Skip to main content

Posts

लोसार के हो र कसरी मनाईन्छ ?

लोसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । उदाहरणको लागि पश्चिम मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङहरुले नयाँ साललाई ‘ल्होछार’ र अन्य समुदायले नयाँ साललाई ‘लोसार अथवा ल्होसार’ भनेर सम्बोधन गरेको पाइन्छ । नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोसार (नयाँ साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नयाँ साल) को गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरका  नामहरुः मुसा–चीवा,  गोरु–लाङ,  बाघ–तक, ये–खरायो,  मेघ–डुक,  सर्प–डुल,  घोडा–ता,  भेंडा–लुक,  बाँदर–टे,  चरा–च्या,  कुकुर–खी   बँदेल–फक   ५ धातुहरुः  माटो–स,  आगो–मे,  काग–सिङ,  फलाम–च्या   पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्...

पहिलो र दोस्रो चरणको निर्वाचनमा प्रतिनिधि सभामा ४, प्रदेशसभा १३ र समानुपातिक तर्फा १७ उम्मेदवार

मसिंर १० र २१ मा हुन गइ रहेको प्रतिनिधि सभा र प्रदेश सभामा शेर्पा समुदायबाट उम्मेदावारहरुको सुचि प्रकाशन गरेका छौ । विभिन्न जिल्लाबाट भिविन्न पार्टीहरुबाट उम्मेद्धारी दिने शेर्पाहरुको सुचि यस प्रकार रहेको छ पहिलो  र दोस्रो चरणको निर्वाचनमा शेर्पा उम्मेदवारहरुको सूची– प्रतिनिधि सभा १. लाक्पा शेर्पा -संघीय समाजवादी फोरम, नेपाल (सोलुखुम्बू) २. दोर्जी शेर्पा -नेपाल मजदुर किसान पार्टी (सोलुखुम्बू) ३. सोम नोर्बु शेर्पा -आमूल परिवर्तन मसिहा पार्टी नेपाल (सिन्धुपाल्चोक) ४ . मिङगुर शेर्पा -स्वतन्त्र (दोलखा) प्रदेशसभा १. आङ गेलु शेर्पा -नेपाली काँग्रेस (सोलुखुम्बू) २. दावा छिरी शेर्पा -संघीय समाजवादी फोरम, नेपाल (दोलखा) ३. साङ ठिलेन शेर्पा -मंगोल नेशनल अर्गनाइजेसन (दोलखा) ४. कानुरी शेर्पा -मंगोल नेशनल अर्गनाइजेसन (ओखलढुंगा) ५. तेन्जिङ शेर्पा -देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (ओखलढुंगा) ६. आङ्गडेण्डी शेर्पा-देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल (भोजपुर) ७. दाजङबो शेर्पा -एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) ८. मिसन ...

चिवाङ गोन्पामा मणि रिल्डुप पूजा सम्पन्न ।

सन् १९१९ भूमि स्त्री, भेडा वर्षमा परम श्रद्धेय जारोङ ङावाङ तेन्जीन नुर्वुज्यू तेङ्बोचे गोन्पाको प्राण–प्रतिष्ठान (रब्ने) कार्यक्रमको लागि खुम्बु क्षेत्रमा पाल्नु हुँदा महाकारुणिक सुगत संग्रह (थुग्जेछेन्पो देश्येग कुनदु) पूजा विधिबाट मणिरिल्डुपको महासिद्धि मात्र नभएर जससँग सम्बन्धित नृत्य परम्परा गर्नु पर्ने उहाँको आदेश अनुसार तेङ्पोछे, थामे र चिवाङ गोन्पाका धर्मगुरुहरू स्वतस्फूर्त रूपमा एकता भई नृत्य परम्परा शुरु गरिएको थियो । जुन नृ त्य परम्परालाई अहिले पनि अटुट रूपमा थामे गोन्पामा भोट चन्द्रपात्रो अनुसार चौथौं महिनामा, चिवाङ गोन्पामा छैटौं महिनामा र तेङ्पोचे गोन्पामा नवौं महिनामा यो उत्सव मनाउने गरिन्छ । मणि रिल्डुपको पूर्व तयारीको लागि आर्य अवलोकेतेश्वरको साधना विधि अनुसार मण्डल निर्माण गरी पूजा सम्पन्न गरिन्छ । सर्व प्रथम मण्डलको स्थापना गर्न आवश्यक पर्ने स्थानको लागि भूमिपतिलाई पूजा गरी मण्डल तथा पूजामा आवश्यक पर्ने पूजा सामग्रीहरू तयार गरिन्छ । तत्पश्चात् चार दिकपालहरूलाई पूजा गरी मणिरिल्डुप पूजा सम्पन्न नभएसम्म कुनै बाधा नहोस् भनी सिमाना तय गरिन्छ । जसलाई स्थानीय भाषामा...

