Skip to main content

Posts

Showing posts from March, 2016

बोधिचित्त मालाको परिचय

बोधिचित्त मालाको परिचय  ============================================= बोधिचित्त एक जिजिपस जातीमा पर्ने नया प्रजाति जिजिपस वुद्धेन्सिस् हो । यसलाई स्थानीय भाषामा वुद्धचित्त वा वोधिचित्त पनि भनिन्छ । बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) बुद्ध धर्मालम्बी ,तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने जप गर्ने माला हो । यो एक प्रकारको वनस्पतिमा फल्ने गर्दछ । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइंदो रहेछ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाईदा भैरहेको छ । अत्यादिक माग र उच्च मुल्यको कारण व्यवसायिक खेति गर्ने जमात गएको सिजनमा उच्च भयो , यसलाई सौख र केहि आम्दनी लिन को लागि गमलामा पनि रोप्न सकिन्छ | बयर प्रजातिको एक प्रकारको हल्का काडा हुने रुख जसको उत्पति काभ्रेको तिमाल क्षेत्र हो | भारत मा भएको बौद्द सम्मेलन प्रस्चात लोकप्रिय हुन पुगेको बोधिचित्त जसको माग चीन, ताइवान, कोरिया , सिंगापुर आदि देशमा पनि उच्च नै रहेको छ | ===============...

बौद्ध धर्मगुरु रिन्पोछे भन्छन्ः ‘हिरामोती, सुनचाँदी ढुंगा हो, पैसासैसा कागज हो।’

‘जन्मदेखि मृत्युसम्मै हामी धनसम्पत्ति, नामइज्जत, परिवारकै पछि कुदिरहन्छौं, यसमा अलिकति तलमाथि भयो भने हाम्रो मन दुख्छ, चित्त दुख्छ’, रिम्पोछेले मधुरो स्वरमा भने, हलुकैसँग रिम्पोछेले यसरी भने मानौं धनसम्पत्ति, नामइज्जत, परिवार भनेको केटाकेटीको बेलुन हो, अथवा पानीको फोका । सारा संसार यसकै पछि कुदिरहेको छ, रिम्पोछेमा भने यीप्रति कस्तो उपेक्षा? धनसम्पत्ति र नामइज्जतको पछि नकुदे केको पछि कुद्नु त हामी जीवनभर ? … असी वर्ष काटिसकेका भिक्षु कृष्णमानको निम्ता टार्न नसकेर म एकाबिहानै छुकी निमा रिम्पोछेलाई सुन्न बौद्धको सेतो गुम्बा पुगेको थिएँ । लामो समय अमेरिकी लाइब्रेरीमा काम गरेका भिक्षु कृष्णमान जीवनको उत्तराद्र्धमा पनि फुर्तिला छन् । जीवनभरि कर्मलाई सँगै डोहोर् याएका उनी बल्ल भिक्षु जीवनको अनुभव गर्दैछन् र घरपरिवारबाट टाढा बसेर यसमै रमाएका छन्। रिम्पोछेको त कुरै बेग्लै ! हाडमासुले बनेको उनको शरीर ज्ञानको अनुभूतिले आभापूर्ण छ। अनुहारमा सधैं झल्किने बालसुलभ मुस्कानले उनी दुर्बोध्य र असहज लाग्दैनन्। कदकाँठी सानो छ तर दिमागमा अनुभूतिजन्य ज्ञानको निकै शक्तिशाली चिप्स जडेको छ...

