Skip to main content

Posts

हिमालमा हुने गतिविधी र यहाँ हुने चहल खेल बुझ्न पाई रहेकी छु

प्रत्येक दिन केही न केही कुरा सिकि रहेको छु । हिमालमा हुने गतिविधी र यहाँ हुने चहल खेल बुझ्न पाई रहेकी छु । रमाइलो छ हिमालमा सबै जना कहिले बाटो खोल्ला र जाम्ला भनी base camp मा दिन गनि बसि रहेका छन । आज भोलि पर्सि बन्दै दिन बितेको थाहा नै नहुने ।  प्रत्येक टेट्मा बसेका स्वादेशी तथा विदेशी पर्यटक सगरमाथाको बाटो खोल्ला र जाम्ला भनि बाटो हेरि रहेका छन । कोहि पर्यटक शरीरलाई तन्दुरुस्त राख्न हाइकिङ जाने गर्छ । कोहि आराम गरि बसि रहेका हुन्छन भने कोहि साथीभाइ भेटघाटमा समय बिताउने गर्छ ।  यसो हेर्दा लाग्छ हाट बजार लागे सो सरह छ सगरमाथा आधार शिविर । म हेर्ने गर्छु बुज्ने प्रयास गर्छु । दिनहु केही न केही नया कुरा सिकि रहेकी छु । पहिला आरोही शेर्पाहरु बन्ने गर्थे "बेस क्याममा यस्तो हुन्छ उस्तो हुन्छ दिदी "भनी । पत्याउनै गाह्रो हुन्थ्यो त्यो बेला । " हैई भाइ गफ नलगाउ भनी भन्ने गर्थे" । तर आज यहाँ आएर बुज्दैछु सगरमाथा आरोहणको कथा व्यथा । काठमाडौमा हुदा आरोही शेर्पाहरुले भनेको सहि रहेछ भन्ने देख्न पाए । धन्य छौ आरोही तिमी । तिम्रो साहस र मनोबल देख्दा लाग...

एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । शनिबार ललितपुरमा भएको निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतान्तरले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाएका थिए। अध्यक्षका प्रत्यासी कुँवरले मनोनयन दर्ता गराएपनि अन्तिम समयमा आएर निर्वाचन बहिस्कार गरेका थिए । एन्फाकै पूर्वउपाध्यक्षसमेत रहेका परिवर्तन पक्षधर शेर्पा समूहले उपाध्यक्षसहित बहुमत सदस्यमा पनि जित हासिल गरेको छ । चार उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा रहेकामा पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का उपाध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । चारैजना शेर्पा नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए ।

सगरमाथा चढ्नेहरूकाे कथा

सगरमाथा चढ्नेहरूकाे कथा “समय बितेको पत्तो नै नहुने हिमालमा “ (डोमा शेर्पा) आज भन्यो भोलि भन्यौ दिनहरु बिति रहेको छ । सगरमाथा आरोहणको क्रममा छु । एक जनाले एका थरी भन्छ अर्कोले अर्को थरी । बुज्दै छु हिमाल आरोहणको कथा व्याथ । यता गएनी उता गएनी टेन्ट टागेको पूरा बेस क्याम नै टेन्टमय भएको देख्छु । लाग्छ सानोमा हाट बजार गए सो सरह छ बेस क्याम । क्याम १, २ , ३ जादाको पलहरु सम्झन्छु । मन खुसी हुन्छ । पाइला पाइलाको संघर्ष, खुम्बु आइस फलको दिनहु जाने पहिरो । सबै जना भन्ने गर्छ “बहिनि खुम्बु आइस फल dengerous छ है होस गरेर जानु” जोखिम मोल्ने बानि परेर होला पहिरोको प्रवाह नगरी निरन्तर पाइला चाली रहेको छु । पापाआमा दाइबहिनी दिनहु सोध्नु हुन्छ ” के हुदैछ, कहाँ पुग्यो, गाह्रो त भएको छैन” उहाहरुको माया, हौसला र साथले गर्दा होला उहाहरुसगै छु जस्तो लाग्छ । आरोहण अभियान सुरु गर्नु पुर्व धेरै आरोही दाइदिदिहरुसग भेटे सल्लाहा लिएको थिए । हिमाल आरोहण सजिलो छैन ज्यानलाइ बाजीमा राखेर जानु पर्छ । उहाहरु बन्नु हुन्थ्यो तर गरे के हुन्न र आट्नुस हिम्मत गर्नुस सकिन्छ भनी हौसला दिनु हुन्थ्यो । क्याम १,...

जापानी बजारमा कृषि व्यावसयी कान्छा शेर्पाकाे सफलता

उच्च शिक्षाका लागि सन् २००७ मा जापानमा गएका साेलुखुम्बुका कान्छा लामाले (शेर्पा) जापानी भाषा,कलेज र विश्वविघालयमा अध्ययन पुरा गरे । उनले जापानी विश्वविघालयमा एमबीए सम्मकाे अध्ययन गर्दै गर्दा विभिन्न कम्पनीहरूमा राेजगारकाे अवसरहरू धेरै प्राप्त भए तर उनी जागिरमा लागेन । शेर्पाले जापानी बजारहरूकाे अध्ययन गरे । बजारमा कृषि क्षेत्रकाे लागनीकाे सम्भावना ज्यादै देखे । जापानी माटाेमा आधुनिक कृषि व्यावसाय गर्ने साेचे । उनले सन् २०१४बाट फुकुआेकाकाे सागामामा ७ हेक्टर क्षेत्रमा लागनीकाे शुरूवात गरे । शुरूमा गेलभेडा र प्याजकाे खेती गर्दै आएका कान्छा शेर्पाले अहिले सुन्तलाकाे पनि खेती गर्ने साेचमा रहेका छन् । “फुरूट ताेमाताे” गेलभेडा जापान भरी मात्रा नभई उनले हङकङ, सिंगापुर र दुवैईमा पनि निर्यात गर्ने गरेका छन् । विदेशी बजारमा प्रति केजी ५ हजार येन र जापानमा प्रति केजी १३ सय येन देखि २४ सय येन मुल्य पर्दछ । कृषि व्यवसायबाट बार्षिक ४/५ कराेड आम्दनी हुने गर्दछ । जापानी कृषिकाे आधुनिकतालाई उपयाेग गर्दै आएका एक नेपाली शेर्पाले कृषि क्षेत्रमा गरेकाे लगानीले जापनीहरूलाई मात्रा हाेइन उनले नेपाल...

