लोसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग गाँसिएको छ । उदाहरणको लागि पश्चिम मुलुकहरुले बाह्रौं महिनाको अन्तिम साँझ र नयाँ सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङहरुले नयाँ साललाई ‘ल्होछार’ र अन्य समुदायले नयाँ साललाई ‘लोसार अथवा ल्होसार’ भनेर सम्बोधन गरेको पाइन्छ । नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोसार (नयाँ साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नयाँ साल) को गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुन्छ ।     १२ वटा जनावरका  नामहरुः     मुसा–चीवा,      गोरु–लाङ,      बाघ–तक,     ये–खरायो,      मेघ–डुक,      सर्प–डुल,      घोडा–ता,      भेंडा–लुक,      बाँदर–टे,      चरा–च्या,      कुकुर–खी       बँदेल–फक       ५ धातुहरुः      माटो–स,      आगो–मे,      काग–सिङ,      फलाम–च्या       पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्...