्त्र के हो ? यसमा के लेखेको हुन्छ ?

खादा बौद्ध धर्मावलम्बीहरुले हरेक शुभ कार्यका साथै जन्म, छेवार, विवाह, मृत्यु जस्ता हरेक संस्कारमा उपयोग गरिने एक प्रकारको पबित्र वस्त्र हो । खादालाई भगवान गौतम बुद्धको न्हाम्सा अर्थात वस्त्रको रुपमा लिईन्छ । सामान्यतया खादामा सम्भोटा लिपीमा निम्न कुराहरु लेखिएको हुन्छ ।

“टाशी देलेक फुन्सुम छ्योक”-जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस्” भन्ने वाक्यंश लेखेको हुन्छ ।
त्यससँगै खादामा विभिन्न आशिषहरु पनि उल्लेख गरिएका हुन्छन् ।


“ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ”-
जसको अर्थ दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस् ।

“ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग”-
जसको अर्थ दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस् ।


“पोन्लोप मिडल ल्हेन्चीघ ढोघ, कुछे मिग्युर स्रा सिङ तेन्ङा, स्हाङ्से टोग्युन मिछेकी ला छ्योइफेल टाशी श्योग”
-जसको अर्थ गुरु (मन्त्री) मण्डल र हामी बीच केही गडबडी नभई सधै मित्रता र साथ रहिरहोस् । आयु र शरीर कहिल्यै नष्ट नहोस् । गाज बलियो एवम् अटल होस्, राम्रो होस् । हृदय देखि नै कर्म गर्न मन लागिरहोस् । अनन्त सम्म सुख, शान्ति, धर्म फैलिएर जाओस् ।


त्यसैगरी खादामा अष्ट मंगलमको चित्र पनि छापिएको हुन्छ ।

१. धुक (ह्रिन्छेन धुक) यसको अर्थ छाता अर्थात भगवानको छाता जो ज्ञानको सागर भएको ब्यक्तित्वलाई ओढाइने गर्दछ ।
२. माछा अर्थात सुनको माछा (सेर्गी ङ्या) यसको अर्थ शुभको प्रतीक हुन्छ ।
३. भुम्बा अर्थात कलश (घोइम्युङ) यसको अर्थ सम्पूर्ण इच्छा प्राप्ति हुने ।
४. कमल (इहोङ कमल) यसको अर्थ हृदय आनन्दित पार्ने ।
५. शङ्ख (ङ्यान्डक धुङ) यसको अर्थ शक्तिशाली श्रवण अर्थात धर्मको ध्वनी वा आवाज ।
६. स्वस्तिक चिन्ह (पल्बेहु) Never End Love अर्थात इच्छाएको प्राप्ति भएको, धेरै राम्रो ।
७. छाता, ओत, छाना (घ्याल्छेन) यसको अर्थ मानव जीवन कहिल्यै अन्त्य नहुने ।
८. धर्मचक्र÷खोर्लाे (वाङ्ग्युर) यसको अर्थ शक्ति फैलाउने ।
खादामा प्रयोग हुने पञ्चरङ्गको पनि छुट्टाछुट्टै अर्थ छ । जसको सामान्यतया निम्न अर्थहरु रहेको पाइन्छ ।

१. निलो = आकाश
२. पहेँलो = जमीन वा माटो
३. रातो = अग्नी
४. सेतो = बादल
५. हरियो = जङ्गल


खादा एक पवित्र बस्त्र हो, जो हरेक शुभ कार्य तथा अन्य सत्कारका कार्यक्रमहरुमा जुनसुकै वर्ग, समुदाय, धर्म, जातजातिहरुले प्रयोग गर्न सकिन्छ । किनभने खादामा कुनै धर्म वा समुदाय विशेषको वर्णन गरिएको नभई समग्र प्राणीको हितको लागि शुभ वाक्यांशहरु लेखिएको हुन्छ ।



Comments

Popular posts from this blog

छ्योर्तेन परिक्रमा किन गरिन्छ र यसबाट के के फल प्राप्त हुन्छ ?

बौद्धसुत्र अनुसार परिक्रमा गर्नाले प्राप्ति हुने फल / फाईदाहरु निम्न अनुसारका रहेका छन् | जानकारी थाह पाउनको लागि राम्रो संग ध्यान पु-र्याई पढ्नुहोला |  छ्योर्तेन परिक्रमा गर्नाले,सयौं कल्प सम्म अन्धो,रोगी र असफल कहिल्यै नभई काय अथवा शरीर पनि पापबाट परि शुद्ध हुने ।  छ्योर्तेन परिक्रमा गर्नार्ले,धनी भई सम्पत्ति प्रसस्त हुने,धनको लोभ नगरी धनको दान गर्ने र दान आदिमा बहादुरी हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,मन मोहक भई हेर्दामा राम्रो देखिने,राम्रो रुप देख्दा खुसी हुने र प्रसस्त सम्पत्ति उपभोग गर्ने ।  छ्योर्तेन परिक्रमा गर्नाले,उच्च राज कुलमा जन्मिने,वरिपरि उत्तम स्त्रीहरुले भरिपुर्ण हुने,शक्ति र बिर्य ज्ञानले पनि भरीपुर्ण हुने ।  छ्योर्तेन परिक्रमा गर्नाले,सन्सारकै महान दाता हुने,जमिन माथिको मालिक हुने र धर्मले पुर्ण भइ धर्मराज हुने।  छ्योर्तेन परिक्रमा गर्नाले,मृत्युुपछि देव लोक तथा मनुष्य लोकमा जन्मिने,बौद्ध धर्मलाई माया गर्ने र योग ज्ञानले युक्ति भई शक्ति ज्ञानले पनि युक्ति|  छ्योर्तेन परिक्रमा गर्नाले,चार स्मरन ज्ञान,चार चित्त अत्...

विश्वको उत्कृष्ठ सय महिलाको सूचीमा ‘लाक्पा शेर्पा’ परिन

ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन बीबीसीले १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी दुई महिला पनि परेकी छन् । नेपालकी लाक्पा शेर्पा र चनिरा बज्राचार्य यो सूचीमा परेकी छन् । २१ वर्षकी चनिरा पूर्व कुमारी हुन् र, उनले अहिले पूर्व कुमारीहरुको सहयोगका लागि सक्रिय छिन् । ४३ वर्षीया शेर्पा भने पर्वतारोही हुन् । उनले सात पटक सगरमाथाको सफल आरोहण गरेकी छन् ।

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’