Skip to main content

Posts

मौसमले साथ नदिँदा आज सय आरोही रोकिए

काठमाडौं– मौसम प्रतिकुल भएका कारण आज म‌ंगलवार सर्वोच्च शिखर सगरमाथामा कुनै पनि आरोही पुग्न सकेनन् । आज सय भन्दा बढी आरोही शिखर पुग्ने तयारीमा थिए। 'सोमवार रातिदेखि चुचुरोतिर लागेका स्वदेश तथा विदेशका सय भन्दा बढी आरोही मौसम खराव भएपछि विभिन्न क्याम्पमा रोकिए,' सगरमाथा आधारशिविरमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले नागरिकन्यूजसँग भने, ‘आठ हजार मिटरमाथिको मौसम एक्कासी बिग्रिएपछि सबै आरोही आरोहण रोक्न बाध्य भए ।' विभिन्न देशबाट आइपुगेका ३ सय ४६ आरोही र तिनका नेपाली आरोहण सहयोगी करिब साढे ५ सयसमेत गरी करिब ९ सय आरोहीमध्ये अधिकांश अहिले ५ हजार ३ सय ८० मिटर उचाइको आधारशिविरमा उपयुक्त मौसम कुरेर बसिरहेका छन् । बढीमा दुई साताभित्र अधिकांश आरोही शिखर पुगिसक्नेछन् । श्रेष्ठका अनुसार ती आरोही मंगलबार रातिदेखि पुन: शिखरतिर लम्कनेछन् । मौसमले साथ दिए ती आरोही भोलि बुधवार बिहान ८ देखि ११ बजेभित्र शिखर पुग्नेछन् । सगरमाथा शिखरमा मंगलबार कुनै आरोही नपुगे पनि सँगैको अर्को हिमाल ल्होत्सेको ६ नेपाली र ४ विदेशीले सफ...

आज सगरमाथाको शिखरमा इतिहास कायम हुने

मौसमले साथ दिए सगरमाथा आरोहणमा आज र भोलि नयाँ इतिहास कायम हुने देखिएको छ । सगरमाथा आधार शिविरमा रहेका सरकारी अधिकारीहरुका अनुसार मौसमले साथ दिएको खण्डमा आज र भोलि मंगलबार एकै पटक शिखरमा १५० जना आरोही पुग्ने विश्वास गरिएको छ । आइतबार अपरान्ह ८ शेर्पा सगरमाथाको शिखरमा पुगेर यस वर्षको आरोहणको उद्घाटन गरेका छन् । आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आज सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको सगरमाथाको आधार शिविरमा रहेका सरकारी अधिकारीले जानकारी दिएका हुन् । आरोहण सुरु भएपनि मौसम भने सोचे जति राम्रो नभएको बताइएको छ । तर आज मौसम सफा हुने विश्वास गरिएको छ । रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको बताए । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आइतबार शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ । अहिले अनुकूल मौसमका लागि धेरै आरोही आध...

सगरमाथा आरोहण शुरुः पहिलो दिनमै आठ शेर्पा चुचुरोमा

यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) हिमालको आरोहण शुरु भएको छ।  आठजना शेर्पा आरोहीले डोरी टाँग्ने (रोप फिक्सिङ) का क्रममा आइतबार सगरमाथाको चुचुरोमा पुगेपछि आरोहणका लागि बाटो खुला भएको हो।  रोप फिक्सिङसँगै सगरमाथाको पहिलो आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ। विभागका महानिर्देशक दिनेश भट्टराईले आठजना शेर्पा आरोही चुचुरोमा पुगेको प्रारम्भिक जानकारी आएको बताए।  सगरमाथा आधार शिविर (वेस क्याम्प) मा रहनुभएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार आज दिउँसो ३ः३० बजे शेर्पा आरोही बाटो बनाउने क्रममा सगरमाथाको चुचुरो पुगेका हुन् । योसँगै सगरमाथाको पहिलो आरोहण सफल भएको छ।  अहिले अनुकूल मौसमका लागि धेरै आरोही प्रतिक्षामा छन्। वेस क्याम्पभन्दा माथि २०० भन्दा बढी आरोही रहेको र सोमबार र मंगलबार झण्डै १५० आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए।  ‘धेरै आरोही सगरमाथाको चुचुरो नजिक क्याम्प–४ मा पुगिसकेका छन्, भोलिबाट धमाधम समिटमा जानेछन् सबैभन्दा धेरै आरोही मंगलबार चुचुरोमा पुग्ने अनुमान गरिएको...

