बीबीसी,१९ साउन । यदि सन २०५० सम्म संसारका सबै मानिस शाहाकारी हुन सकेमा प्रत्येक वर्ष ७० लाखका दरले मृत्यु दर घट्ने विभिन्न अनुसन्धानकर्ताहरुलाई उद्धित गर्दै बीबीसीले जनाएको छ । अझ त्यसमाथी जनावरसँग सम्बन्धित उत्पादन खान पूर्णबन्देज लगाउने हो भने त झन् मृत्युदर हरेक वर्ष ८० लाखका दरले कम हुने छ । अक्फोेर्ड मार्टिन कुल फ्युचर अफ फूड प्रोग्रामका एक अनुसन्धानकर्ता मार्को स्पिग्म्यानका अनुसार खाद्य सामाग्रीसँग सम्बन्धित उत्सर्नजनमा ६० प्रतिशतले कमि आएको छ । भन्नको मतलव हामीले मासुजन्य पदार्थ नै बढी खाइरहेका हुन्छौ,र उत्सर्जन पनि । कतिपय देशहरुमा पशुपालन त्याहाँको मुख्य पेशा र संस्कृतिका रुपमा रहेको र मासु बढि खाने देशका रुपमा परिचित रहेका छन् । जस्तो की अफ्रिकाका धेरै जसो स्थानका मानिसको दिनचर्या पशुपालन तथा तिनैको मासु खाएर बित्ने गरेको छ । त्यहाँ मासु खान हुदैन भन्दा उनीहरुको संस्कृती नै खतरामा पर्ने विशेषज्ञहरु बताउँछन् । संसारमा यस्ता समुदाय छन् जस्को बिहे तथा विभिन्न प्रकारका उत्सवमा मासु उपहार दिने चलन रहेको हुन् । जस्का कारण पनि संसार शाहकारी बनाउने भन...