शेर्पा गुम्वामा विविध पूजा भव्य

बार्षिक रुपमा आयोजना हुने माणिरुम्डु तथा डुम्जी पूजा यहाँस्थित शेर्पा सेवा केन्द्र बौद्धमा सम्पन्न भएको छ । विभिन्न जिल्लाका शेर्पा, बुद्धिष्ट समुदायको आयोजनामा एक साता लामो पूजा सम्पन्न भएको हो । डुप्छेनका साथै विभिन्न पूजा सहित कार्यक्रम सम्पन्न भएको आयोजक मध्येका आङ दावा शेर्पाले जानकारी दिए । ओखलढुंगा भूसिंगा गाविसस्थित किल्खोरदिङ साङदोक पलोरी गुम्बाका लामा गुरु ङावाङ राङडोल रिन्पोच्छेले विभिन्न विधि प्रयोग गरी पूजा सञ्चालन गरे । १)सर्वप्रथम मण्डला तयार गरी डुप्पुर नामसुम अर्थात त्रीसाधना भन्ने पुस्तकमा आधारित भई पूजा गरिन्छ । २)मनिरील्डुप्को सिद्धान्त अनुसार अवलोकीतेश्वरको मन्त्र ओम मानी पद्यमे हुम् भन्ने नटुटीकन जब सम्म डुप्छेन सकिँदैन तब सम्म २४ घण्टा निरन्तर रुपमा जप्ने गरिन्छ । २०७२ चैत्र ५ गतेको दिन गुरु लामाको आज्ञ अनुसार माने तोङ्ग्युर र जप गर्ने भएको हुँदा सम्पूर्ण बौद्धधर्मवलम्बी भक्तजनहरु सहभागी भई दिनु हुन हार्दिक अनुरोध छ । ३) डुप्छेन पूजाको अन्तिम दिन सम्पूर्ण भक्तजनहरुको निम्ति आयुको अभिशेष प्रदान गरिन्छ । ४)जिन्दाकहरु लगायतका सम्पूर्ण प्राणीहरुको ग्र...

किन अटाएनन् कांग्रेसमा शेर्पा ?

शेर्पाखबर साप्ताहिकः सम्पादकीय इतिहासको कसीमा कांग्रेसलाई पुरानो पार्टीको संज्ञा दिइन्छ । पुराना पार्टीका नीति र क्रियाकलापपनि पुरानो नै हुनुलाई अस्वभाविक मान्नु हुँदैन । नेतृत्व र सिद्धान्तहरु पुरानोले नै काम चलाउँदै गर्दा पार्टीमा आस्थावान नयाँ अनुहारमाथि अन्याय हुने कुरा भुल्नु हुँदैन । राजनीति वृत्तमा नयाँ ध्रुवीयरेखाहरु कोरिँदै गर्दा कांग्रेस भित्र पुराना कुरालाई नयाँले ‘टसकोमस’ गर्न नसक्नुलाई विडम्वनाको रुपमा लिन सकिन्छ । आफूलाई पुरानो प्रजातन्त्रवादी पार्टी भनेर संवोधन गर्दै गर्दा पार्टी भित्र प्रजातन्त्रिक अभ्यास कतिको भइरहेको छ भन्ने तिरपनि ध्यान दिनुपर्ने हुन्छ । सन्र्दभः कांग्रेसको भरखरै सम्पन्न तेह्रो महाधिवेशनको हो । समावेशी र समानुपातिक कुराहरु उठाउँदै गर्दा कांग्रेसले आफूलाई प्रजातान्त्रिक समाजवादी भन्न छुटाएको छैन । तर, उनीहरुकोले देखाउने व्यवहारहरुले पार्टी कुन दिशातिर उन्मूख छ भन्ने पुष्टि हुँदै गएको छ । आसन्न महाधिवेशनमा समावेशी, आरक्षण जे–जे नामले पुकारेपनि आखिरी नेतृत्वमा एकल जातीय शक्ति नै हावी भएको छ । पहिचान अर्थात आप्m्नै जाति विरुद्ध खनिनेहरु आरक्षणक...

Buddhist Studies: The Eight Auspicious Symbols

Right-coiled White Conch The white conch which coils to the right symbolises the deep, far-reaching and melodious sound of the Dharma teachings, which being appropriate to different natures, predispositions and aspirations of disciples, awakens them from the deep slumber of ignorance and urges them to accomplish their own and others' welfare. Precious Umbrella The precious umbrella symbolises the wholesome activity of preserving beings from illness, harmful forces, obstacles and so forth in this life and all kinds of temporary and enduring sufferings of the three lower realms, and the realms of men and gods in future lives. It also represents the enjoyment of a feast of benefit under its cool shade. Victory Banner The victory banner symbolises the victory of the activities of one's own and others body, speech and mind over obstacles and negativitities. It also stands for the complete victory of the Buddhist Doctrine over all harmful and pernicious forces. Golden...