नेपालको विकासका लागि भारत ‘शेर्पा’ बन्न तयार छः मोदी

२९ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकासका लागि भारत शेर्पा बन्न तयार रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाले गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नेपालको विकासमा पूर्ण सहयोग गर्न भारत तयार रहेको बताए । नेपालमा अहिले उज्वल भविश्यको कामना, लोकतन्त्रलाई बलियो बनाउने र समृद्ध नेपाल, सुखी नेपाली बनाउने माहौल रहेको उनले बताए । तर, लक्ष्य अझै टाढा छ । एक प्रकारले हामी सगरमाथाको बेसक्याम्पमा पुगेका छौं र शिखरको चढ्नुछ’ मोदीले आफ्नो दुबै काँधमा हात राख्दै भने, जसरी पर्वतारोहीहरुले नेपालका शेर्पाको साथ समर्थन पाउँछन्, त्यसरी नै नेपालको यो विकास यात्रामा भारत तपाईका लागि शेर्पाको काम गर्न तयार छ ।’ अघि भने, ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताअनुसार अगाडि बढोस् । तपाईको सफलताका लागि भारत सँधै नेपालसँग काँधमा काँध मिलाएर हिड्न तयार छ ।’

पति-पत्नीको यस्तो तालमेलले हुनसक्छ आर्थिक समृद्धि

के भनाई छ भने, अक्सर दम्पतीको कलह आर्थिक कारणले हुन्छ । जब घरखर्च र कमाईको अनुपात मिल्दैन । अर्थात, जब कमाई भन्दा खर्च बढी हुन्छ, तब पारिवारिक कलह सुरु हुन्छ । पुग्दो आयस्रोत एवं पैसा छ भने परिवारका इच्छा, चाहना र आवश्यक्ताहरु त्यही अनुरुप पुरा हुन्छ । उनीहरुमा आर्थिक कारणले कुनै समस्या आउँदैन । तर, आयस्रोतका माध्याम कम हुँदै जानु, आर्थिक भार थपिदै जानु भनेको कलहको निहुँ बन्छ । आर्थिक अभावले पारिवारिक विखण्डन ल्याउँछ । दम्पतीबीच मनमुटाव, झै-झगडा मात्र होइन, सम्बन्ध नै दुई चिरा पर्ने अवस्था पनि आउँछ । आफ्नो सामान्य आवश्यक्ताहरु सजिलै पुरा नहुँदा, इच्छाहरु खुम्च्याएर बस्नुपर्दा परिवारमा सुख आउँदैन । पति-पत्नीबीच एकअर्काले गर्ने खर्च पनि कलहको विषय बन्छ । त्यसैले परिवार सुखको एउटा माध्यम हो, दिगो आयस्रोत । भनौं, पुग्दो पैसा छ भने परिवारमा आर्थिक कारणले कलह हुँदैन । सामान्य आवश्यक्ताहरु सजिलै पुरा हुन्छन् । पारिवारिक दायित्व बोझिलो हुँदैन । यसले एक किसिमको तनाव आउन दिदैन । परिवारमा शान्ति छाउँछ । तर, प्रशस्त पैसा आर्जन गर्दैमा वा आयस्रोतका माध्यामहरु बढाउँदैमा परिवारका आवश...

हिमालमा हुने गतिविधी र यहाँ हुने चहल खेल बुझ्न पाई रहेकी छु

प्रत्येक दिन केही न केही कुरा सिकि रहेको छु । हिमालमा हुने गतिविधी र यहाँ हुने चहल खेल बुझ्न पाई रहेकी छु । रमाइलो छ हिमालमा सबै जना कहिले बाटो खोल्ला र जाम्ला भनी base camp मा दिन गनि बसि रहेका छन । आज भोलि पर्सि बन्दै दिन बितेको थाहा नै नहुने ।  प्रत्येक टेट्मा बसेका स्वादेशी तथा विदेशी पर्यटक सगरमाथाको बाटो खोल्ला र जाम्ला भनि बाटो हेरि रहेका छन । कोहि पर्यटक शरीरलाई तन्दुरुस्त राख्न हाइकिङ जाने गर्छ । कोहि आराम गरि बसि रहेका हुन्छन भने कोहि साथीभाइ भेटघाटमा समय बिताउने गर्छ ।  यसो हेर्दा लाग्छ हाट बजार लागे सो सरह छ सगरमाथा आधार शिविर । म हेर्ने गर्छु बुज्ने प्रयास गर्छु । दिनहु केही न केही नया कुरा सिकि रहेकी छु । पहिला आरोही शेर्पाहरु बन्ने गर्थे "बेस क्याममा यस्तो हुन्छ उस्तो हुन्छ दिदी "भनी । पत्याउनै गाह्रो हुन्थ्यो त्यो बेला । " हैई भाइ गफ नलगाउ भनी भन्ने गर्थे" । तर आज यहाँ आएर बुज्दैछु सगरमाथा आरोहणको कथा व्यथा । काठमाडौमा हुदा आरोही शेर्पाहरुले भनेको सहि रहेछ भन्ने देख्न पाए । धन्य छौ आरोही तिमी । तिम्रो साहस र मनोबल देख्दा लाग...

एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी

अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । शनिबार ललितपुरमा भएको निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई ५१ मतान्तरले हराउँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । शेर्पाले ६३ र कुँवरले १२ मत पाएका थिए। अध्यक्षका प्रत्यासी कुँवरले मनोनयन दर्ता गराएपनि अन्तिम समयमा आएर निर्वाचन बहिस्कार गरेका थिए । एन्फाकै पूर्वउपाध्यक्षसमेत रहेका परिवर्तन पक्षधर शेर्पा समूहले उपाध्यक्षसहित बहुमत सदस्यमा पनि जित हासिल गरेको छ । चार उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा रहेकामा पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णबहादुर थापा र वीरबहादुर खड्का उपाध्यक्षमा विजयी भएको निर्वाचन समितिले जनाएको छ । चारैजना शेर्पा नेतृत्वको प्यानलबाट उम्मेदवार बनेका थिए ।