लुङ्दार जलाईएपछि बौद्धमार्गीद्धारा घोर आपत्ती, अमानविय कार्यको संज्ञा

चिसाङ शेर्पा कार्तिक÷१८ खोटाङ, हलेसीमा सरसफाईका क्रममा लुङ्दार जलाईएपछि बौद्धमार्गीहरुले त्यसप्रति घोर आपत्ति जनाएका छन् । हलेसी तुवाचुङ नगरपालिका ७ स्थित महतवनमा बौद्धमार्गीहरुले टांगेका लुङ्दार सरसफाई गर्ने वहानामा जलाईएपछि त्यसलाई बौद्धमार्गीहरुले अमानविय कार्यको संज्ञा दिदै, धर्म र सदभावजस्ता कुरामा खलल ल्याउने काम गरेको भनेका छन् । “पुरानो लुङ्दारमात्र व्यवस्थीत गर्ने सहमति भएपनि शनिवार नयाँ लुङदार नष्ट गरिदा आफ्नो निर्णय बद्धर गर्नेलाई अमानविय कार्यका सहयोगी भनेका छन् ।” मारतिका क्षिमेद गाग्तेन क्षोलिङ गुम्बा हलेसीका प्रमुख कर्मा वाङ्चुक शेर्पाले वौद्ध धर्मको विधिपूर्वक राखिएको ध्वजापतकाहरुलाई नजलाउन पुर्व जानकारी गरिए पनि अन्य हलेसीबासीहरुले वेवास्ता गर्दै जलाईएको आरोप लगाएका छन् । प्रमुख शेर्पाका अनुसार,  “कार्तिक १३ गते बसेको सर्वदलिय वैठकमा पुरानो लुङ्दारमात्र व्यवस्थीत गर्ने सहमति भएपनि शनिवार नयाँ लुङदार नष्ट गरिदा आफ्नो निर्णय बद्धर गर्नेलाई अमानविय कार्यका सहयोगी भनेका छन् ।” उहाँले, “हलेसीमा बौद्धमार्गीहरुलाई उपेक्षीत गर्न थालिएको छ, यस्ता कार्यहरु दोहोर...

शेर्पाहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक चाँडपर्व र यसको महत्व

आचार्य सार्की शेर्पा १. विषय प्रबेश, नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक विविधता रहेको देशको रूपमा चिन्न सकिन्छ । राष्ट्रिय जनगणना २०६८ ले १२५ जाति तथा समुदायहरूको पहिचान गरेको छ । जस मध्ये नेपालको हिमाली क्षेत्रमा परपूर्वकालदेखि बसोवास गर्दै आईरहेको शेर्पा समुदाय पनि एक हो । शेर्पाहरूको इतिहासको बारेमा विद्वानहरूबीच केही मत भिन्नता भए तापनि भाषा, धर्म र संस्कृतिसँग जोडेर हेर्दा शेर्पाहरूको उत्पत्ति थलो भोट वर्ष मैं हो भन्न सकिन्छ । शेर्पा समुदाय नेपालको पूर्वी हिमाली भेगमा रहन्दै आएकोले शेर्पा अर्थात् पूर्वेली, पूर्वमा बस्ने समुदाय भनेको हो । शुरुमा शेर्पाहरू नेपालको पूर्वी क्षेत्र (श्यारखुम्बु) सोलुखुम्बुमा रहन्दै आए तापनि वर्तमान समयमा वसाई सराईको कारणले गर्दा ताप्लेजुङ, संखुवासभा, इलाम, तेह्रथुम, ओखलढुङ्गा, खोटाङ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौं, नुवाकोट, महोत्तरी, चितवन, मुगु, हुम्ला, गोर्खा आदि जिल्लाहरूमा शेर्पाहरूको मुख्य बसोबास गर्ने क्षेत्रको रूपमा चिनिन्छ । हाल नेपालको अधिकांश जिल्लामा शेर्पाहरू बसोबास गर्दै आएको पाइन्छ । भारत...