शेर्पाहरूको महत्वपूर्ण संस्कारहरू मध्ये विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको वढी प्रभाव रहने भए ता पनि प्रेम विवाहको पनि छिटफुट चलन छ । आफ्नो मौलिक परम्पराअनुसार प्रायः विवाहित छोरीको सन्तान माइतमै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा ( सानीआमा ) अर्थात आमा समान मान्ने प्रचलन छ । यसरी आमा वा बुबा दुबै पट्टी सात पुस्ता सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता अद्यावाधी विद्यामान छ । त्यस्तै विविध "रु" अथवा "थर" हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । जस्तै "लामा र च्यावा" हुनेको अन्य जुनसुकै "रु" सँग विहेवारी चल्छ भने "पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा" आदी प्रकारको "रु" हरू बीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र "सलाका, गोपर्मा, खम्बचे" आदी बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम...