Skip to main content

Posts

Showing posts from February, 2017

ग्याल्पो लोसारको फोटोफिचर

शेर्पाको भाषा, संस्कृति, परम्परा र रितीरिवाज

लोसार के हो ? कसरी मनाइन्छ ?

आङ काजी शेर्पा विषय प्रवेश : ल्होसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । पश्चिम मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । दशैमा जस्तै ल्होसारमा पनि धर्मगुरु र गुम्वाहरुको दर्शन, मान्यजनबाट आर्शिवाद ग्रहण, नातामा आफु भन्दा सानालाई आर्शिवाद प्रदान, नयाँ लुगा लगाउने, मिठो मिठो खाने परिकार खाने र शुभकामना आदन प्रदान गर्ने गरिन्छ । लोसारको प्रकार : नेपालमा हालसम्म तोलो लोसार, सोनाम ल्होछार र ग्याल्वो ल्होसार गरी तीन प्रकारको ल्होसार मनाईने गरेको पाइन्छ । तोलो/तमु लोसार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा २०७३ पुष १५ गते पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटों र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाएको पाइन्छ । यो तोलो÷तमु लोसार गुरुङ्ग र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाइन्छ । सोनाम ल्होछार प्रत्येक वर्ष मञ्जुश्री पात्...

४५ ग्यास स्टेशनका मालिक पासाङ भन्छन्– मलाई कुबेरचाहिं नभन्नुस् !

विजय पौडेल/न्यूयोर्क पासाङ लामा दश वर्षदेखि न्यूयोर्क गोडमेल गर्दै बसेको पङ्तिकारलाई गत महिना प्रवासी नेपालीकै अर्को बाक्लो बस्ती डलास नजिकबाट बुझ्ने मौका जु¥यो । गैरआवासीय नेपाली संघ, अमेरिकाको यस पटकको साधारणसभा पङ्तिकारका लागि ‘पशुपतिको जात्रा, सिद्राको व्यापार’ थियो । लामो समयदेखि भेटघाट नभएका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुसँगको प्रत्यक्ष भेट प्रमुख उद्देश्य थियो भने अर्कोतर्फ पंक्तिकारकै सम्पादकत्वमा प्रकाशित हुँदै आएको डायस्पोराको नेपाली भाषाको पत्रिका विश्व सन्देश साप्ताहिकको एक दशकको ठ्याक्कै जुरेको सफल यात्रा टेक्ससबासी नेपालीमाझ बाँड्ने चाहना पनि थियो । तर, बहाना एनआरएन साधारणसभा । तीनदिने फुर्सद लिएर न्यूयोर्कदेखि डलास हानिएको पंक्तिकार कार्यक्रमस्थल सेराटन होटल पुगेकै दिन देखिएका एक जना अपरिचित नेपालीको सेरोफेरोमा टोलाउन विवश भयो । सामान्यतया सुकिलामुकिला र सम्पन्नहरुकै वरिपरि झ्याम्मिने समाज त्यहाँ खासै चिरिच्याट्ट नदेखिने मसिना आँखा भएका ती मंगोलियन अनुहारका अपरिचित नेपालीभाषीकै वरिपरि झ्याम्मिएको देखेपछि पंक्तिकार टोलाउन विवश भएको हो । आखिर को ...