Skip to main content

Posts

Showing posts from June, 2016

डोमा ह्योल्मोद्धारा शेर्पा कस्मेटिकको उद्घाटन, ब्यवसायिक सफलताको कामना

शौन्दर्यतालाई ध्यानमा राखि काठमाडौको चाबहिल चुच्चेपाटीमा शेर्पा कस्मेटिक खोलिएको छ । विदेशी भूमीमा दुःख गर्नुभन्दा स्वदेशी भूमीमा नै केही गरौ भन्दै कस्मेटिक खोलिएको शेर्पा कस्मेटिककी सञ्चालिका लासाङ शेर्पाले हिमगाथा न्युजलाई बताइन । आफुले इजरायलमा बटुलेको अनुभव सुनाउदै विदेशमा गरिने मेहनत नेपालमा नै गरे प्रशस्त आम्दानी गर्ने बाटाहरु धेरै रहेको र आफ्नो अनुभव कस्मेटिकमा भएकाले आफुले कस्मेटिक खोलेको उनी बताउछिन । उनी बैदेशिक रोजगारीको शिलशिलामा इजरायल गएकी थिइन । विदेशमा बटुलेको अनुभव स्वदेशमा सदुपयोग गर्नुले उनको यो कार्य उदाहरणीय बनेको छ । आइतबारबाट ओपनिङ गरिएको उक्त कस्मेटिकको चर्चित हास्य कलाकार डोमा ह्योल्मोले रिवनकाटेर औपचारिक उद्घाटन गरिएको छ । पसलको उद्घाटन गर्दै  कलाकार डोमा ह्योल्मोले शेर्पा कस्मेटिकको ब्याबसायिक सफलताको शुभकामना दिँदै भनिन्–सुन्दर हुन सबैलाई मन हुन्छ त्यसमा पनि विशेष गरेर महिला दिदीबहिनीहरु आफु सुन्दर हुन चाहन्छन् । सोन्दर्यका सामाग्रीमा होस पुराएन भने अनुहार विग्रने सम्भावना हुन्छ । त्यसैले यस शेर्पा कस्मेटिकमा पाइने क्रिमहर...

म शेर्पा हुँ शेर्पा!

कविता म शेर्पा हुँ शेर्पा!  शीरमा चोमोलोङमाको टोपी शरीरमा लालीगुराँसको रगत विचारमा बुद्धको सत्य दृष्टिकोणमा हरिया खर्क भएको मान्छे! म शेर्पा हूँ शेर्पा! म भाग्य खोज्दिन बनाउँछु म हात हेर्दिन पौरख गर्छु म झूठ बोल्दिन सत्यले जित्छु म कसैलाई मार्दिन बाँच्न सिकाउँछु म समय चिन्दिन बरु समय बनाएर बाँड्छु यस्तो सधैं आफ्नै स्वसत्य बोकेर हिड्ने मान्छे! म  शेर्पा हुँ शेर्पा! मलाई छुँदैनन् प्रदुषणहरुले मलाई लखेट्दैनन् तनाबहरुले मलाई मार्दैनन् अभाबहरुले मलाई जलाउँदैनन् आलास्य र अल्छिहरुले म सधैं संसारलाई जाँगर देखाउने मान्छे! शेर्पा हुँ शेर्पा! म घमण्ड गर्दिन....... मैले मुड्की उज्याउँदा  बाग! भालु! सिंहहरु....! भाग्छन् मैले बल देखाउँदा हात्तीहरु....डराउँछन् मैले खुट्टा बजार्दा कति भाग पृथ्वीमा कम्पन आउँछ म  विश्वभरि नेपाल चिनाउँने हिड्ने मान्छे! शेर्पा हुँ शेर्पा! म ...