उच्च शिक्षाका लागि सन् २००७ मा जापानमा गएका साेलुखुम्बुका कान्छा लामाले (शेर्पा) जापानी भाषा,कलेज र विश्वविघालयमा अध्ययन पुरा गरे । उनले जापानी विश्वविघालयमा एमबीए सम्मकाे अध्ययन गर्दै गर्दा विभिन्न कम्पनीहरूमा राेजगारकाे अवसरहरू धेरै प्राप्त भए तर उनी जागिरमा लागेन ।
शेर्पाले जापानी बजारहरूकाे अध्ययन गरे । बजारमा कृषि क्षेत्रकाे लागनीकाे सम्भावना ज्यादै देखे । जापानी माटाेमा आधुनिक कृषि व्यावसाय गर्ने साेचे । उनले सन् २०१४बाट फुकुआेकाकाे सागामामा ७ हेक्टर क्षेत्रमा लागनीकाे शुरूवात गरे ।
शुरूमा गेलभेडा र प्याजकाे खेती गर्दै आएका कान्छा शेर्पाले अहिले सुन्तलाकाे पनि खेती गर्ने साेचमा रहेका छन् । “फुरूट ताेमाताे” गेलभेडा जापान भरी मात्रा नभई उनले हङकङ, सिंगापुर र दुवैईमा पनि निर्यात गर्ने गरेका छन् । विदेशी बजारमा प्रति केजी ५ हजार येन र जापानमा प्रति केजी १३ सय येन देखि २४ सय येन मुल्य पर्दछ । कृषि व्यवसायबाट बार्षिक ४/५ कराेड आम्दनी हुने गर्दछ ।
जापानी कृषिकाे आधुनिकतालाई उपयाेग गर्दै आएका एक नेपाली शेर्पाले कृषि क्षेत्रमा गरेकाे लगानीले जापनीहरूलाई मात्रा हाेइन उनले नेपाली विधार्थीहरूलाई पनि राेजगार दिएका छन् । उनी भन्छन् सिजनकाे भेला ३०/४० जना नेपाली विधार्थीहरूलाई पार्ट टाइम काम भईरहेकाे हुन्छ ।
भविश्यमा नेपालमा पनि कृषि क्षेत्रमा लागनी साेचमा रहेकाे शेर्पा अहिलेसिन्धुली र धुलिखेलमा व्यासायकाे लागि अध्ययन भइरहेकाे बताउछन् ।
बजारमा विक्रीका लागि जाने गेलभेडाकाे बाहिरी भागमा जापनी भाषामा “लामा कान्छा” लेखिएकाे नाम र फाेटाे अंकित लाेगाे जापनी तरकारी बजारहरूमा देख्न पाइने नेपालीकाे सरल र सामान्य मेहेनत भने पाक्कै हाेइन । जापानी कृषि व्यावसायहरू बीच प्रतिस्पर्धामा आउन सक्नु साचै शेर्पाकाे व्यावासाय नेपाली बिधार्थीहरूकाे लागि एउटा उदारणीय रूपमा लागि सकिन्छ ।
Good job Kanchha laama Ji
ReplyDelete