खादा एक पवित्र बस्त्र हो,

खादा वस्त्र के हो ? यसमा के लेखेको हुन्छ ? खादा बौद्ध धर्मावलम्बीहरुले हरेक शुभ कार्यका साथै जन्म, छेवार, विवाह, मृत्यु जस्ता हरेक संस्कारमा उपयोग गरिने एक प्रकारको पबित्र वस्त्र हो । खादालाई भगवान गौतम बुद्धको न्हाम्सा अर्थात वस्त्रको रुपमा लिईन्छ । सामान्यतया खादामा सम्भोटा लिपीमा निम्न कुराहरु लेखिएको हुन्छ । “टाशी देलेक फुन्सुम छ्योक”-जसको अर्थ “सुख, शान्ति, शुभ, राम्रो कुराले सबै भरिपूर्ण होस्” भन्ने वाक्यंश लेखेको हुन्छ । त्यससँगै खादामा विभिन्न आशिषहरु पनि उल्लेख गरिएका हुन्छन् । “ङिन्मो देलेक छेन्देलेक, ङिम्हे घुङयाङ देलेग सिङ”- जसको अर्थ दिनको शुभ, रातको शुभ, मध्य दिनको शुभ होस् । “ङिन्छेन् ताक्तु देलेगपा, कोन्छ्योग सुम्गी टाशी श्योग”- जसको अर्थ दिन र रात सबै राम्रो भइ त्रिरत्नको शुभ रहोस् । “पोन्लोप मिडल ल्हेन्चीघ ढोघ, कुछे मिग्युर स्रा सिङ तेन्ङा, स्हाङ्से टोग्युन मिछेकी ला छ्योइफेल टाशी श्योग” -जसको अर्थ गुरु (मन्त्री) मण्डल र हामी बीच केही गडबडी नभई सधै मित्रता र साथ रहिरहोस् । आयु र शरीर कहिल्यै नष्ट नहोस् । गाज बलियो एवम् अटल होस्...

धार्मिक र संस्कृतिक रूपमा महत्वपूर्ण “लोसार” -आचार्य सार्की शेर्पा

मानव विकासको क्रममा विभिन्न प्रकारका भाषा, संस्कृति र धर्मको विकास हुन थाल्यो । भौगोलिक अवस्थाको कारणले गर्दा रहन–सहन तथा खानपानमा पनि धेरै भिन्नताहरू देखिन्छ । यस प्रकारका विविधताले गर्दा यो संसार सुन्दर पनि छ । यस संसारमा सबै प्राणीहरूमध्ये उच्चकोटीमा पर्ने मानव समुदायले नै समस्या पनि खडा गरेको छ । देशकाल र परिस्थितिअनुरूप दुःखबाट मुक्त गराउने उद्देश्यले धेरै प्रकारका धार्मिक सिद्धान्तहरू स्थापित भए । यी सबै धर्मप्रति विश्वास राख्नेहरूले आफूलाई पीडा पर्दा राहत पाएको महसुस पनि गर्दै आएका छन् । यसको अलवा विज्ञान र राजनैतिक विकासले पनि केही सहयोग पुर्याउँदै आएको छ । मानव समुदायले विभिन्न चाडपर्वहरू मनाउने क्रममा केहीलाई राजकीय चाडपर्वको रूपमा घोषणा गरी सम्बन्धित देशका राजनेताहरूले विदा दिने व्यवस्था गर्नुको साथै सम्बन्धित पक्षले देशवासीको नाममा शुभकामना आदान–प्रदान गर्ने परम्पराको विकास हुँदै आएको छ । लोसार पर्व विभिन्न प्रकारका चाडपर्वहरूमध्ये नयाँ वर्ष पनि पर्दछ । तर नयाँ वर्षको तिथि भने फरक–फरक रहेका छन् । जस्तै, इस्वी संवत, विक्रम संवत, नेपाल संवत आदि । त्यसमध्येका  हिम...

लोसार के हो र कसरी मनाईन्छ ?

लोसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । उदाहरणको लागि पश्चिम मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङहरुले नयाँ साललाई ‘ल्होछार’ र अन्य समुदायले नयाँ साललाई ‘लोसार अथवा ल्होसार’ भनेर सम्बोधन गरेको पाइन्छ । नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोसार (नयाँ साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नयाँ साल) को गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरका  नामहरुः मुसा–चीवा,  गोरु–लाङ,  बाघ–तक, ये–खरायो,  मेघ–डुक,  सर्प–डुल,  घोडा–ता,  भेंडा–लुक,  बाँदर–टे,  चरा–च्या,  कुकुर–खी   बँदेल–फक   ५ धातुहरुः  माटो–स,  आगो–मे,  काग–सिङ,  फलाम–च्या   पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्...