सोलुखुम्बु । ङिङमा सम्प्रदायको प्रमुख क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायी अवतार (टुल्कु)को सोलुखुम्बुस्थित थोप्तेन छोलिङ गुम्बामा भव्यताका साथ गद्दीआरोहण भएको छ । खोटाङस्थित हलेसी गुम्बाबाट हेलिकप्टरमार्फत आइपुगेका अवतारीलाई फाप्लुमा भव्य स्वागत गरिएको थियो । अवतारीको गद्दीआरोहणमा ङिङमा सम्प्रदायका प्रमुख धर्म गुरु जटुल रिम्पोचे, शंशङ रिम्पोचे र चतुक्पा टुल्कुलगायत विभिन्न धर्मगुरुहरुको उपस्थिति रहेको थियो । अवतारीले रिम्पोचेको आफन्तहरु चिन्नुको साथै पहिला पहिला रिम्पोचेले प्रयोग गर्ने सबै सामानहरु पनि सजिलै चिनेका थिए। कार्यक्रममा हजारौ श्रद्धालु भक्तजनहरु रिम्पोचेको अवतार स्वत स्फूर्त उपस्थित भएका थिए । ङिङमा सम्प्रदायको क्याब्जे ठुल्सिक रिम्पोचेको आधिकारिक निर्माणकायि अवतार ( टुल्कु)को पुष्टि सोलुखुम्बु बेनी गाविसास्थित थोप्तेन दोङका छोलिङ संघ ( गुम्बा)ले बुद्ध जयन्तीको साकादावा पुणिर्माको दिन गरेको थियो । क्याब्जे ठुल्सिक रिम्पोचेको केही वर्ष अघि काठमाडौमा देहवासन भएको थियो । थोप्तेन छोलिङ गुम्बाको संघले रिम्पोचेको अ...